×

NMB BANK
NIC ASIA

व्यवसाय क्षेत्रमा जम्दै गरेको नाम हो लिमा अधिकारी । 

Muktinath Bank

नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरलगायत विभिन्न संगठनहरूमा सक्रिय भूमिकामा रहेकी लिमा व्यवसायिक क्षेत्रमा फड्को मारिरहेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको पारिवारिक पृष्ठभूमि व्यापारजत्तिकै राजनीतिसँग पनि जोडिएको छ ।


Advertisment
Nabil box
Kumari

लिमा पूर्व अर्थमन्त्री एवं पुराना कम्युनिष्ट नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।

Vianet communication

अर्कातर्फ उद्यमी सुदीप आचार्यकी पत्नी तथा कृष्णप्रसाद आचार्यकी बुहारी हुन् । 

लिमाको बाल्यकाल राजनीतिक पृष्ठभूमिकै बित्यो । 

विराटनगरबाट काठमाडौंसम्मको यात्रा तय गर्दा आफ्ना पिता भरतमोहनको राजनीतिक विचार तथा यात्राले उनलाई डोर्‍याइरह्यो । 

सानै उमेरमा बुवाले नै उनलाई काठमाडौं ल्याए । 

उनले काठमाडौंमै प्राथमिक शिक्षा सकाइन् र चीनमा गएर उच्च शिक्षा हासिल गरिन् । 

करीब ८ वर्ष चीनमा अध्ययन गरेर नेपाल फर्किएकी लिमालाई शुरूमा के काम गर्ने भन्ने मेसो नै थिएन । 

चीनबाट फर्किएको २ महिनामै उनको उद्यमी सुदीप आचार्यसँग विवाह भएको थियो ।

यो सन् २००२ को कुरा हो । बिहेसँगै उनी व्यवसाय गर्ने सोचमा पुगिन् । 

विवाहको २ महिनापछि उनले परिवारमा प्रस्ताव राखिन्, म पनि केही व्यवसाय गर्छु । 

पति र परिवारले सहजै हुन्छ भने । व्यवसायमा लगानी गर्नका लागि सल्लाह समेत दिए । 

चीनमा केही वर्ष बसेर आएकी उनले उता चलेको व्यवसाय यता नि चल्छ भन्ने सोचिन् । 

राजनीतिक विरासतमा हुर्किएकी लिमाले औद्योगिक विरासतमा आफ्नो यात्रा तय गरिन् ।

यो यात्राले नै उनलाई अहिले व्यावसायिक बजारमा जमाउँदै लगेको छ । 

उनले विवाह गरेको केही समयमै शुरू गरेकी थिइन्– ‘सेप अफ स्लिमिङ सेन्टर ।’

चाइनिज प्रविधि भित्र्याएर उनले शुरू गरेको सो व्यवसाय विषेशगरी महिलालक्षित थियो । 

उनले महिलाहरूको तौल घटाउने तथा सुन्दर बनाउने हेतुले स्पा शुरू गरिन् । 

व्यवसायका लागि उनले परिवारसँगै केही रकम लिएकी थिइन् । 

५ लाख रुपैयाँ लगानीबाट शुरू भएको सो स्लिमिङ सेन्टरले आक्रामक व्यापार गर्न थाल्यो । 

त्यसपछि उनले कुमारीपाटी, बानेश्वर, नक्साल हुँदै पोखरामा समेत फ्रेन्चाइज खोलेकी छिन् ।  

स्पा सेन्टर खोलेसँगै उनी पारिवारिक घुमघामका लागि अमेरिका गइन् । 

अमेरिकामा करीब ३ वर्ष बसेपछि उनी नेपाल फर्किइन् । 

मुलुकमा शान्ति वार्ता भइसकेपश्चात उनी नेपाल फर्किएकी थिइन् । 

त्यसपश्चात उनले  आफ्नो व्यवसायलाई निरन्तरता दिइन् । सोही समयमा उनले कुमारीपाटीदेखि पोखरासम्म ब्रान्च तथा फ्रेन्चाइज खोल्न भ्याइन् । 

‘माओवादी शान्ति सम्झौतामा आइसकेपश्चात मुलुकमा लगानीको वातावरण भयो, त्यसपछि बुवाले नै हामीलाई नेपाल बोलाउनुभयो,’ लिमा सम्झन्छिन् ।

