असोज ३, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बैशाख १७, २०७९
कुशल अभिनेताका रूपमा चिनिन्छन् सौगात मल्ल । ‘कागवेनी’, ‘लुट’, ‘कबड्डी कबड्डी’, ‘झ्यानाकुटी’ जस्ता चलचित्रबाट उनले दर्शकमा आफ्नो कुशल अभिनय छाप छाडिसकेका छन् । उनी एकपछि अर्को चलचित्रमा अभिनय गरिरहेका छन् । उनी अभिनित चलचित्र रिलिज पनि भइरहेका छन् ।
उनी अभिनित नयाँ चलचित्र ‘मन्त्र’ हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको छ भने ‘कबड्डी ४’ जेठ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । यतिबेला अर्को चलचित्र ‘२ नम्बरी’को छायांकनमा रहेका सौगातसँग हालै रिलिज चलचित्र ‘मन्त्र’, उनलाई मनपर्ने चलचित्र, नेपाली चलचित्रहरू असफल हुनुको कारण, चलचित्र निर्माण एवं निर्देशनको योजना लगायतका विषयमा रहेर कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश –
चलचित्र ‘मन्त्र’ प्रदर्शनमा आएको छ । बुधवार चलचित्रको प्रिमियर शो समेत आयोजना गरिएको थियो । चलचित्र हेरेका साथीभाइ, शुभचिन्तकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
– प्रिमियरमा धेरै चिनेजानेका साथीहरू समेत हुनुहुन्थ्यो । जसले प्रिमियरमा उपस्थित भएर चलचित्र हेर्नुभयो, उहाँहरू सबैले मन पराउनुभयो । त्यो मेरा लागि खुशीको कुरा हो जस्तो लाग्छ । म आफूलाई पनि प्रिमियरमा चलचित्र हेर्दा रमाइलो लाग्यो ।
प्रिमियरभन्दा अघि टीमसँग बसेर चलचित्र हेर्नुभएको थिएन ?
– पोस्ट प्रोडक्सनका क्रममा क्लाइमेक्स सिन हेर्न पाएको थिएन । त्यहीबेला हेरेकोमध्ये १२–१५ वटा सिन काट्ने सल्लाह भएको थियो । फाइनल भर्सन चाहिँ मैले हेरेको थिइनँ । अहिले केही सिन काटिएको रहेछ ।
हलमा चलचित्र हेर्दा आफैंलाई पनि रमाइलो लाग्यो । दर्शकहरूले एकदमै ‘इन्जोय’ गरिरहनुभएको थियो । सिरियस सिनमा दुःखी हुनुहुन्थ्यो, कमेडी सिनमा हाँसिरहनुभएको थियो । त्यो देख्दा कोसिस जे गरेका थियौं, त्यो मिट भएछ जस्तो लाग्छ ।
अघिल्ला चलचित्रभन्दा ‘मन्त्र’मा तपाईंले निर्वाह गरेको चरित्रमा चाहिँ के–के कुराहरू फरक छ ?
– मैले ‘गुरुकूल थिएटर’मा हिमाली भाषा, लवजमा नाटक गरेको थिएँ तर चलचित्रमा चाहिँ यो भाषा (चलचित्रको पात्र अनुसारको हिमाली भाषा)मा अहिलेसम्म काम गरेको थिइनँ । कतिपय मेरो क्यारेक्टर पनि चलचित्रको क्यारेक्टरमा आएको छ । चलचित्र हेरिरहँदा कतिपय ठाउँहरूमा ‘म यस्तै हो है’ भन्ने महशुस पनि हुन्छ ।
अर्को यो ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा पुगेर छायांकन गरिएको चलचित्र हो । मैले अहिलेसम्म यति उचाइमा पुगेर काम गरेको थिइनँ । जोमसोम, मुस्ताङ लगायतका क्षेत्रमा काम गरिरहेको थिएँ भने ‘मन्त्र’को छायांकन अलि उचाइको क्षेत्रमा भयो । जुन अलि गाह्रो पनि थियो, रमाइलो पनि थियो ।
‘मन्त्र’ आइरहेका चलचित्रभन्दा बिल्कुलै फरक हो ?
