×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको कुर्सीमा नजर

तेस्रोपटक सिंहदरबार छिर्ने मृगतृष्णा– चुनावलगत्तै प्रचण्ड प्रधानमन्त्री बन्न कति सम्भव ?

साउन १७, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उत्कर्षको ‘फाइनल इनिङ’ खेल्ने तारतम्य मिलाउन खोजिरहेका छन् ।

Muktinath Bank

आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि राजनीतिको ‘क्याप्टेन’ बनेर सिंहदरबारमा विराजमान हुने उनको अन्तर्निहित आकांक्षा प्रस्फुटित भइसकेको छ । विभिन्न मञ्चहरूबाट प्रचण्डको प्रधानमन्त्रीको कुर्सीप्रतिको आशक्ति अभिव्यक्त हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ जेठ १७ गते प्रधानमन्त्रीको कुर्सी कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेयता उनले खुमलटारबाट बालुवाटार सर्ने अनेक प्रयत्न गरे । एमाले र माओवादी केन्द्र मिलाएर नेपाल कम्युनिस्ट पार्टी बनाउँदा निर्वाचनपछिको सरकारको प्रधानमन्त्री आधा–आधा कार्यकाल बाँड्नुपर्ने गोप्य सम्झौता एमाले अध्यक्ष ओलीसँग गरेका थिए । 


Advertisment
Nabil box
Kumari

नेकपाभित्र आन्तरिक कलह चुलिँदै जाँदा प्रचण्डले आधा कार्यकाल प्रधानमन्त्रीको दाबी छाडेर पार्टी अध्यक्षमा आँखा लगाए । ओलीले कार्यकारी भूमिकाको दोस्रो अध्यक्षको निर्णय त गरिदिए तर काम भने दिएनन् । त्यसपछि ओलीसँग बिच्किएका प्रचण्डले केही समयअघि त्यागिदिएको प्रधानमन्त्री पदको बाँडचुँडको वाचामा थकथकी मान्दै सिंहदरबार यात्राको मार्ग खोज्न थालेका थिए । 

Vianet communication

त्यसबेला ओलीलाई पार्टी अध्यक्ष चलाउन दिने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा नेकपाका सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहमत भएका थिए । माधव नेपालले पनि त्यसबेला ओलीसँगबाट प्रधानमन्त्री पद खोसेर ल्याउन सकेको अवस्थामा आफूले प्रधानमन्त्री बन्न सहयोग गर्ने वचन प्रचण्डलाई दिएको नेपाल निकट नेताहरूले बताउने गरेका थिए ।

नेकपा विभाजनको एउटा कारण प्रधानमन्त्रीको कुर्सी पनि थियो । त्यतिबेलाका प्रधानमन्त्री तथा नेकपामा पहिलो अध्यक्ष केपी ओलीले भन्ने गरेका थिए, ‘यो कुर्सीमा मलाई बस्न दिइएन भने कोही पनि बस्न नपाउने गरी यसको खुट्टा भाँचिदिन्छु ।’ अन्ततः उनले २०७७ पुस ५ गते संसद विघटनको सिफारिस गरे ।

ओली प्रधानमन्त्री भएकै बेला प्रचण्डले चितवनमा पुगेर प्रधानमन्त्री बन्ने उद्घोष गरेका थिए । प्रधानमन्त्री पद प्राप्तिका लागि प्रचण्डको भगीरथ प्रयत्नले अझै सार्थकता पाइरहेको छैन । आगामी चुनावपछि जसरी हुन्छ प्रधानमन्त्री बन्ने उत्कट अभिलाषामा उनी चुर्लुम्म छन् ।

गत शनिवार उनले माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा भनेका छन्, ‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’ लास्ट इनिङको ‘म्यान अफ द म्याच’ बन्ने उनको चाहना त्यति सजिलै पूरा हुने सम्भावना भने देखिँदैन ।

२०६४ सालको चुनावमा माओवादी केन्द्र देशको सबैभन्दा ठूलो दल बनेको थियो । नेकपा एमालेसँगको गठबन्धन सरकारको प्रधानमन्त्री प्रचण्ड थिए ।

अर्थ, रक्षा, सञ्चार जस्ता महत्त्वपूर्ण मन्त्रालय माओवादी केन्द्रको भागमा थियो । त्यसबेलामा एमालेमै रहेका भए पनि प्रचण्डका विश्वासिला नेता वामदेव गौतमको नेतृत्वमा गृह मन्त्रालय थियो तर प्रचण्डको पहिलो कार्यकालको सरकार ९ महिनामै ढल्यो । प्रधानसेनापति प्रकरणमा उनले राजीनामा दिएर हिँडे । प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटुवाललाई हटाउन खोजेका थिए तर आफैं हट्नुपर्ने नैतिक बाध्यता आइलाग्यो ।

