×

NIC ASIA

लापरवाहीले विपद्

राजधानीको एउटा सडक जहाँ बाढीले मोटरसाइकल बगाउँछ ! [भिडियो]

असार २०, २०७९

Prabhu Bank
NTC
Premier Steels

गत वर्षको असोजमा कपनको सडकमा हिँड्दै गरेका बालक सडकमै आएको बाढीमा बगे । उनको शव १ हप्तापछि हेटौंडामा भेटियो ।

Muktinath Bank

हात समातेर हिँडिरहेको नाति एक्कासि बाढीमा बगेको त्यो त्रासदीपूर्ण क्षण उनकी हजुरआमा महेश्वरी विकले अझै बिर्सन सकेकी छैनन्, न त कपनको सडकमा बाढी आउन नै रोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पनि ठूलो पानी पर्दा सडक नदी बन्छ । सवारी रोकिन्छ । कतिपय बेला सडकमै बनेको खोलामा मोटरसाइकल बग्छन् ।


Advertisment
Nabil box
Kumari

सडक मर्मतको जिम्मेवारी पाएको ठेकेदारले लापरबाही गर्दा हालसम्म सडकमा ११ जना घाइते भइसकेका छन् । सडक विस्तार गर्न खनेको खाल्डो खोलामा परिणत हुँदा विशेषगरी रातिको समयमा मोटरसाइकल दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

Vianet communication

महेश्वरी विकको नाति पनि सोही ठाउँमा बगेको बाढीमा हराएका थिए । ‘ठेकेदारले सडक बेहाल बनाएर छाडेका छन् । खोलामा बाढी बग्छ । त्यही बाढीले मेरो नाति बगायो । अहिलेसम्म ११ जनालाई हामीले उद्धार गरेर अस्पताल पुर्‍याएका छौं,’ विकले भनिन् ।

सडकमा बग्ने बाढीका कारण मोटरसाइकल चालकहरू निरन्तर दुर्घटनामा पर्न थालेपछि स्थानीयले पैसा उठाएर सडकमै बनेको खोलामा पुग्‍नबाट रोक्ने गरी बार–बन्देज गरेका छन् ।

‘धेरै जना दुर्घटनामा परेपछि हामीले पैसा उठाएर बोरामा बालुवा भरेर सिधै खोलामा पुग्ने बाटो बन्द गरेका छौं । ठेकेदारले गर्नुपर्ने काम हामीले गरेका छौं,’ विकले भनिन् ।

त्यति मात्र होइन, खोला वारपार गर्नका लागि फलामे पुल समेत स्थानीयले नै बनाएका छन् । ‘सरकारले ठेकेदारसँग मिलेर हामीलाई दुःख दिएको छ । मोटरसाइकल चालकको त ज्यान नै जोखिममा छ,’ उनले भनिन् ।

सडकमा नियमित सार्वजनिक सवारी चलाइरहेका चालक महेन्द्रराज श्रेष्ठको पीडा पनि उस्तै छ । ‘खाल्डोमा कहिलेकाहीँ माटो हालेर पुरेको देखिन्छ । पानीले एकैछिनमा बगाइहाल्छ । बाढी सडकमा बग्छ र गाडी चलाउनै नसक्ने हुन्छ,’ श्रेष्ठले भने ।

स्थानीय व्यापारी शोभा केसीले पनि सोही स्थानमा दैनिकजसो दुर्घटना देख्ने गरेको बताइन् । ‘सडकको दुरावस्थाले गर्दा हरेक दिनजसो दुर्घटना देख्नुपरेको छ,’ केसीले भनिन् ।

पानी परेपछि कपनको सडकको यात्रा गर्ने अवस्था नै रहँदैन । खोलामा बग्ने बाढीले सवारीसाधन नै बगाउँछ । सडकमा बगेको बाढीले सिर्जना गर्ने बितण्डा कपनमै देख्न पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x