– तपाईंले हेरिरहेकाभन्दा पक्कै फरक लाग्छ यो चलचित्र । मेरो विचारमा ४/५ वर्षभित्र यस्तोखालको चलचित्र तपाईंले हेर्नुभएको छैन भनेर म भन्न सक्छु । यो आइरहेका चलचित्र र १/२ वर्षमा आउनेभन्दा बिल्कुलै फरक चलचित्र छ ।
चलचित्रलाई ‘हिमाली प्रेमकथा’ भनिएको छ । त्यहाँको प्रेमकथालाई त्यो बाहिरका दर्शकले कसरी अपनत्व महसूस गर्लान् ?
– जसरी हिमालमा धेरै टाढाटाढाबाट दर्शकहरू घुम्न जानुहुन्छ नि ! त्यहाँ केही समय गएर कस्तो रमाउनुहुन्छ ? चलचित्रले पनि त्यसैगरी अपनत्व गराउँछ जस्तो लाग्छ । चलचित्र हेरिसकेपछि तपाईंलाई त्यहीँ पुगेको महशुस हुन्छ । दर्शकहरूले पनि आफूलाई त्यहीँ पुगेको फिल पक्का गर्नुहुन्छ जस्तो लाग्छ ।
अर्को कुरा मायामा को परेको हुँदैन होला संसारमा ? त्यसमा हिमाली, विदेशी भन्ने पनि हुँदैन जस्तो लाग्छ । मायामा परेको मान्छेले यो कथा मन नपराउने त कुरा नै हुँदैन ।
बुद्धि तामाङसँग त यसअघि पनि काम गरिसक्नुभएको थियो । दीया पुनसँग पहिलोपटक ‘स्क्रिन शेयर’ गर्नुभयो । उहाँको कुन पक्ष राम्रो लाग्यो ?
– दीयासँग पहिलो काम थियो । चलचित्रको पात्रअनुसार म एकदमै छिटो मायामा पर्नुपर्ने थियो । बच्चादेखि नै मेरो चलचित्रको पात्रले दीयालाई माया गरिरहेको तर भन्न नसकिरहेको थियो । पात्रअनुसार साँच्चै नै मैले उसलाई माया गर्छु भन्ने कुरा एकदमै छिटो फिल गर्नुपर्ने थियो तर दीयालाई मैले पहिले भेटेको थिइनँ । नभेटे पनि उसँग काम गर्न एकदमै सहज भयो । एकदमै छिटो हामी घुलमिल भयौं, किनकि उ पनि एकदमै सजिलो लाग्यो । एकले अर्कालाई बुझ्दै जाँदा सजिलो भयो ।
तपाई यतिबेला ‘२ नम्बरी’ चलचित्रको छायांकनमा व्यस्त हुनुहुन्छ । साइन गरेका अरु चलचित्रहरू के–के छन् ?
– छन् । आउने चलचित्रहरू धेरै छन् । चलचित्र ‘सिटामोल’ गर्ने भन्ने कुरा भएको छ तर मिति तय भइसकेको छैन् । कुरा भएका अन्य केही चलचित्रहरू पनि छन् तर अहिले यो–यो भनेर भन्नुभन्दा पनि खासमा वर्षभर नै छन् । आज यो–यो भनौंला भोलि फेरि नहुने भयो भने । अहिलेलाई चलचित्रका नामबारे चाहिँ नभनौं ।
तपाईंलाई कस्तो पात्रले आकर्षित गर्छन् ? वा कस्तो खालको पात्रको भूमिका मन पर्छ ?
