कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
साउन १३, २०७९
बजेट निर्माणको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले आज (शुक्रवार) आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदैछ ।
समितिले शुक्रवार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने र संसदमा प्रस्तुत गरेपछि मात्रै प्रतिवेदनमा उल्लेख भएका कुरा सार्वजनिक हुने समितिका सदस्य एवं माओवादी केन्द्रका नेता देव गुरूङले बताए ।
बिहीवार समितिको म्यादको अन्तिम दिन दिनभर समितिले यसबारे काम गरेको थियो ।
प्रतिवेदनमा सर्वसम्मति भयो वा भएन भन्ने प्रश्नमा गुरुङले भने, ‘मल्टी पार्टी डेमोक्रेसीमा जे हुनुपर्ने हो त्यही भयो ।’
गुरुङको अभिव्यक्ति अनुसार समितिका सदस्यहरूमध्ये बहुमत–अल्पमत भएर पूर्व अर्थमन्त्री माथिको छानबिनको काम टुंगो लागेको छ ।
समितिका रहेका नेकपा एमालेका सांसद सदस्यहरू समितिले तयार गरेको प्रतिवेदनमा सहमत नरहेका बुझिएको छ ।
बहुमतको निर्णय समितिको आधिकारिक हुने प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८१ मा व्यवस्था छ । समितिमा सत्तापक्षको बहुमत छ ।
समितिमा एमालेका प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसको तर्फबाट मानबहादुर विक र सीताराम मेहता, माओवादीको तर्फबाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् ।
नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । ज्येष्ठ सदस्य समेत रहेका कर्णले समिति सभापतिको रूपमा काम गरेका छन् ।
निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोपबारे समितिले एकप्रकारले ‘क्लीन चिट’ दिएको समितिका अर्का एक सदस्यले जानकारी दिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता भेटिएको भन्दै प्रतिपक्षी दलले संसदमा कुरा उठाएपछि असार २२ गते ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिलाई सहयोग पुर्याउन भन्दै जनार्दन शर्माले सोही दिन अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए ।
संसदीय समितिबाट ‘क्लीन चिट’ पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा दोहोर्याउन चाहेको स्रोतले बतायो । प्रेस सेन्टरका पूर्व पदाधिकारीसँग बिहीवार भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अर्थमन्त्रीमा जनार्दन आउने संकेत गरेका थिए ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...