२०७३ सालमा दोस्रोपटक कांग्रेससँगको गठबन्धनमा उनी प्रधानमन्त्री बनेका थिए । पूर्व सहमति अनुसार १० महिना सरकार चलाएपछि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गरे । उनले फेरि कांग्रेसकै सहयोगमा सत्ताको नेतृत्व गर्ने रूचि व्यक्त गरिरहेका छन् ।

आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्नकै लागि उनले गत असारमा आकस्मिकरूपमा भारत भ्रमण गरेको आरोप प्रमुख प्रतिपक्ष एमालेले लगाउने गरेको छ । असार ३१ गते दिल्ली ओर्लिएका प्रचण्डले भारतीय नेताहरूलाई भेटेर प्रधानमन्त्री पद सुरक्षित गरेर आएको एमालेका नेताहरूको दाबी छ । प्रचण्ड भारतबाट फर्किएपछि एमालेको केन्द्रीय सचिवालयमा रहेका एक नेताले भनेका थिए, ‘प्रचण्ड आफ्नो भविष्य सुरक्षित गर्न भारत भ्रमणमा गएका थिए ।

आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्नकै लागि उनले गत असारमा आकस्मिकरूपमा भारत भ्रमण गरेको आरोप प्रमुख प्रतिपक्ष एमालेले लगाउने गरेको छ । असार ३१ गते दिल्ली ओर्लिएका प्रचण्डले भारतीय नेताहरूलाई भेटेर प्रधानमन्त्री पद सुरक्षित गरेर आएको एमालेका नेताहरूको दाबी छ ।

त्यहाँ उनले जो–जोसँग भेटे, उनीहरूसँग आगामी चुनावसम्म देउवाकै नेतृत्वको सरकार कायम राख्ने र चुनावपछिको आधा कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति गरेर आएका छन् ।’ एमालेको दाबीमा कत्तिको सत्यता छ, त्यो उनीहरूले नै जान्ने कुरा हो तर उनले भारत भ्रमणमा रहँदा नै चुनावपछिको प्रधानमन्त्रीको दाबी गर्दै मानिसहरूले ‘वेटिङ प्रधानमन्त्री’ भन्ने गरेको बताएका थिए ।

दिल्लीमा रहँदा कान्तिपुर दैनिकलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भनेका थिए, ‘हुन त म ‘वेटिङ प्रधानमन्त्री’ हुन थालेको धेरै वर्ष भइसक्यो । म वेटिङ, वेटिङ, वेटिङ, वेटिङ जस्तो भइराख्या छ । त्यो वेटिङ फेरि मेरो आफ्नै कारणले हो । मलाई चाहिएन भन्ने नै गर्‍या छु मैले । किनभने लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयनको वातावरण र जनताको आकांक्षाअनुसार विकास निर्माणको गतिविधि होस् भन्नेतिर मेरो ध्यान छ । मानिसले ‘वेटिङ प्रधानमन्त्री’ भन्छन् तर त्यसबारेमा मैले धेरै सोच्नुपर्ने ठानेको छैन ।’

त्यति मात्रै होइन, निर्वाचनपछिको प्रधानमन्त्रीको कार्यकालका सम्बन्धनमा पनि छलफल हुने उनले बताएका थिए । उनले भनेका थिए, ‘चुनावपछिको प्रधानमन्त्रीबारे अहिले चर्चा गरिएको छैन तर यो विषयमा पनि एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने मलाई विश्वास छ ।’

भारत भ्रमणबाट फर्केपछि प्रचण्डले सार्वजनिक मञ्चहरूमा प्रधानमन्त्रीको दाबीलाई दोहोर्‍याउने गरेका छन् । 

त्यति मात्रै होइन, आगामी चुनावपछि माओवादी केन्द्र दोस्रो ठूलो पार्टी बन्ने र त्यसका लागि कांग्रेसले पनि सघाउनुपर्ने बताउन थालेका छन् । चुनावपछि पहिलो पार्टी कांग्रेस हुने र दोस्रो चाहिँ माओवादी केन्द्र हुने उनको दाबी छ ।

गत शनिवार प्रचण्डले थप भनेका थिए, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली कांग्रेसका नेतासँग कुरा गर्दा भनेको छु, सायद पहिलो अहिले तपाईंहरू नै हुनुहुन्छ, त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो, त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