व्यवसायकै दौरानमा उनले थप व्यवसाय विस्तारको सोच बनाइन् । उनको सो सोचलाई भूकम्पले केही पर धकेल्यो । 

भूकम्पपछि उनले ललितपुरको सानेपामा स्पा सेन्टर खोलिन् । ‘अमृता स्पा सेन्टर’मार्फत अहिले उनले आफ्नो व्यावसायिक यात्रा गरिरहेकी छिन् । 

***

चीनबाट फर्किएसँगै उनलाई कामका लागि विभिन्न ‘अफर’ आएको थियो । 

प्रायः बैंकहरूले कामको अफर गरेको उनले बताइन् ।

बुवा भरतमोहनले पनि उनलाई बैंकमा जागिर खाए राम्रो हुन्छ भन्ने गर्दथे ।

‘बुवाले पनि बैंकमा जान बेलाबेला सम्झाइरहनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘तर मलाई जागिरतर्फ त्यति रहर थिएन, केही न केही बिजनेस गर्छु भन्ने लाग्थ्यो ।’

पारिवारिक व्यवसाय समेत अगाडि बढाउँदै 

उनको परिवारले विभिन्न क्षेत्रमा लगानी गरेको छ । उनले आफ्नो व्यवसायका साथसाथै परिवारको व्यवसायलाई अगाडि बढाउन पनि सहयोग गर्दै आइरहेकी छिन् । 

उनी परिवारकै लगानीमा रहेको जलविद्युत आयोजनाको प्रमोटर समेत हुन् ।

उनको संलग्नता यतिमै सीमित छैन ।

उनी नेपाल पूर्वाधार विकास बैंकमार्फत बैंकिङ क्षेत्रमा समेत सक्रिय हुँदै आएकी छिन् । 

नेपाल पूर्वाधार बैंकको निर्देशक रहेकी लिमा इमर्जिङ नेपाल कम्पनीमा पब्लिक डिरेक्टरको भूमिकामा छिन् । 

उनले नेपाल पूर्वाधार विकास बैंकमार्फत पहिलोपटक बैंकिङ क्षेत्रमा काम गरेकी हुन् ।

लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य छिन् भने नेपाल महिला चेम्बर अफ कमर्सको महासचिव तथा नेपाल–चाइना चेम्बर अफ कमर्सको सचिव समेत हुन्  । 

महिला उद्यमीहरूलाई प्रोत्साहन

विभिन्न संघसंगठनमा सक्रिय लिमाले महिला उद्यमीहरूलाई प्रोत्साहनको काम समेत गर्दै आएकी छिन् । 

महिला उद्योगी व्यवसायीहरूलाई सहयोग गर्ने, प्रशिक्षण तथा प्रोत्साहनका लागि सहजीकरण गर्ने काम उनले गरिरहेकी छन् । 

चेम्बरअन्तर्गत अहिले एक हजारभन्दा बढी महिलाहरू उद्यमशीलतामा सक्रिय छन् ।  

उनीहरूलाई कसरी अगाडि बढाउने तथा उनीहरूको व्यापार विस्तारमा कसरी सहजीकरण गर्ने भन्नेतर्फ संगठनले काम गरिरहेको अधिकारी बताउँछिन् । 

‘नेपाली उत्पादनहरूलाई कसरी बजार दिने भन्ने विषयमा सहजीकरण गर्ने काम गरिरहेका छौँ,’ उनी भन्छिन् । 

महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि के गर्दा सहज हुन्छ भन्नेबारे प्रशिक्षण दिने लगायतका काम पनि गर्दै आएको उनले बताइन् ।

जेष्ठ नागरिकहरूलाई सहयोग  

अधिकारी अहिले व्यवसायका साथसाथै सामाजिक कार्यहरूमा पनि सक्रिय हुन थालेकी छन् । पिता भरतमोहन अधिकारीको निधन भएसँगै उनले पिताको नाममा सामाजिक संस्था सञ्चालन गरिरहेकी छिन् । 

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले अहिले मुलुकभरका जेष्ठ नागरिकहरूलाई विभिन्न किसिमका सहयोग गर्दै आएको अधिकारी बताउँछिन् ।

जेष्ठ नागरिकहरूलाई वित्तीय साक्षर बनाउने, पेन्सन लिनका लागि बैंकको पहुँच सिर्जना गर्ने तथा मोबाइल फोनमा समेत आवश्यक पर्ने कामहरू आफैं गर्न सक्ने बनाउने काम गर्दै आएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x