×

NMB BANK
NIC ASIA

लुम्बिनीमा प्रमुखदेखि वडा सदस्यसम्म कांग्रेस पहिलो, एमालेले शहर गुमाएर गाउँ सुधार्‍यो

जेठ १२, २०७९

NTC
Premier Steels

स्थानीय तह निर्वाचन सम्पन्न भएको ठीक ११ दिन पुगेको छ । यसबीचमा लुम्बिनी प्रदेशका २ पालिकाबाहेक अन्य सबैको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

Muktinath Bank

निर्वाचन आयोगको नतिजाअनुसार लुम्बिनी प्रदेशमा ४६ पालिका जितेर कांग्रेस पहिलो शक्ति बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१०९ पालिका रहेको लुम्बिनी प्रदेशमा गत निर्वाचनमा ४३ पालिका जितेर पहिलो शक्ति बनेको एमालेले अहिले माओवादी केन्द्रकै हैसियतमा झरेको छ । प्राप्त नतिजाअनुसार लुम्बिनीमा प्रदेशमा अहिले एमालेले २६ र माओवादीले २५ पालिका जितेको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रदेशमा जम्मा १९ पालिका मात्र जितेको थियो ।


Advertisment
Nabil box
Kumari

आफ्नो किल्ला समेत गुमाउँदै एमालेले यसपटक १७ पालिका गुमाएको छ । उपप्रमुख/उपाध्यक्ष भने एमालेले ३८ पालिकामा जितेको छ । निर्वाचन आयोगको परिणामअनुसार एमालेले ८ नगरपालिका र १८ गाउँपालिका जितेको छ । माओवादीले ३ नगरपालिका र २२ गाउँपालिका जितेको छ । 

Vianet communication

अघिल्लो निर्वाचन २०७४ मा ३३ पालिका मात्र जितेको कांग्रेस यसपटक ठूलो शक्ति आर्जन गर्दै १९ नगरपालिका र २७ गाउँपालिका जितेर पहिलो शक्ति बनेको छ भने साना दलले पनि शक्ति बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाँके, रुपन्देही र कपिलवस्तु गरी ३ पालिका जितेको छ । राष्ट्रिय जनमोर्चाले २ पालिका अर्घाखाँची र प्यूठानमा जितेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २, राप्रपाले १, प्रगतिशील जनता पार्टीले १ पालिकामा जीत निकालेका छन् ।

एमालेले गुमायो शहरी जनमत

मतपरिणाम हेर्दा विकसित र शहरी क्षेत्रका एमाले किल्लाहरू यसपटक भत्किएका छन् । दाङका २ उपमहानगरपालिका घोराही र तुलसीपुर बाहेक एमालेका सबै किल्लाहरू गठबन्धनले खोसेको छ । मधेश बहुल क्षेत्रमा एमालेले केही उपस्थिति बढाएको देखिन्छ । उपमेयर र उपप्रमुखमा भने एमालेको उपस्थिति बढी देखिन्छ । बुटवल उपमहानगरमा विरासत गुमाउँदै एमालेले ८ हजार मतान्तरले हार व्यहोर्नुपरेको छ । 

बाँके र रुकुमपूर्वमा एमाले ‘क्लीन स्वीप’

अघिल्लो निर्वाचनमा बाँकेका ४ पालिका जितेको एमाले यसपटक ‘क्लीन स्वीप’ भएको छ । अघिल्लो निर्वाचनमा वर्चस्व रहेको जिल्ला एमालेले गुमाउन पुगेको छ । ८ पालिकामध्ये ४ वटा जितेर पहिलो बनेको एमाले यसपटक प्रमुख/उपप्रमुखमा शून्य बन्न पुगेको छ । एमालेले ८१ वडामध्ये २१ वटा मात्र जितेको छ ।

रुकुम पूर्वमा पनि एमालेले कुनै पालिका जित्न सकेन । जिल्लाका ३ वटै पालिकामा माओवादी केन्द्रले जीत निकाल्यो । रुकुमपूर्व र रोल्पामा पनि कांग्रेसले सफलता हाँसिल गर्न सकेन । अर्घाखाँची र पाल्पामा तालमेल गरेको गठबन्धनलाई एमाले एक्लैले पराजित गरी ठूलो जीत निकालेको छ । 

निर्वाचनमा केही कमजोरी भएकै हुन्– अध्यक्ष कंडेल

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले निर्वाचनमा केही कमजोरी हुँदा सहजै जित्न सकिने पालिकाहरू पनि गुमाउन पुगेको बताए । ‘बुटवल, तानसेन, कोहलपुर जस्ता शहर सहज जितिन्छ भनेर हल्का रूपमा लिइयो,’ कंडेलले लोकान्तरसँग भने, ‘त्यो हाम्रो कमजोरी भयो । त्यसमाथि गठबन्धनले गर्दा पराजय भयो । जनमतको हिसाबले हामी कमजोर भएका छैनौं ।’

कंडेलले थपे, ‘अब आउँदो निर्वाचनमा केन्द्रित भएर संगठन र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । संगठनात्मक हिसाबले शक्तिशाली एमाले कमजोर देखियो । सिट संख्यामा पनि हारेको नतिजाले देखाउँछ ।’

माओवादीले विगतको नतिजामा सुधार गर्‍यो– बराल

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले समग्रमा लुम्बिनी प्रदेशमा सुधार गरेको बताए । विगतभन्दा सुधार गरे पनि गुणात्मक प्रगति चाहिँ हुन नसकेको उनले बताए ।

‘हामीले लुम्बिनीका ३० पालिका जित्छौं भनेका थियौं तर हामी २५ पालिका जितेका छौं । घोराही उपमहानगरपालिका गुमायौं । त्यहाँ कांग्रेसको अन्तरविरोध र मतदाता शिक्षामा हामीले प्रभावकारी ढंगले लैजान नसक्दा गुमेको हो । तुलसीपुर पनि त्यहीँ अवस्थामा गुम्ने स्थितिमा देखियो,’ बरालले थपे, ‘समग्रतामा लुम्बिनी प्रदेशमा गठबन्धन सफल भएको छ । केही कमजोरी पक्कै भए । यो नतिजालाई सन्तोषजनक मान्नुपर्छ हामीहरूले ।’

गठबन्धनले फाइदाभन्दा बेफाइदा भयो– सभापति पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुन मगरले गठबन्धनले फाइदाभन्दा बेफाइदा भएको बताए । ‘दाङ, रोल्पा जस्ता ठाउँमा अत्याधिक मत बदर भएर हाम्रा उम्मेदवार हारे । गठबन्धन केन्द्रबाट लादियो तर कार्यकर्ताको मन मिलेन, त्यसैले जित्नुपर्ने स्थान पनि गुमे,’ पुनले लोकान्तरसँग भने, ‘सन्तोषजनक नतिजा आए पनि कांग्रेस एक्लैले जित्ने ठाउँ गठबन्धन गर्दा हार्ने अवस्था भयो । उम्मेदवार नै नभएको ठाउँमा कार्यकर्ताले भोट हालेर अत्याधिक मत बदर भयो । यसमा निर्वाचन आयोगले पनि हामीलाई अप्ठ्यारो पारेकै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x