×

NMB BANK
NIC ASIA

कांग्रेसमा रामचन्द्रलाई ‘वनवास’, को बन्ला कोइराला परिवारमा ‘भरत’?

कात्तिक २०, २०७४

NTC
Premier Steels
अयोध्या राज्यको राजपाठ सुम्पन्ने सोचका साथ राजा दशरथले एक दिन आफ्ना मन्त्रिगण, गुरु वशिष्ट र भद्र भलादमीहरुलाई भेला गरी आफ्नो योजना सार्वजनिक गरे ।

राजा दशरथको योजनामा भेलामा सहभागी सबैले सर्मथन जनाए । सोही अनुसार राज्य भिषेकको तयारी गरियो । रामले अयोध्या राज्यको राज्यभिषेक गर्ने खबरले सिङ्गो अयोध्या राज्यका जनता खुसी भए ।

ठिक त्यतिनै बेला रामकी सौतेनी आमा कैकयीकी दासी मन्थराले कैकयीलाई आफ्नो छोरा भरतलाई राजा बनाउनका लागि रामलाई वनवास पठाउन राजालाई प्रस्ताव गर्ने कुटिल षडयन्त्र सिकाइन् ।

दासी मन्थराले यस किसिमको सल्लाह दिदै गर्दा सुरुमा त कैकयीले मानेकी थिइनन् । तर मन्थराको मिठा कुराको जालमा परी कैकयीले भरतलाई राजा बनाउनुपर्ने र रामलाई १४ बर्ष वनवास पठाउनु पर्ने शर्त राजा दशरथसँग राखिन् ।

स्वर्गको युद्धमा कैकयीबाट ठूलो सहयोग पाएका राजा दशरथ ले जे मागेपनि आफूले दिने आफ्नो पूरानो वचनलाई अस्विकार गर्न सकेनन् ।

राजा दशरथले त्यतिबेला नै कैकयीलाई मागे बमोजिम दुईवटा वर पुरा गर्ने वचन दिएका थिए । कैकयीसँगको पूर्व बाचा अनुसार इच्छा नहुँदा नहुँदै पनि दशरथले रामलाई १४ बर्षको वनबास र भरतलाई १४ बर्षसम्म अयोध्याको राजा घोषण गरिदिए ।

सोही अनुसार राम १४ बर्ष वनवास निस्किए भने भरत अयोध्याको राजगद्धीमा आसिन भए ।

अयोध्याको यो प्रसङग यतिबेला नेपाली काग्रेस भित्रको कोइराला परिवार र वरिष्ठ नेता रामचन्द्र पौडेल बीचको राजनीतिक सम्बन्धमा ठ्याक्कै मेल खान पुगेको छ । यो प्रसङग यस अर्थमा मेल खान पुगेको छ कि कोइराला परिवारका तीन सदस्यहरु महामन्त्री डा. शंशाङक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजता कोइराला काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको आन्तरिक राजनीतिमा १४ बर्ष वनवास पठाएर अयोध्याको गद्धी रुपी पार्टी सभापतिमा आसिन हुने योजनामा छन् ।


जुन विषय कोइराला परिवारका सदस्यहरुले बुधबार महामन्त्री शंशाक निवासबाट सामूहिक तस्बिर मार्फत सार्वजनिक गरिदिएका छन् । हुन त कोइराला परिवारका सदस्यहरुले पार्टीको १३ औं महाधिवेशनमा अयोध्याको गद्धी रुपी पार्टी सभापतिको कुर्चीमा आसिन हुने योजना नभएका होइनन् ।

तर कोइराला परिवारको विरासत धान्दै आएका तत्कालिन सभापति सुशील कोइरालाको आकस्मिक निधन, तीन नेताबीच आपसी तालमेलको अभाव र कार्यकर्ताको भावना बुझिनसकेका कारण उनीहरु एक कदम पछाडि हट्न बाध्य पुगे र वरिष्ठ नेता पौडेलको टिमबाट शंशाकलाई महामन्त्रीमा उतारे ।

कोइराला परिवारको योजना बमोजिम उनीहरु शंशाकलाई महामन्त्रीमा जिताउन पनि सफल भए । जबकि कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै गर्दा पार्टी सभापतिको मैदानमा होमिएका वरिष्ठ नेता पौडेल पराजित हुन पुगे । सभापतिमा पराजित हुँदै गर्दा पनि कोइराला परिवार र वरिष्ठ नेता पौडेल बीचको सम्बन्ध कायमै रहेको थियो । तर कोइराला परिवारको यो पछिल्लो निर्णयले कोइराला परिवार र वरिष्ठ नेता पौडेलबीचको सम्बन्ध लगभग तोडिने निश्चित जस्तै देखिन्छ ।