– साँच्चैभन्दा यस्तो पात्रले भन्ने नै हुँदैन रहेछ । मैले यो कुरा गुरुकूल थिएटरमा आएपछि थाहा पाएको । गुरुकूलमा आउनुभन्दा अगाडि मलाई फिल हुन्थ्यो, मलाई दृष्टिविहीनको रोल गर्न मन लाग्थ्यो, मलाई मानसिक सन्तुलन गुमाएको पात्रको रोल गर्न मन लाग्थ्यो । यस्ता अनेक पात्रको रोल गर्न मन लागेको महशुस हुन्थ्यो । यस्तो पाए म बबाल गरिदिन्थें भन्ने हुन्थ्यो । काम गर्दै जाँदा पछि बल्ल महशुस गर्न थालें कि खासमा त्यसले केही हुनेवाला रहेनछ । त्यो पात्र बनाउँदा बबाल हुन्छ भनेर जबरजस्ती बनाउनु भनेको भ्रम मात्र रहेछ । जबसम्म ‘स्क्रिन प्ले’ राम्रो हुँदैन नि त्यो कुरा गर्न बेकार रहेछ । केही नभएको सद्धे मान्छेको क्यारेक्टर गर्न साँच्चिकै गाह्रो हुँदो रहेछ । मानसिक सन्तुलन गुमाएको व्यक्तिले पो धेरै कुराहरू गर्न पायो त सद्धेले केही गर्न पाएन । अनि त्यो क्यारेक्टर गर्न झन् गाह्रो हुने मेरो अनुभव हो ।
भन्नुको मतलत स्क्रिप्टको एउटा बनोट हुन्छ । मलाई धेरै भन्न त आउँदैन, निर्देशक–स्क्रिप्ट राइटरहरूले भन्नुहुन्छ । स्क्रिप्टको बनोट राम्रोसँग बनेर आयो भने आफैं तान्दोरहेछ ।
मानसिक सन्तुलन गुमाएको, बुद्धिभ्रष्ट भएकै, संसारको डरलाग्दो मान्छे भएकै क्यारेक्टर भए पनि स्क्रिन प्ले राम्रोसँग आएको छैन भने त्यो कसरी आयो ? कसरी ठूलो भयो ? उसको वरिपरिको कथा कस्तो छ ? क्लियर हुन सकेन भने हुँदै हुँदो रहेनछ । त्यो पात्रलाई मैले जति राम्रो बनाए पनि त्यो चलचित्र चाहिँ राम्रो हुँदो रहेनछ । बरु यूट्युबमा आफ्नो मात्रै सिनहरू मानिसले हेर्दा रहेछन् । त्यो कुरा खासमा राम्रो होइन । त्यसैले मैले आफ्नो क्यारेक्टरलाई एकदमै मेहनत गरेर खत्रा बनाउँला तर स्क्रिन प्ले त मैले बनाउन सक्दिन नि ! मैले आफ्नो क्यारेक्टर, मेरा सिनहरू मात्रै राम्रो बनाउन सक्छु । सोही कारण यस्तो क्यारेक्टर भनेर कुरा गर्नु बेकार हो जस्तो लाग्छ ।
चलचित्र चाहिँ कस्तो खालको गर्न मन पर्छ ?
– मेरो पहिलो रोजाइमा थ्रिलर, हरर, सस्पेन्स चलचित्रहरू आउँछ । मानिसले जसलाई आर्ट चलचित्र भनेर बुझ्छन् त्यस्तो चलचित्रमा पनि काम गर्न मनपर्छ । साँच्चैभन्दा मलाई सबैखालको चलचित्र राम्रो लाग्छ । कमेडी मलाई उत्तिकै राम्रो लाग्छ । त्यसमा पनि ह्यूमर भएको चलचित्रहरू एकदमै मनपर्छ । लभ स्टोरी चाहिँ मेरो लास्टमा आउँछ तर लभस्टोरी चलचित्र हेरेर रुन चाहि रुन्छु तर च्वाइस गर्दा त्यो अन्तिममा पर्छ ।
तपाईंलाई मनपर्ने थ्रिलर, हरर चलचित्रमा काम गर्ने अवसर चाहिँ कमै पाउनुभयो है ? अनि लभस्टोरी रुचिको अन्तिममा पर्नुको कारण चाहिँ ?
