मंसिर ४, २०८०
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपालले महेन्द्रनगर जानका लागि बसको टिकट काट्यो । बस सुन्धाराबाट छुट्थ्यो बिहान ४ बजे नै । अन्यथा बेलुका भैरहवा पुग्न सकिँदैन्थ्यो, कारण उसलाई पोखरा, स्याङ्जा र पाल्पाको चक्कर लगाउँदै अघि बढ्नुपर्ने हुन्थ्यो ।
माघको महिना काठमाडौंको हुस्सुमा बिहान ४ बजेको समय किन खपिसक्नुहुन्थ्यो र ? जताततै चकमन्न, चुक घोप्ट्याएभन्दा बढी निस्पट्ट । कतैकतै सुनिने गाडीको ट्यारटुरले मात्र कसैको उपस्थिति जनाउँथ्यो ।
जब बसले गति लिने प्रयास गर्न थाल्यो सुन्धारा परिसरको निस्पट्ट अन्धकार चिर्दै रुवावासी चल्न थाल्यो । कारण के परेको थियो भने गोपालसँगै अर्का १ जना खरदार सा’प पनि जाँदै थिए, जो ऊसँगै पास भएका थिए पुनर्वास विभागको खरिदारमा । मात्र फरक उनको पोस्टिङ लुम्बिनी अञ्चल क्षेत्रीय बसोबास कार्यालय बुटवलमा भएको थियो, गोपालको महाकाली अञ्चल क्षेत्रीय बसोबास कार्यालय महेन्द्रनगरमा ।
उनी काठमाडौंका रैथाने सज्जन थिए बाहिर कहिल्यै ननिस्केका । त्यसमाथि भर्खर विवाहित श्रीमतीलाई छाडेर जानुपरेको रहेछ । उसै त कुन कानमा सुनको उखान चरितार्थ हुन आइतवार कुर्नुपरेन । उनीहरू एकअर्कोलाई अँगालो हालेर यसरी रुन थाले कि उतिबेलाका दुलही अनमाउनुभन्दा गाह्रो पर्यो छुटाउन ।
एकपट्टि फर्केर श्रीमती डाँको छाडिरहेकी थिइन्, अर्कोतिर फर्केर उनी । बस छुट्न लागिसक्यो अँगालो फुस्क्या होइन ! अति भएपछि उनकी आमाले बुहारीलाई तानेर एकातिर लगिन्, बुवाले उनलाई तानेर बसमा चढाए । जाँदाजाँदै उनले पनि आँसु झार्दै भन्न भ्याए –
‘भाइ ! बाबु सानै छ, अल्लारे, बस्ने व्यवस्था मिलाएर मात्र जानु है !’े
गोपालले सान्त्वना दिँदै भन्यो –
‘हस बुवा चिन्तै लिनुपर्दैन ।’
यति भनेर ऊ साथीलाई सुम्सुम्याउन लाग्यो । बुवा आँसु झार्दै बसबाट झरे । बसले ठ्यास्स अधोवायु छाड्दै गति लियो तर उनीहरूका रुवाबासी भने अझै रोकिएको थिएन । गोपालले झ्यालबाट हेर्न खोज्यो तर निस्पट्ट अन्धकारले केही देखिएन ।
बस आफ्नै तालमा हुइँकिरह्यो, साथीले नौबिसे नकटुन्जेल टाउको उठाएनन् । बस नागबेली गरी दायाँबायाँका दृश्यलाई पछि पार्दै अघि बढिरह्यो । उनी आफ्नै श्रीमतीकै सम्झनामा हराइरहे । गोपाललाई पनि के लागेछ कुन्नि सायद वेदना थप विरेचन होस् भन्ने ठानेर हो कि बोलाउन उचित ठानेन । कतिपय मानिस रुनु हुँदैन भन्छन्, झन् पुरुष जातिको त रुने अधिकारै खोसिदिएको छ समाजले तर कुरा त्यसो होइन ।