आगामी चुनावपछि माओवादी केन्द्रलाई दोस्रो दल बनाउन सके प्रधानमन्त्रीको कुर्सीसम्मको यात्रा थप सहज हुने ठानेको उनको अभिव्यक्तिबाट बुझिन्छ तर के कांग्रेसले माओवादी केन्द्रलाई दोस्रो दल बनाइदिन सहयोग गर्ला ? अथवा प्रचण्डकै दाबीमा चुनावपछि पहिलो बन्ने कांग्रेसले सजिलै प्रचण्डका लागि प्रधानमन्त्रीको कुर्सी छाडिदेला ? यी प्रश्नको उत्तर त्यति सजिलो छैन ।

कांग्रेसका उपसभापति धनराज गुरूङ भन्छन्, ‘चुनावमा तालमेल गरेर जाँदा आफू पनि जित्ने र आफूसँगै रहेको दलले पनि जितोस् भन्ने हुन्छ नै तर दोस्रो दल नै बनाइदिन्छौं भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ ?’ 

अभिव्यक्ति दिने क्रममा प्रचण्डको जिब्रो चिप्लिएको (टङ स्लिप) हुनसक्ने गुरूङ बताउँछन् । ‘उहाँजत्तिको नेताले त्यसो भन्नुभएन होला । भन्नुभएको भए पनि टङ स्लिप भयो होला,’ गुरूङले भने, ‘कुन दल कुन स्थानको हुने भन्ने जनताको मतमा भर पर्ने कुरा हो । प्रधानमन्त्री भइसक्नुभएको नेताले यत्ति कुरा त पक्कै बुझ्नुभएकै होला नि !’

हुन त प्रचण्डले चुनावमा सिट बाँडफाँटमा दबाब सिर्जना गर्नका लागि त्यस्तो अभिव्यक्ति दिएका पनि हुन सक्छन् । दोस्रो दल बन्न सक्ने गरी गठबन्धनभित्र माओवादी केन्द्रले सिट पाउनुपर्ने उनको दाबी हुनसक्छ । ‘सिट बाँडफाँट पनि त्यहाँको परिस्थिति, अवस्था हेरेर मात्रै हुन्छ । माओवादीलाई धेरै सिट दिने र धेरै सिटमै हार्ने अवस्था भयो भने के हुन्छ ?’ गुरूङले प्रश्न गरे । 

गठबन्धन गरेर चुनावमा जाने भएपछि प्रधानमन्त्री को, कसरी बन्ने भन्नेबारे सिट बाँडफाँटको बेलामा छलफल हुनसक्ने गुरूङ बताउँछन् तर चुनावपछिको प्रधानमन्त्री को हो भनेर अहिल्यै यकिन गर्न नसकिने उनको भनाइ छ । 

कांग्रेसका अर्का नेता डा. चन्द्र भण्डारी भने नेताहरूले वार्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने भएकाले उनीहरूको अभिव्यक्तिको विश्वास नहुने बताउँछन् । ‘जिम्मेवार नेताले यस्ता कुरा वार्तामा बस्दा भन्नुपर्ने हो, बाहिर बोल्ने होइन । उनीहरूको अभिव्यक्ति देश हितको लागि होइन । व्यक्तिगत लाभहानिमा केन्द्रित हुन्छ,’ भण्डारीले भने ।

प्रधानमन्त्री पद सुरक्षित गर्न प्रचण्डले कांग्रेसलाई दबाबमा राख्ने प्रयास गरेकै छन्, त्यससँगै उनले गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका दललाई पनि मिलाउने प्रयास गरिरहेका छन् । 

प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई एउटै मोर्चामा ल्याएर आफ्नो शक्ति बढाउन खोजिरहेका छन् ।

उनीहरूले शुरूमा समाजवादी केन्द्रको नाममा एउटै पार्टी बनाउनेबारे प्रारम्भिक छलफल गरेको भए पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई यसमा सहमत नभएकाले अहिले चुनावी मोर्चा मात्रै बनाउनेतर्फ उनीहरूको छलफल मोडिएको छ । पार्टी एकता संयोजन समिति बनाउने र एउटै घोषणापत्र लिएर चुनावमा जानेबारे छलफल भइरहेको प्रचण्डले बताएका छन् । यो पनि उनको प्रधानमन्त्री पदका लागि ‘बार्गेनिङ पावर’ बढाउने अर्को उपाय हो । 

प्रचण्डमा प्रधानमन्त्री पदको मृगतृष्णा हाबी भएको छ । मृगतृष्णा यस्तो तृष्णा हो, जो प्रायः सम्भव हुँदैन ।

आगामी चुनावले उनको यो तृष्णा पूरा गर्ला वा अर्को गन्तव्य देखाउला ? त्यसको स्पष्टताका लागि भने अझै केही समय पर्खिनुपर्ने छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x