बैशाख १८, २०८१
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
पछिल्लो समय बजारमा माग कम हुँदा सिमेन्टको खपत कम भएकोप्रति सिमेन्ट उद्योगीले चिन्ता व्यक्त गरेका छन् ।
सामान्यदेखि ठूला विकास निर्माणको काम समेत सुस्त हुन पुग्दा घाटामा सिमेन्ट बिक्री गर्नुपरेको उद्योगीको दाबी छ ।
सिमेन्ट व्यवसायीले पछिल्ला केही वर्षमा उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपरेको गुनासो गरेका छन् । विशेषगरी वर्षा सिजन भनेको निर्माणको काम कम हुने सिजन हो ।
वर्षा सिजनमा सिमेन्टको खपत कम हुनु स्वाभाविक भए पनि वर्षभर नै सिमेन्टको खपत कम भएको सिमेन्ट उद्योगीको भनाइ छ । यद्यपि कतिपय सिमेन्ट उद्योगले आफूले घाटामा व्यापार नगरेको बताएका छन् ।
अर्घाखाँची सिमेन्टका रमेश थापाले आफ्नो उद्योगको उत्पादन तथा व्यापार लक्ष्यअनुरूप नै भइरहेको दाबी गरे । उनले भने, ‘अन्य उद्योगमा बिजनेस डाउन भएको स्वाभाविक हो तर हाम्रोमा भने टार्गेटमै छौं ।’
पछिल्ला वर्षमा समग्र सिमेन्ट उद्योगको व्यापारको अवस्था केही कम भएको उनले बताए । भूकम्पपछि नेपालमा सिमेन्टको उच्च माग भएको थियो ।
माग उच्च हुँदा आपूर्ति धान्न नै धौधौ परेको अवस्थाबाट अहिले सिमेन्ट माग नै नहुने अवस्थामा आइपुगेको भन्दै व्यवसायी चिन्तित छन् ।
के कारण खस्किँदैछ सिमेन्ट उद्योगको व्यवसाय ?
विक्रम संवत् २०७२ सालको महाभूकम्पपछि नेपालमा विकास निर्माण तथा पुनर्निर्माणको कामले तीब्रता पाएको थियो । सो समयमा निजी आवासीय घरदेखि सरकारले सञ्चालन गर्दै गरेका ठूला आयोजनाहरूको पनि विकास निर्माण तथा पुनर्निर्माण गरिएको थियो । जसका कारण सिमेन्टको माग उच्च रहेको र माग पूरा गर्न निकै धौधौ पर्ने गरेको उद्योगी सम्झन्छन् ।
तर पछिल्ला वर्षमा सिमेन्टको माग नै कम हुन पुगेको छ । जसले गर्दा सिमेन्ट उद्योगको नाफा तथा आम्दानी नै घटिरहेको उद्योगीहरू बताउँछन् ।
सिमेन्ट उत्पादकको छाता संगठन नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा पछिल्लो समय उद्योगीले ८ प्रतिशतदेखि १० प्रतिशतसम्म घाटामा सिमेन्ट बिक्री गर्नुपरेको दाबी गरे ।
उनले भने, ‘पछिल्ला वर्ष प्रायः हरेक सिमेन्ट उद्योगले करीब ८–१० प्रतिशतको घाटामा बेचिरहेका छन् । उत्पादन लागतभन्दा कममा बेचिरहेका छन् ।’
महंगीको मार
पछिल्लो समय विश्व बजारमा डण्डी लगायतका निर्माण सामग्रीको मूल्यमा निकै उतारचढाव आएको छ । निर्माण सामग्रीको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको असर निर्माण क्षेत्रमा परेको उद्योगीहरू बताउँछन् ।
डन्डीको मूल्य करीब १ हप्तामै प्रतिकिलो ५० रुपैयाँभन्दा बढीले बढेको छ । डन्डीको मूल्यमा भएको अस्थिर र उच्च मूल्यवृद्धिले गर्दा निर्माणजन्य काम कम भएको उद्योगीहरू बताउँछन् ।
अर्घाखाँची सिमेन्टका थापा भन्छन्, ‘आर्थिक मन्दीले पनि निर्माणको काममा असर पुग्यो । जसले पनि सिमेन्ट उद्योगको व्यवसायमा केही असर गर्यो ।’
मुलुकमा आर्थिक संकट ?
पछिल्लो केही महिनायता नेपालले भोग्दै आएको वित्तीय संकटले पनि निर्माण क्षेत्रमा असर गरेको छ । बैंकले सहज रूपमा कर्जा दिन नसक्दा घर बनाउने सोचमा रहेका व्यक्तिहरूले पनि अहिले काम शुरू गर्न नसकेका शिवम् सिमेन्टका केशव अर्याल बताउँछन् ।
उनी भन्छन्, ‘मूल्यवृद्धि त छँदैछ तर बैंकले सहजै कर्जा दिइरहेका छैनन्, यसले पनि घर तथा भवन बनाउने सोच बनाएकाहरूलाई पनि सोच बदल्न बाध्य भएको छ ।’
छैनन् ठूला विकास निर्माणका काम
पछिल्लो समय विकास खर्च गर्न नसकेर सरकार आलोचित बन्ने गरेको छ । यस वर्ष पनि विकास खर्च सोचेअनुरूप हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यसम्ममा विकास खर्च करीब ५० प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
विकास निर्माणमा भएको यस्तो सुस्तताले सिमेन्ट उद्योगलाई असर गरेको उद्योगीहरू बताउँछन् । ‘सरकारले विकास निर्माणमा खर्च गर्नै सकेको छैन,’ शिवम् सिमेन्टका अर्याल भन्छन्, ‘त्यसो हुँदा सिमेन्टको माग नै छैन ।’
विभिन्न कारणले सिमेन्टको माग नहुँदा अहिले सिमेन्ट उद्योगले ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको उद्योगीको भनाइ छ ।
उत्पादन क्षमता झ्याप्पै बढ्यो, माग घट्दै गयो !
