×

NIC ASIA

बिजुलीको तारमा बसेर देश हल्लाउने मान्छे

अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें– माइला [भिडियो]

जेठ २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

'मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,' तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर सुनारले मनको बिरह पोखे ।

Muktinath Bank

४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए । अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँझ हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई त्यहाँ ल्याएर संस्थाको संरक्षणमा छाडेको हो ।


Advertisment
Nabil box
Kumari

आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने निष्कर्ष सुनाए– 'भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।'

Vianet communication

पारिवारिक तनावले बिजुलीको पोलमा चढेको उनको भनाइ छ ।

कसरी चढियो त बिजुलीको पोलमा ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले ठट्यौली शैलीमा गम्भीर कुरा सुनाए ।

'अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें । हे ईश्वर ! अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ । माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले । मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ । जेहोस्, सप्लाइ भो । मनको चाहना सप्लाइ भो,' उनले भने ।

माथि गइसकेपछि आफूलाई तल आउनै मन नलागेको उनले बताए ।

'ढोग्दा करेन्ट लागेन । यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु । त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो । सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन । माथि गएपछि तल आउन मन लागेन ।'

उनले थपे, 'माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो । त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा !'

आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें भन्ने गफ पनि उनले दिए ।

उनको मानसिक स्वास्थ्य जाँचका लागि सोमवार पाटनस्थित मानसिक अस्पताल लैजाने तयारी भएको संस्थाकी सचिव शान्ति तिवारीले लोकान्तरसँग बताइन् ।

हेर्नुहोस्,थप भिडियोमा:

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x