×

NMB BANK
NIC ASIA

त्रिभुवन विमानस्थलमा बस्ने ठाउँ छैन, आकाशमै उडिरहन्छन् जहाज

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, २२ मंसिर — वर्षौंदेखि भोग्दै आएको विमानस्थल अभावको समस्या बुधवार फेरि बुलन्द भएको छ । बुधवार अन्तर्राष्ट्रिय उड्डयन दिवस मनाइरहँदा नेपाल एयरपोर्ट अभावको आफ्नो पुरानै समस्यामै रुमल्लिरहेको छ । हवाई सेवाप्रदायक कम्पनी र यात्रुको संख्या दोब्बर बढ्दा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको छ ।

Muktinath Bank

एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुनु र त्यो पनि स्तरीय नहुनु नेपालको उड्डयन क्षेत्रलाई अभिशाप नै बनेको छ । अहिले काठमाडौंमा रहेको त्रिभुवन विमानस्थलबाट मात्रै नेपालका अन्तर्राष्ट्रिय उडानहरू हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

plane


Advertisment
Nabil box
Kumari

विमानस्थल अभावका कारणले अहिले उड्ने जहाजलाई बारम्बार आकाशमै अड्किनु (होल्ड गर्नुपर्ने) पर्ने समस्या रहेको छ भने विमानस्थल सञ्चालनमा पनि समस्या भइरहेको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले हवाई यातायातको क्षेत्रमा अहिलेको सबैभन्दा ठूलो समस्या विमानस्थल अभाव रहेको बताउँछन् ।

Vianet communication

‘त्रिभुवन विमानस्थलबाट क्षमताभन्दा बढी उडानहरू भएका छन्,’ उनी भन्छन्, ‘तर साँघुरो विमानस्थलको कारणले जहाजहरू आकाशमै होल्ड गर्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाजहरूको उडानमा ढिलाई भइरहेको छ भने बस्ने जहाजहरूलाई पनि कुनै समय आधा घण्टासम्म आकाशमै होल्ड गर्नुपर्ने अवस्था रहेको छ ।

विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विमानस्थलको सबैभन्दा व्यस्त समय हो । यस समयमा उड्ने र बस्ने जहाजहरूको संख्या बढिरहेको हुन्छ । विमानस्थलसँग रहेको नयाँ तथ्याङ्क अनुसार अहिले सो समयमा एक सय ९४ वटा आन्तरिक जहाजहरू उड्ने र बस्ने गर्छन् । त्यस्तै ५६ वटा अन्तर्राष्ट्रिय जहाजहरू उड्ने र बस्ने गर्छन् । तीसवटा हेलिकप्टर पनि उड्ने तथा अवतरण गर्ने गर्छन् ।

तथ्याङ्क अनुसार विमानस्थलले प्रत्येक घण्टा ४७ फ्लाइट ह्याण्डल गरिरहेको हुन्छ । तर सामान्य अवस्थामा त्रिभुवन विमानस्थलको क्षमता घण्टामा ३० र मौसम खराब भएको अवस्थामा १२ वटा उडान र अवतरणको मात्रै हो । ‘उडान अवतरणको संख्या नै बढी भएको कारणले फ्लाइटहरू डिले र होल्ड हुने गरेका हुन्,’ ठाकुर भन्छन्, ‘अहिलेको अवस्थामा विमानस्थल सानो भएको अनुभव भएको छ ।’ अझ नेपाल एयरलाइन्स र हिमालय एयरले ‘पार्किङ वे’मा आफ्नो जहाज राख्ने गर्दा उडान प्रभावित भइरहेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले त्रिभुवन विमानस्थलमा ‘सिग्नीफिकेन्ट सेफ्टी कन्सर्न’ व्यक्त गरेपछि त्रिभुवन विमानस्थल थप समस्यामा छ । सन् २०१७ को मार्चसम्ममा नेपालाई उक्त सूचीबाट हटाउने तयारी भइरहेको सरकारी दाबी छ । आइकाओले उक्त सूचीमा राखेसँगै नेपालका जहाजहरूलाई विश्वका विभिन्न ठाउँमा जान प्रतिबन्ध गरिएको छ ।

समस्या कहिलेसम्म ?