– थ्रिलर, हरर चलचित्रमा काम गर्ने अवसर नै मिलिरहेको छैन भन्दा पनि हुन्छ । त्यसको नेपालमा त्यति साह्रो ट्रेन्ड छैन भनौं न । त्यो कुरा प्रूफ गरेर नदेखाएसम्म गाह्रो छ । कोही १ जना वा हामी कसैले मिलेर त्यस्ता खालका चलचित्र बनाएर राम्रो हुँदोरहेछ है भनेर प्रूफ गरेपछि मात्रै अरुले शुरू गर्ने होलान् जस्तो लाग्छ । जोकोही पनि रिस्क लिन चाहँदैनन् ।
लभस्टोरी चलचित्र मेरो प्राथमिकतामा किन पछाडि पर्छ भन्ने कुरा म आफैंलाई पनि थाहा छैन । फेरि लभ स्टोरी चलचित्रले नछुने पनि होइन तर म हेर्न एकदमै कम हेर्छु । लभस्टोरीमा थ्रिल र सस्पेन्स भएको अझ राम्रो लाग्छ । जस्तो ‘कागवेनी’, ‘कथा’ जस्ता चलचित्रहरू मलाई एकदमै राम्रो लाग्छ । ‘लुट’मा थ्रिल छ, ह्यूमर छ, हल्काफुल्का एक्सन पनि छ ।
मलाई एक्सन चलचित्र पनि एकदमै मनपर्छ तर विश्वास अलि छैन कि अहिले त्यस्तो चलचित्र गरेर केही हुन्छ भन्ने ।
किनकि एक्सनमा चाहिने कुराहरू अझ हामीसँग नभएको जस्तो लाग्छ । जसले गर्दा हाम्रो कोसिस मात्र खेर गइरहेको जस्तो लाग्छ ।
बरु मलाई ‘कागवेनी’, ‘कथा’, यही ‘मन्त्र’ खालको चलचित्रहरूले दर्शकको मन जित्न सक्छ जस्तो लाग्छ तर के भने यस्ता चलचित्रको प्रचारप्रसार राम्रो भैदिँदैन । यस्तो खालका चलचित्रहरूको प्रचारप्रसार अलि राम्रोसँग भैदिए हुन्थ्यो जस्तो लाग्छ ।
अरुका चलचित्रहरू कत्तिको हेर्नुहुन्छ ?
– मैले चलचित्र गरिरहेको छु । म सुटिङमा छु भनेचाहिँ हेर्दै हेर्दिनँ । हेरेको बेकार जस्तो लाग्छ मेरो लागि । कहिलेकाहीँ हेर्नैपर्ने आग्रह वा नाइ भन्न नसकेर सुटिङकै बीचमा पनि चलचित्र हेर्न गएको छु तर त्यसरी चलचित्र हेर्न गाह्रो हुँदोरहेछ भन्ने मैले महशुस गरें । किनभने चलचित्र हेरिरहेको हुन्छु, आफूले गर्ने चलचित्रको डाइलग बोलिरहेको हुन्छु । हेरिरहेको चलचित्रमा पनि हिरोले डाइलग बोलिरहेको हुन्छ, यता आफ्नो पनि त्यस्तै डाइलगहरू हुन्छ । त्यसरी चलचित्र हेर्दा मैले कथा पनि त बुझ्दिनँ । त्यो गाह्रो हुँदोरहेछ भन्ने महशुस भएपछि सुटिङको बीचमा चलचित्र हेर्न छाडिदिएँ ।
मेरो एउटादेखि अर्को चलचित्रसम्मको जति ग्याप छ त्यो समयमा भने हरेक दिन चलचित्रहरू हेर्छु । राम्रो छ भनेको नेपाली चलचित्रहरू त्यो समयमा हेर्छु ।
एकपछि अर्को चलचित्रहरू बनिरहेका हुन्छन् तर व्यावसायिक हिसाबले सफल हुने चलचित्रहरू कम हुन्छन् । चलचित्रहरू किन घाटामा गइरहेका जस्तो लाग्छ ?
