×

NMB BANK
NIC ASIA

नेपालमा कानून अध्ययन : निजी कलेजको लुट र राज्यको मौनता

साउन १०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • साकार कोइराला

नेपालमा हाल ८ वटा विश्वविद्यालयअन्तर्गत १६ वटा कलेज तथा क्याम्पसहरूले कानूनमा स्नातक तह (B.A.LL.B) र काठमाडौं विश्वविद्यालयले (BEc.LL.B and BBM.LL.B) अध्यापन गराउँदै आएका  छन् ।

Muktinath Bank

कानूनी शिक्षालाई आधुनिक विश्वको एउटा महत्त्वपूर्ण शिक्षाको रूपमा लिने गरिन्छ । पछिल्लो पुस्ताका विद्यार्थीहरूमा पनि  +2 पछि स्नातक तहमा कानूनको अध्ययन गर्न चाहनेहरूको सङ्ख्या बढ्दो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानूनसम्बन्धी ज्ञान हुनु कानूनका विद्यार्थीहरू मात्र नभएर सबै नागरिकको दायित्त्व तथा कर्तव्य  हो । कानूनको सिद्धान्तले पनि  कानूनको अज्ञानतालाई क्षमा गर्दैन ।


Advertisment
Nabil box
Kumari

सामाजिक, मानसिक, राजनैतिक, आर्थिक, धार्मिक जस्ता विभिन्न कुरासँग सम्बन्धित विकृति तथा विसंगतिहरूलाई नियन्त्रण तथा सन्तुलन गर्नका लागि कानूनी शिक्षा, कानूनका विद्यार्थी  र कानूनकर्मीहरूको महत्त्वपूर्ण योगदान रहन्छ । जब देशमा राजनैतिक संकट पर्छ, तब न्यायालय गुहारिन्छ । जब मानिसलाई न्यायको आवश्यकता पर्छ, त्यो समयमा कानूनसम्बन्धी ज्ञाताको खोजी हुन्छ ।

Vianet communication
Laxmi Bank

नेपालमा यस्ता जनशक्ति उत्पादन गर्न कानूनी शिक्षा दिने शिक्षण संस्थाहरूमा कानून अध्ययन त्यति सहज भने छैन । कक्षा १२ को परीक्षा  सकिएलगत्तै कानून अध्ययन गर्न चाहने विद्यार्थीहरू विभिन्न विश्व विद्यालयबाट सम्बन्धन प्राप्त 'ल कलेज'हरूमा पुग्ने गर्छन् ।

पूर्वाञ्चल विश्व विद्यालयअन्तर्गतको 'चक्रवर्ती हबी एजुकेसन एकेडेमी, कलेज अफ ल'ले हालै मात्र शुल्कमा अत्यधिक वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । गत वर्षसम्म कानूनको ५ वर्षे कक्षाका लागि ७ लाख १६ हजार शुल्क रहेकोमा अहिले त्यसलाई बढाएर १० लाख ७० हजार पुर्‍याइएको छ ।

यसैगरी मनोमानी ढंगले शुल्क वृद्धि गर्दै जाने हो भने कानून पढ्ने सपना बोकेर हिँडिरहेका हजारौं विद्यार्थीहरूमाथि अन्याय हुन जान्छ । उनीहरूका लागि कानून अध्ययनको ढोका नै बन्द हुन्छ ।

कानून अध्यापन गराउने क्याम्पस तथा कलेजहरूले मनोमानी ढंगले शुल्क वृद्धिमा प्रतिस्पर्धा गरिरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि विश्वविद्यालयले नै मापदण्ड बनाई निश्चित शुल्क तोकिदिनुपर्छ ।

अन्य देशको कुरा गर्ने हो भने कानूनी शिक्षा लिन विभिन्न कठीन परिक्षा पास गरेपछि मात्रै भर्ना पाइन्छ । कतिपय देशमा शुल्कको निर्धारण बारले नै गर्छ । नेपालमा पनि अब बारले शुल्कको विषयमा मात्रै नभएर समग्र कानूनी शिक्षा नियमनको पहलकदमी लिन आवश्यक छ ।

नेपालमा बीए. एलएलबी अध्यापन गराउनका लागि सम्बन्धनप्राप्त त्रिविका दुई क्याम्पस नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पसले मात्र बीए. एलएलबीका लागि फीको सिलिङ तोकेका छन् ।

हाल  नेपालमा कानून पढाइरहेका कलेज तथा क्याम्पसहरू,पढाई हुने विषय र तिनीहरूको शुल्क संरचना

(स्रोत इन्टरनेट, सम्बन्धित कलेजको वेबसाइट र विद्यार्थीहरू) :

१.त्रिभुवन विश्व विद्यालयअन्तर्गत

• नेपाल ल क्याम्पस (B.A.LL.B)

शुल्क : ३,५३,५१०

• नेसनल ल कलेज (B.A.LL.B)

शुल्क : ७,३४,०००

• पृथ्वी नारायण क्याम्पस (B.A.LL.B)

शुल्क : ३,५३,५१०

२. काठमाडौं विश्व विद्यालय (BEc.LL.B and BBM.LL.B ),

शुल्क : ९,१२,०००

३. पूर्वाञ्चल विश्व विद्यालय

• कलेज अफ ल

शुल्क : ३,००,०००

• काठमाडौं स्कूल अफ ल

शुल्क : १२,००,०००

• चक्रवर्ती हबी एजुकेसन एकेडमी कलेज अफ ल

शुल्क : १०,७०,००० (हालै बढाइएको शुल्क)

• ब्राइट भिजन ल कलेज

शुल्क : ५,५०,०००

४. मिड वेस्टर्न विश्व विद्यालय कलेज अफ ल

शुल्क : ३,५२,०००

५. सुदूरपश्चिमाञ्चल विश्व विद्यालय

• केन्द्रीय क्याम्पस महेन्द्रनगर

शुल्क : १,९३,०००

• कैलाली बहुमुखी क्याम्पस

शुल्क : १,९३,०००

• टीकापुर बहुमुखी क्याम्पस

शुल्क : १,९३,०००

६. गण्डकी विश्व विद्यालय

शुल्क - ४,६०,०००

उल्लेखित शुल्क संरचना अध्ययन गर्ने हो भने विभिन्न ल कलेजले आफूखुशी शुल्क लिइरहेको देखिन्छ ।

निश्चय नै प्राइभेट कलेजमा प्रशासनिक र अन्य खर्च सरकारी कलेजको भन्दा बढी हुन आउँछ, तर लिइरहेको शुल्क खर्चको तुलनामा निकै उच्च देखिन्छ ।

अरू विषय(इञ्जिनियरिङ, एम.बी.बी.स) जति नै कानूनी शिक्षालाई महत्त्व दिई शुल्क बढाउँदै लगिएको हो भन्ने तर्क गरिन्छ, तर यो तर्क आफैंमा विवादास्पद छ । शुल्क बढ्दैमा महत्त्व बढ्ने भन्ने हुँदैन, घट्छ बरु ।

यसरी निजी कलेजहरूले मनलाग्दी ढंगले लिइरहेको शुल्क निश्चित सीमाभित्र राखी नियमन गर्न राज्यकै ध्यान जानु आवश्यक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x