विगतलाई एकपटक फर्केर हेर्ने हो भने ३० बर्षे पञ्चायती शासन व्यवस्था र २०४६ सालको परिवर्तन पछि काग्रेस वरिष्ठ नेता पौडेल लामो समय विपी कोइराला र गिरिजाप्रसाद कोइराला निकट रहे । यसरी निकट रहँदा कोइराला परिवारलाई वरिष्ठ नेता पौडेलले थुप्रै पटक सहयोग गरे । कोइराला परिवारबाट पनि पौडेलले थुप्रै सहयोग र लाभको पद पाए । पार्टी भित्र सहयोग आदान प्रदान हुनेक्रममा सुशील कोइरालाले पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दा पौडेलले उपसभापतिको जिम्मेवारी पाए । त्यतिमात्र होइन कोइरालाको निधनपछि पौडेलले कार्यवाहक सभापतिको थप जिम्मेवारी पाए ।

बीपी कोइराला, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला देखि हालका कोइराला परिवारका सम्बन्ध हेर्दा पौडेल र कोइराला परिवारको सम्बन्ध कम्तीमा पनि पार्टीको आगामी महाधिवेशनसम्म अगाडि बढ्ने अनुमान गरिएको थियो । तर कोइराला परिवारका सदस्यहरुले पौडेल संगको सम्बन्ध तोड्ने निर्णय अचानक गर्न किन पुगे ? यो यतिखेर वहसको विषय बन्न पुगेको छ ।

कोइराला परिवार र वरिष्ठ नेता पौडेल बीचको सम्बन्धलाई नजिकबाट नियालेर हेर्ने हो भने बाहिरी रुपमा जति गाँढा देखिएको थियो, भित्रि रुपमा निकै कमजोर रहेको थियो । जसका कारण नेता पौडेल बेला–बेलामा कोइराला परिवारबाट अपमानित समेत हुनु परेको थियो । तरपनि पौडेलले कोइराला परिवार संगको सम्बन्धलाई कायमै राखेका थिए ।

आजको मितिमा आइपुग्दा कोइराला परिवार के निष्कर्षमा पुगे भने वरिष्ठ नेता पौडेल आफ्नो क्षमताले भन्दा पनि कोइराला परिवारको सदासयताले आज सम्म काग्रेसको राजनीतिमा टिकेका हुन् । पौडेलको राजनीति सधै कोइराला परिवारले टिकाई रहनुपर्छ भन्ने छैन भन्ने अन्तिम निष्कर्षमा कोइराला परिवार पुगे । र पौडेल संगको सम्बन्ध तोड्ने निर्णय गरे ।

उमेरका हिसाबले पौडेल ७० काटिसकेका छन् । पौडेलको सक्रिय राजनीति गर्ने समय अब त्यति धेरै र सहज छैन । यस्तो संघीन घडीमा कोइराला परिवारका सदस्यले अयोध्याका राजा रामलाई जस्तै १४ बर्षे वनवास पठाएर भरत रुपी कोइराला परिवारका सदस्यहरु शंशाक, शेखर र सुजतालाई गद्धीमा आसिन गराउन खोज्नु पौडेलका लागि थप चुनौतीपूर्ण देखिन्छ ।यस विषयमा पौडेल बेलैमा सचेत हुनु जरुरी छ ।

कोइराला परिवारमा को बन्ला त 'भरत' ?

यता कोइराला परिवारका तीन सदस्य शंशाक, शेखर र सुजताले वरिष्ठ नेता पौडेलसंगको सम्बन्ध तोड्दै गर्दा पार्टीको १४ औं महाधिवेशनमा को सभापतिको उम्मेदवार बनेर अयोध्याको गद्धी रुपी काग्रेसको पार्टी सभापति सम्हाल्ला भनेर यतिखेर चर्को बहस हुन थालेको छ ।
लेखक अधिकारी


काग्रेस पार्टीको आन्तरिक राजनीतिलाई नजिकबाट नियाल्नेहरु विपीकै रगत भएको हुँदा आगामी महाधिवेशनमा शंशाकलाई सभापतिको रुपमा अगाडि बढाउने प्रवल सम्भावना देखिन्छ । तर शंशाक भन्दा शेखर बढी परिपक्क भएको हुँदा उनलाई पनि अगाडि बढाउने सम्भावना त्यतिकै देखिएको छ । अयोध्याको गद्धी रुपी काग्रेसको पार्टी सभापतिको कुर्चीमा आसिन हुनका लागि सुजताले भने अझै तीन ⁄चार कार्यकाल कुर्नुपर्ने देखिन्छ । तर सुजताका लागि गद्धी आसिन शंशाक र शेखरलाई जस्तो सहज देखिदैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x