– त्यो त पक्कै राम्रो चलचित्रहरू नबनेर हो नि ! राम्रो चलचित्रहरू कम आउँछन्, नराम्रो चलचित्रहरू धेरै बनेर नै होला । यो फेरि नेपालमा मात्र नभएर हरेक देशमा त्यस्तै भएजस्तो लाग्छ ।
भारतमा पनि वर्षमा हजार चलचित्रहरू बन्छन् होला तर मुस्किलले केही चलचित्रहरू राम्रो होलान् । भारतमा त कुनै एकदमै राम्रो हुन्छ, अरु थर्ड क्लास हुन्छ । हाम्रोमा चाहिँ त्यस्तो राम्रो पनि बन्न सकेन, ठीकठीकै भयो र नराम्रो चलचित्रहरू धेरै भैदिए । धेरै भइसकेपछि यो चलचित्र राम्रो छ कि भन्यो, हेर्यो, राम्रो हुँदैन । टे«लर हेरेर यो चलचित्र राम्रो छ कि भनेर आशा गरेर हेर्छन्, त्यो चलचित्र पनि राम्रो छैन । बीचमा एउटा राम्रो चलचित्र आइदिन्छ, अगाडि नराम्रो चलचित्र हेरेका दर्शकहरू त्यो चलचित्र हेर्न रुचि देखाउँदैनन् । अनि त्यो राम्रो चलचित्र यत्तिकै पनि गैदिन्छ ।
नराम्रा चलचित्रहरू चाहिँ किन बनिरहेका छन् ?
– जानकारी नभएर । जसले चलचित्र बनाउँदैछ उसलाई त थाहा हुँदैन नि । जसले पनि आशा गरेरै चलचित्र बनाउँछन् । चलचित्र क्षेत्रमा नबुझीकन लगानी गर्नेहरूका कारण नराम्रो चलचित्रहरू बनिरहेका छन् । मसँग कुरा गर्न आउने कतिपयहरूबाट पनि त्यो कुरा बुझिन्छ । तपाईं त गाह्रोमा पर्नुहुन्छ भनेर बीचमा मैले भन्ने कोशिस पनि गरेको हो तर त्यसले ‘ब्याक फायर’ हुँदो रहेछ । ‘यस्तो स्क्रिप्ट लिएर आउनुभएको छ । मैले चलचित्र नगरे पनि अरुकोमा जानुहुन्छ होला । के गर्ने होला’ भनेर भन्दा तपाईं भएन भने अरु हुनुहुन्छ भन्नुहुन्छ । मलाई त्यही कुराको दुःख लाग्छ । अरुकोमा गएपछि उस्तै त हुने हो नि, कसरी सम्झाउनु, निर्देशकले यो चलचित्र गर्छु भनेर निर्मातालाई पट्याएर आइरहेका हुन्छन् । यो चलचित्र त घाटामा हुन्छ भनेर भनिदिँदा निर्देशकको के इज्जत रहन्छ । त्यो सबै स्थितिहरूले के बोल्नु, के नबोल्नु, सरी मेरो समय छैन भन्नुभन्दा केही उपाय हुँदैन । नबुझीकन, ज्ञान नभएर चलचित्रमा लगानी गर्दा नै घाटामा गइरहेको अवस्था छ ।
जस्तो खालको चलचित्र बनेर भर्खरै हिट भयो, त्यही बाटोमा हिँडनेहरू धेरै हुनुहुन्छ । अब ‘लुट’ जस्तो चलचित्र बनाउँछु भनेर त्यस्तै बन्ने होइन, ‘छक्का पञ्जा’ जस्तो चलचित्र बनाउँछु भनेर त्यस्तै हुने होइन । त्यो एकदमै गलत प्रवृत्ति हो जस्तो लाग्छ ।
