×

NMB BANK
NIC ASIA

ऐतिहासिक धरोहर

नेपाल चिनाउने गद्दी बैठक– पृथ्वीनारायण शाहका हतियारदेखि चुच्चे नक्साको इतिहाससम्म [भिडियो]

चैत २१, २०७८

NTC
Premier Steels

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ ।

Muktinath Bank

२०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई नेपाल सरकार र अमेरिकी दूतावास फन्डबाट जीर्णोद्धार गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि कहिल्यै पनि सर्वसाधारणका लागि गद्दी बैठक खुला थिएन तर हरेक वर्ष लाग्ने इन्द्रजात्राको अवसरमा राष्ट्र प्रमुखलाई मात्र गणेश श्री कुमारी र भैरवको प्रत्यक्ष दर्शन गर्नको लागि गद्दी बैठक खुला गरिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

चन्द्र शमशेरले विक्रम संवत् १९६५ सालमा युरोपेली शैलीमा निर्माण गरेको गद्दी बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्त्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो । 

Vianet communication

पहिलो पटक सर्वसाधारणका लागि खोलिएको ऐतिहासिक गद्दी बैठक सर्वसाधारणले प्रतिव्यक्ति ३० रुपैयाँका दरले शुल्क तिरी अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

यससँगै गद्दी बैठकको तल्लो तलामा रहेका ३ वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि सर्वसाधारणले अवलोकन गर्न सक्ने हनुमानढोका दरबार संग्रहालयका सूचना अधिकारी मायादेवी अर्यालले जानकारी दिइन् ।

भुइँतलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने चुच्चे नक्सासम्म विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ ।

उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियार समेत प्रदर्शनमा राखिएका उनले बताइन् । 

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x