×

NMB BANK
NIC ASIA

पुरस्कार राशिलाई दोब्बर गरी बसन्त चौधरीले दिए स्रष्टा परिवारलाई रकम

असार २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित कवि तथा गीतकार बसन्त चौधरीले स्रष्टाको नाममा स्थापित पुरस्कार उनकै परिवारमा समर्पण गरेका छन् । 

Muktinath Bank

केही समयअघि चौधरीले रु. १ लाख रुपैयाँ राशिको ‘नई इश्वरबल्लभ अवार्ड’ पाएका थिए । आफूले पाएको सो अवार्ड ईश्वरबल्लभको परिवारकै लागि समर्पण गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाथलीस्थित स्वर्गीय कवि ईश्वर बल्लभको निवासमा पुगेर साहित्यकार चौधरीले बल्लभ परिवारजनलाई आफूले पाएको पुरस्कार राशिमा त्यति नै रकम थपेर प्रदान गरेका हुन् । चौधरीले ईश्वर बल्लभकी पत्नी कमला भट्टराईलाई भेटेर २ लाख रुपैयाँको चेक प्रदान गरेका थिए । 


Advertisment
Nabil box
Kumari

चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उनको नाममा नई प्रकाशनले पुरस्कार स्थापना गरी वितरण गर्न थालेको थियो । 

Vianet communication
Laxmi Bank

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरूलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईको समेत उपस्थितिमा चौधरी स्व. ईश्वर बल्लभकै घर पुगेर आफूले पाएको पुरस्कार राशिमा थपेर कवि परिवारलाई सहयोग प्रदान गरेका थिए । 

सो क्रममा स्व. कवि ईश्वर बल्लभले नेपाली कविता तथा साहित्यिक पत्रकारितामा पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो । 

स्व. कविकी पत्नी कमला भट्टराईले बसन्त चौधरीको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् । 

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने बसन्त चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेका सो क्रममा बताए ।

‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्‍याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सो अवार्ड दिइएको थियो,’ प्रसाईले भने,‘उहाँले आफूले पाएको अवार्ड जसको नाममा स्थापना भएको उसकै परिवारलाई थप योगदानसहित समर्पण गर्ने अर्को राम्रो काम गर्नुभएको छ ।’

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । 

उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् ।

उनका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उनले दर्जनौं कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिसकेका छन् ।

हालै उनले ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र ‘अनेक पल और मैं’ नामको हिन्दी कविता संग्रह प्रकाशन गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x