हामी त्यही बाटो रोज्नुपर्छ भन्ने छैन, अर्को बाटो त्यही, त्यस्तै राम्रो ठाउँमा पुग्न पनि त सकिन्छ । पूरै इण्डियामा हेर्ने हो भने कस्तो राम्रो समय आएको छ । कमर्सियल चलचित्रहरू पनि कस्तो कमर्सियल बनाइरहेका छन्, आर्ट चलचित्रहरू पनि कस्तो राम्रो बनाइरहेका छन् । त्यो त अहिले त्यहाँको लागि गोल्डेन समय हो । हरेक खालको चलचित्रहरू चलिरहेका छन् । एक्सन चलचित्र पनि हिट हुन्छ, लभस्टोरी चलचित्र पनि हिट हुन्छ, कमेडी चलचित्र पनि हिट हुन्छ । कम लगानीमा पनि कस्तो राम्रो–राम्रो चलचित्रहरू बनिरहेका छन् । यतातिर पनि त्यही तरिकाको सोचिदिए हुन्थ्यो । मेरो सोच, कल्पना भनेको पनि त्यही हो ।
तपाईं आफू चलचित्र निर्माण, निर्देशन गर्ने सोच पनि बनाउनुभएको छ कि ?
– मेरो आफ्नो ‘आदि योगी भिजन’ प्रोडक्सन कम्पनी छ । यो कम्पनी भर्खरै–भर्खरै शुरू गरेको हो । ‘द सेक्रेट अफ राधा’ भन्ने चलचित्र आफ्नो प्रोडक्सनबाट गरेको छु । खासमा मैले अलि पछि निर्देशन गर्छु भनेर अहिले कम्पनी खोलेको हुँ । ‘द सेक्रेट अफ राधा’ जस्तो चलचित्र मेरो प्रोडक्सनबाट हुनुपर्छ भन्ने लागेर आफ्नै प्रोडक्सनबाट गरेको हुँ । आफूले सोचेको, दर्शकले खोजिरहेको खालको चलचित्र आफूले बुझेर निर्माण, निर्देशन गर्ने सोच हो । मैले आफूले निर्माण, निर्देशनसँगै आफ्नो प्रोडक्सनबाट ल्याउनका लागि केही स्क्रिप्टहरू पनि हेरिरहेको छु । सस्तो बजेटमा ४०–५० लाखमा चलचित्र कसरी ल्याउन सकिन्छ भन्ने सोचिरहेको छु तर ठयाक्कै कहिले भन्ने अहिले भन्न सक्दिनँ ।
तपाईंको रिलिज हुने चलचित्रहरू पनि धेरै छन् है ?
– छन् । गन्यो भने ८–९ वटा होलान् । ‘मन्त्र’ हिजोदेखि रिलिज भयो । ‘कबड्डी ४’ जेठ १३ गतेदेखि रिलिज हुँदैछ । त्यसपछि पनि लगातार चलचित्रहरू छन् ।
तपाईं कार्यक्रमहरूमा पनि कमै देखिनुहुन्छ । मिडियामा पनि कमै आउनुहुन्छ किन ?
– खासमा भन्नुपर्ने कुराहरू केही हुँदैनन् । मलाई त्यही होर्डिङ बोर्डहरूमा देखिनु, टीभीमा प्रत्येक ठाउँमा देखिराख्नु चाहिँ राम्रो लाग्दैन् । त्यसमा आफूलाई खुशी लाग्दैन के, अप्ठ्यारो लाग्छ । टेलिभिजनमा मैले बोलिरहेको छु भने राम्रो लाग्दैन, बोल्न मलाई खासै आउँदा पनि आउँदैन । बोल्न त अरु पनि छन् नि भन्ने लाग्छ । बरु अभिनय गरिरहेको छु भने राम्रो लाग्छ, ठीक छ यही हो मेरो काम भन्ने हुन्छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...