×

NMB BANK
NIC ASIA

यी दुई पोल, जसले रोक्यो चक्रपथ विस्तारको काम [भिडियो रिपोर्ट]

चैत १४, २०७८

NTC
Premier Steels

साइट क्लियर नहुँदा चक्रपथ विस्तारको दोस्रो खण्डको काम अझै अनिश्चित भएको छ ।

Muktinath Bank

चिनियाँ सरकारले अनुदानमा चक्रपथ विस्तारको काम गरिदिन लागेको हो । तर, चिनियाँ कम्पनीले साइट क्लियरेन्सको सबै काम पूरा भएपछि मात्रै काम शुरू गर्न सकिने बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चक्रपथअन्तर्गत कोटेश्वरबाट–कलंकीसम्मको सडक विस्तारको काम पहिलो चरणमा सम्पन्न भइसकेको छ । कलंकीको स्युचाटार पुलदेखि बसुन्धारा चोकसम्मको ८.२ किलोमिटर सडक दोस्रो चरणअन्तर्गत विस्तार गर्ने योजना छ । बसुन्धाराभन्दा अगाडिको सडक भने अहिले विस्तार नहुने भएको छ । 


Advertisment
Nabil box
Kumari

उक्त सडक खण्डको साइट क्लियर गर्नको लागि अझै दुई महिना समय लाग्ने चक्रपथ सुधार योजनाका प्रमुख मेघराज मरासिनीले बताए । 

Vianet communication

चक्रपथ विस्तार गर्दा स्वयम्भु क्षेत्रको भू-भाग भत्काउनुपर्ने देखिएपछि साइट क्लियर गर्न लामो समय लागेको थियो । विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूको केही भाग भत्काएर सडक बनाउँदा विश्व सम्पदा सूचीमा रहेको सम्पदा संरक्षणमा प्रश्न उठ्ने भएपछि साइट क्लियर हुन सकेको थिएन ।

चिनियाँ सरकारी टोलीले पनि उक्त विवादलाई निकै चासो साथ लिएको थियो । स्वयम्भू परिसर भित्र पर्ने करीब ८ मिटर सडकमध्ये २ मिटर मात्रै चक्रपथ सडक हो । त्यसबाहेकको ६ मिटर भने चक्रपथको सब–लेन हो । उक्त सब–लेन भने नेपाल सरकारले बनाउनुपर्छ । 

स्वयम्भू परिसरमा सडक विस्तार नगरेर अर्कोतर्फ सडक बढाउने गरी सडक विस्तार गर्न खोजिएको आयोजना प्रमुख मरासिनीले बताए ।   

साइट निरीक्षणमा आएको चिनियाँ पक्षले उक्त स्वयम्भू र सानो भर्‍याङमा रहेका ६६ केभीएका २ वटा हाइटेन्सन टावरहरू सारिदिन चक्रपथ सुधार आयोजनालाई आग्रह गरेको मरासिनीले बताए ।

सडक विस्तारको कामलाई अवरोध गरिरहेका हाइटेन्सन टावरहरू हटाइदिन नेपाल विद्युत प्राधिकरणलाई भनेको र प्राधिकरणले उक्त टावर सार्न डेढ महिनाको समय लाग्ने बताएको मरासिनीले जानकारी दिए । 

‘आयात गर्नुपर्ने सबै समान आइपुगेको अवस्थामा करीब डेढ महिनाभित्र टावरहरू सारिदिने लिखित पत्र प्राधिकरणले दिएको छ । हामीले सोही पत्र चिनियाँ पक्षलाई पठाएका छौं,’ मरासिनीले भने ।

चक्रपथ विस्तारको लागि लगभग साइट क्लियर गरेको र अब काम शुरू गर्न सकिने आयोजना प्रमुख मरासिनी बताउँछन् । ‘सम्बन्धित सरोकारवाला संघ, संस्थासँग छलफल गरेर सहमतिमा काम शुरू गर्ने भनेका छौं । फिल्डमा अब सानोतिनो बाहेक खासै समस्या छैन,’ मरासिनीले भने । 

चिनियाँ पक्षले तत्काल काम शुरू गर्न चाहेपछि साइट उपलब्ध गराउन सकिने अवस्थामा रहेको मरासिनीको दाबी छ । तर, फिल्डको अनुगमन गरेर फर्किएको चिनियाँ पक्षले भने कहिलेबाट चक्रपथ विस्तारको काम शुरू गर्ने अहिलेसम्म बताएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x