भूकम्पपश्चात नेपालमा सिमेन्टको माग निकै धेरै थियो । भूकम्पबाट अति प्रभावित हरेक घरपरिवारले नयाँ घर बनाउँदा सिमेन्टको खपत पनि धेरै भएको थियो । यसले सिमेन्ट व्यवसाय निकै फस्टाएको उद्योगीहरू बताउँछन् ।
यसबीचमा सिमेन्ट उद्योगको उत्पादन क्षमता भने निकै कम थियो । ‘त्यतिखेर नेपाली सिमेन्ट उद्योगहरूले बढीमा २ हजार ५०० टनभन्दा बढी उत्पादन गर्ने क्षमता राख्दैनथे,’ शिवम् सिमेन्टका अर्यालले भने । तर पछि नेपालमा चिनियाँ लगानीमा २ ठूला सिमेन्ट उद्योगहरू सञ्चालनमा आए ।
उनीहरूले एकैपटक १० हजार टन उत्पादन क्षमतामा उद्योग चलाए । जसकारण पनि माग र आपूर्तिबीच ठूलो खाडल हुन पुगेको उद्योगीको भनाइ छ । ती २ उद्योगले उच्च उत्पादन क्षमतासहित आएपछि अरू उद्योगलाई पनि क्षमता बढाउने दबाब पर्यो । जसकारण नेपाली उद्योगले क्रमशः आफ्नो उत्पादन क्षमता बढाए ।
चिनियाँ लगानीको उद्योगले एकैपटक धेरै उत्पादन गर्ने र बजारमा सस्तोमा सिमेन्ट बेच्ने नीति लिए, ती उद्योगको सिमेन्टको मूल्य केही सस्तो पनि छ । यसरी किन्नेले पनि उनीहरूकै सिमेन्ट किन्न थाल्दा अन्य उद्योगलाई समस्या भएको उद्योगीहरू बताउँछन् ।
तर उत्पादन क्षमता बढ्दै जाँदा सिमेन्टको माग तथा खपत भने घट्दै गएको उद्योगीको भनाइ छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले कोरोना महामारीपछि क्रमशः सिमेन्टको माग कम हुँदै गएको जानकारी दिए ।
सरकारले नेपाली सिमेन्ट उद्योगलाई अगाडि बढाउनका लागि विदेशी लगानीका उद्योगलाई अब प्रवेश गर्न दिन नहुने समेत उनले बताए । उनले भने, ‘२ ठूला उद्योगका कारण पनि साना उद्योगलाई समस्या भएको छ, सरकारले विदेशी लगानी भित्र्याउँदा विचार गर्नुपर्छ, सकभर अब लगानी भित्र्याउनै हुँदैन,’ उनले भने ।
थरिथरिका करले समस्या भएको गुनासो
सिमेन्ट उद्योगीहरू सरकारले उद्योगमा लगाउँदै आएको विभिन्न करका कारण पनि बजारमा उपस्थिति सहज हुन नसकेको बताउँछन् । सरकारले आन्तरिक राजस्व तथा भन्सार शुल्क त उद्योगबाट लिँदै आएको छ, यसबाहेक पनि विभिन्न ठाउँमा चरणबद्ध तरिकाले कर असुल्दा यसको असर मूल्यमा पर्न गएको र बजारमूल्य महंगो पर्न गएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा बताउँछन् ।
२०४६ सालपछि सरकारले हरेक समय उद्योगबाट करको बोझ थप्ने गरेको गुनासो उनले गरे । ‘२०४६ सालपछि प्रत्येक उद्योग ग्रूम हुन लाग्यो भने निमोठ्ने काम सबैतिरबाट हुन्छ,’ उनले भने, ‘स्थानीयदेखि वन, भूमिसुधार लगायत जसले देख्यो, त्यसले कर लगाइदिन्छन् । यो कर तिर्दा विकास निर्माणको काम महंगो पर्न जाने कुरा उनीहरू ख्याल नै गर्दैनन् ।’
निकासीमा ‘ब्रेक थ्रू’
पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निकासी शुरू गरेको छ । शुक्रवारबाट उद्योगले रुपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको छ ।
बजेटमार्फत सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै सिमेन्ट निकासी शुरू भएको हो । उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ ।
दैनिक १ हजार ८०० टन क्लिंकर उत्पादन क्षमताको प्लान्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले जनाएको छ ।
बजेटमार्फत सिमेन्ट उद्योगीलाई सरकारले सम्बोधन गरेसँगै उद्योग सिमेन्ट निकासीमा अग्रसर हुन थालेका छन् । जसको शुरूआत पाल्पा सिमेन्ट उद्योगले गरेको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...