×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

बधाई छ थपलिया, धन्यवाद देउवा !

‘चुनावमा कसैको जीतहार होला, तर लोकतन्त्रको विजय भएको छ’

बैशाख ३०, २०७९

NTC
Premier Steels

तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको छ । एकाध ठाउँमा भएका झडपबाहेक प्रायः मतदान शान्तिपूर्ण भएको छ । 

Muktinath Bank

प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो विवेकको मत बाकसमा खसालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित ढंगले पुर्‍याउने र मतगणना सम्पन्न गरेर निर्वाचितलाई प्रमाणपत्र दिएपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनेछ । 


Advertisment
Nabil box
Kumari

स्थानीय तहको निर्वाचन समयमा हुने नहुनेमा कयौं आशंका थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आजसम्म पनि ठट्टा चलेको थियो । मतदान गरेपछि देउवाले ठट्टा गर्दै भनेका थिए, ‘चुनाव हुँदैन भनेर आशंका गर्ने ओलीले पनि भोट हाल्नुभयो होला !’ जवाफमा ओलीले भनेका छन्, ‘देउवाले वैशाख ९ गतेसम्म पनि चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो ।’

Vianet communication

सत्ता गठबन्धनकै कतिपय दलहरू स्थानीय चुनावभन्दा पहिला प्रतिनिधि सभा निर्वाचन गर्ने अडानमा थिए । तर गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव पहिला गर्ने अडान लिए । यसमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान पनि सहायक रह्यो । सरकारले चुनावको मिति घोषणा गर्‍यो, निर्वाचन आयोगले तयारी पूरा गर्‍यो र शुक्रवार मतदान सम्पन्न भयो । 

गत माघ २४ गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्दा धेरैले निर्वाचन हुनेमा सन्देह व्यक्त गरेका थिए । मिति घोषणा भएपछि पनि अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) प्रकरणले चुनावमा सन्देह पैदा गरेको थियो । तर, एमसीसीको भाँजोमा चुनाव परेन ।

निर्वाचन आयोगले चुनावको तयारी सम्पन्न गर्ने बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूलाई चुनावमा सहभागी गराउन सरकारसँग आग्रह गरेको थियो । विप्लवलाई सहभागी गराउने नाममा चुनाव टार्न खोजिएको भनेर विपक्षी दलले आशंका गरेका थिए । जे होस्, चुनाव सार्ने षडयन्त्रको कारक विप्लव बनेनन् ।  

देउवा उत्तीर्ण भएको दोस्रो परीक्षा

वि.सं. २०५९ सालमा चुनाव गराउन नसकेको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अक्षम घोषणा गरी अपदस्थ गरेका थिए ।

२०५९ सालमा शुरू भएको प्रतिगमनको शृङ्खलालाई निरन्तरता दिँदै २०६१ सालमा फेरि एकपटक देउवालाई अपदस्थ गरेर राजाले प्रत्यक्ष शासन शुरू गरे ।

दरबारले अक्षम घोषणा गरेको दुई दशक बितिसक्दा समेत देउवामाथि ‘प्रजातन्त्र दरबारमा बुझाएको’ र चुनाव गराउन अक्षम रहेको भन्ने आरोप लाग्ने गरेको छ । देउवालाई अक्षम घोषणा गर्ने राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पनि डेढ दशक पूरा भएको छ । त्यो बेला अर्को कोही बहादुर भएको भए पनि चुनाव गराउने परिस्थिति थिएन, किन्तु देउवामाथि आरोप लगाउने गरिएको छ । 

चुनाव गराउन अक्षम रहेको भन्ने आरोप देउवाले २०७४ सालमै खण्डन गरिसकेका हुन्, प्रतिनिधि सभा निर्वाचन गराएर । सत्तासाझेदार माओवादी केन्द्रले ‘छापामार शैली’मा एमालेसँग तालमेल गरेको अवस्थामा कांग्रेसले चुनावमा हार्छ भन्ने जान्दाजान्दै देउवाले चुनाव गराएर लोकतन्त्रलाई ट्र्याकमा ल्याउन भूमिका खेलेका थिए । पार्टीलाई हराएर भए पनि देशलाई अगाडि बढाएका थिए, देउवाले ।

त्यही सर्वस्वीकार्य नेतृत्वका कारण आफैँले ५ वर्ष प्रतिपक्षमा बस्छु भनेको दल कांग्रेसले फेरि सरकारको नेतृत्व गर्ने र संविधान कार्यान्वयन गर्ने अवसर पायो । सरकारमा गएर उत्कृष्ट पफर्मेन्स देखाउन नसके पनि स्थानीय तहको चुनाव सम्पन्न गरेर देउवाले लोकतन्त्रलाई चलायमान बनाएका छन् । ‘चुनाव गराउन अक्षम’ भनेर लागेको आरोप देउवाले व्यवहारबाटै खण्डन गरेका छन् । संविधान कार्यान्वयन गर्न खेलेको भूमिकाप्रति प्रधानमन्त्री देउवालाई धन्यवाद भन्नैपर्छ । 

स्थानीय निर्वाचनको सफलतापछि अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि समयमै सम्पन्न गर्नु सरकारको दायित्व हुनेछ । तोकिएको समय अर्थात् आगामी मंसिरसम्ममा प्रतिनिधि सभाको निर्वाचन गराउने कुरामा देउवाले सम्झौता गर्ने छैनन् भन्ने अपेक्षा राखौं । 

बधाई थपलिया

प्रमुख निर्वाचन आयुक्त बन्नुअघि दिनेश थपलियाले निजामती प्रशासनमा एक अब्बल प्रशासकको परिचय बनाएका थिए । प्रमुख निर्वाचन आयुक्तको भूमिकामा स्थानीय तहको निर्वाचन उनका लागि परीक्षाको विषय थियो । रेफ्री सक्षम भएन भने खेल फेयर हुँदैनथ्यो । राम्रो गीतकार समेत रहेका थपलिया आफ्नो तेस्रो परिचयमा समेत कुशल देखिएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराएर थपलियाले आफूलाई निर्वाचन आयुक्तहरूमध्ये अब्बलको सूचीमा समावेश गरेका छन् । आचारसंहिता उल्लंघनमा पूर्वप्रधानमन्त्री समेतलाई स्पष्टीकरण सोधेर आयोगले अडान राखेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गराएर थपलिया लगायतको टीमले राष्ट्रप्रति गुन लगाएको छ । चुनाव सम्पन्न गराएकोमा उनलाई बधाई दिनैपर्छ ।

दलको जीतहार, लोकतन्त्रको विजय !

मतदाताले प्रयोग गरेको विवेकको मतको गणना अबको केहीबेरमा शुरू हुँदैछ । दलीय व्यवस्था र प्रतिस्पर्धात्मक चुनावमा जीतहार स्वाभाविक हुन्छ । आजको चुनावमा कुनै दलले जित्ला या हार्ला बेग्लै कुरा हो, देश र लोकतन्त्र विजयी भएको छ । 

राम्रो काम गरेको दललाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गरेर मतदाताले आफ्नो मत प्रकट गरेका छन् । यो जनमतलाई आधार बनाएर दलहरूले भविष्यमा आफूलाई सुधार्दै राम्रो काम गर्ने अपेक्षा गरौं । 

चुनावमा सक्रियतापूर्वक सहभागी हुने दलहरू तथा मतदाता र यसलाई सुरक्षित एवं उल्लासमय वातावरणमा सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारीहरू, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू पनि धन्यवादका पात्र छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x