अझै केही वर्ष त नेपालको उड्डयन क्षेत्र यस्तै पीडादायी अवस्थाबाट गुज्रनेछ । सरकारी ध्वजावाहक तथा निजी वायुसेवा कम्पनीहरूको क्षमता राम्रै भएपनि विमानस्थलको अवस्था भने दयनीय रहेको छ । जहाजहरू थपिएको थपियै छन्, यात्रुहरू पनि बढिरहेका छन् ।

भैरहवामा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरामा बनाउने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बाराको सिमरामा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएपछि भने नेपालको उड्डयन क्षेत्र केही हदसम्म सहज बन्ने अपेक्षा गरिएको छ ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले सन् २०१८ को पहिलो चौमासिकसम्ममा भैरहवा विमानस्थलले अन्तर्राष्ट्रिय उडान भर्न सक्यो भने नेपालको नागरिक उड्डयन क्षेत्रमा केही प्रगति हुनेछ ।

‘भैरहवा विमानस्थलको काम ४० प्रतिशत भइसकेको छ,’ उनले भने, ‘सकभर त्रिभुवन विमानस्थलभन्दा ठूलो, सम्भव नभएमा त्यसबराबरको विमानस्थल हुनेछ ।’ उक्त विमानस्थलमा अपरेसनल लेभलको कामका लागि पनि नागरिक उड्डयन प्राधिकरणले काम गरिरहेको उनले जानकारी दिए ।

सन् २०१५ मा शुरू भएर २०१७ मा सक्ने गरी सो विमानस्थलको काम थालिएको भएपनि नाकाबन्दी तथा भूकम्पलाई देखाएर काम पर धकेलिएको हो । विमानस्थल निर्माणका क्रममा गिटी बालुवाको विषयमा समेत लफडा भएको थियो ।

भैरहवासँगै पोखरामा पनि क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम भइरहेको छ । तर सो विमानस्थल भने भैरहवाको भन्दा पछि बन्नेछ । शिलान्यास भएपनि पोखरामा अहिलेसम्म निर्माणको काम शुरू भएको छैन ।

डिजाइनकै काम भइरहेकोले सो विमानस्थल कत्रो बन्ने भन्ने पनि टुंगोमा पुगेको छैन । चिनियाँ तथा नेपालीहरू मिलेर विमानस्थल डिजाइनको काम भइरहेको छ । पर्यटन मन्त्रालयका अनुसार सन् २०१७ देखि काम शुरू गर्ने तयारी छ । तर केही प्रारम्भिक कामहरू भने भइरहेका छन् ।
पोखराका स्थानीयले अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्दै लामो आन्दोलन गरेपछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरिएको हो । यद्यपि पहिलेदेखि नै विमानस्थल निर्माणका लागि सरकारले तयारी गरेको सरकारी अधिकारीहरू बताउँछन् ।

काठमाडौंको विमानस्थलको विकल्पमा बाराको निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणको चर्चा चलेको वर्षांै भएपनि जग्गा अधिग्रहणको काम पनि सकिएको छैन । संसारमा बनेका जतिसुकै ठूला जहाज पनि त्यहाँ बस्नसक्ने पर्यटन मन्त्रालयले जनाएको छ । तर निर्माणको काम कहिले शुरू हुने र कहिले सकिने भन्ने यकिन छैन ।

यीसहित केही आन्तरिक विमानस्थलबाहेक देशका अधिकांश विमानस्थलको अवस्था भने निकै नै दयनीय रहेको छ । सरकारी तथ्याङ्क अनुसार अहिले ३२ वटा आन्तरिक विमानस्थलहरू चालू अवस्थामा रहेका छन् । थप आधा दर्जन बन्दै गरेका छन् । १७/१८ वटा विमानस्थल अहिले बन्द भएका छन् ।

राजनीतिक दलका नेताहरू पहँचको आधारमा टोल—टोलमा समेत विमानस्थल बनाउन पछि नपर्ने भएपछि धेरै ठाउँमा आन्तरिक विमानस्थलहरू बनिरहेका छन् तर प्रयोगमा भने कम छन् । पर्यटन मन्त्रालयका एकजना अधिकारीले नेताहरूको पहुँचको आधारमा बनेका विमानस्थलहरू गौचरणमा परिणत भइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x