रोदन र हाँसो प्राकृतिक नियम हो । स्वस्थ जीवनका लागि रोदन पनि चाहिन्छ, हाँसो पनि चाहिन्छ । हाँसोले अघि बढ्ने उत्साह दिन्छ, ऊर्जा दिन्छ । रोदनले मनको वेदना पखालेर हल्का बनाउँछ । सायद गोपालका साथीलाई पनि त्यस्तै भएछ क्यारे बिस्तारै टाउको उठाउन थाले मलेखुतिर पुगेपछि ।
बस मुग्लिन पुगेर चिया खान रोकियो । त्यतिबेलासम्म उनको वेदना पनि सकिएको रहेछ क्यारे ! आफैंले मुख खोले, चिया खाने होइन भन्दै । गोपाल त यसै पनि खाने मूडमै थियो ।
चिया खाएपछि बसले पुनः गति समात्यो । करीब मध्याह्न १२ बजेतिर पोखरा पुगेर रोकियो खानाका लागि । आधा घण्टामा खानापानको काम सकेर बस अघि बढ्यो । बाटामा उनीहरूबीच केही घरायसी कुरा पनि भए, केही आगामी दिनका योजनाबारे पनि । बस करीब ५ बजेतिर बुटवल पुगेर रोकियो । यद्यपि उसको गन्तव्य भैरहवा थियो, गोपालको टिकट पनि भैरहवासम्मकै थियो तर साथीका निम्ति ऊ पनि बुटबलमै झरेर त्यो रात त्यतै होटलमा बास बस्यो । भोलिपल्ट बिहान साथीलाई कार्यालयको जिम्मामा छाडी भैरहवातिर सोझियो ।
११ बजेतिर हुनुपर्छ सुनौली पुगेर वनवासका लागि रेलको टिकट काट्यो गोपालले । त्यतिबेला महाकाली अञ्चलको महेन्द्रनगर जान भारतको बाटो समाउनुपर्ने हुन्थ्यो । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड नै पूरा भएको थिएन भने उताको कुरा त यसै पनि परको हुने नै भयो । सुनौलीबाट बढ्नी, बहराइच, गोन्डा आसपासका लागि छोटीलाइन प्यासेन्जर रेल चल्थ्यो । नेपालीलाई दृष्टिगत गरेर भारत सरकारले थापेको त्यो रेलको च्याँखेमा पर्ने अधिकांश नेपाली नै हुन्थे । कृष्णनगरदेखि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जाने नेपालीले नचाहेर पनि सोही च्याँखेमा अल्झिनुपथ्र्यो, जसमा केही यतातिरबाट जाने यात्री पर्थे, केही कामका खातिर भारतीय बजार धाउने नेपाली पर्थे ।
झण्डै २ दिन लगाएर रेल उत्तराखण्डको मैलानी पुगेर रोकियो । त्यहाँबाट महेन्द्रनगरतर्फ जाने यात्रीले लखनउतिरबाट आउने रेल समाउनुपर्ने हुन्थ्यो । सोही अनुसार गोपालले टनकपुर जाने रेल समात्यो, जसले बेलुका ४ बजेतिर वनवासा पुर्याएर झारिदियो । वनवासाबाट अंग्रेजका पालामा बनेको महाकाली बाँध (भारतीय शब्दमा शारदा ब्यारेज) सम्म पुग्न टाँगा समाउनुपर्ने हुन्थ्यो त्यतिबेला । अहिले विद्युतीय रिक्सा चल्छन् । बाँध पार गरी गोपाल गड्डाचौकीतिर लाग्यो पैदल हिँडेर, भारत सरकारले निगाहमा दिएको महाकालीको पानी ल्याउने सानो कुलो जस्तो नहरको डिलैडिल । गड्डाचौकीबाट महेन्द्रनगरका लागि रिक्सा चल्दो रहेछ । त्यसैले भन्सारमा झिटीगुन्टा चेक गराई रिक्सामा महेन्द्रनगरतिर लाग्यो ।
रिक्साले १ घण्टा जतिमा सुखासाल, वनगाउँ हुँदै साँझ महेन्द्रनगर बजारमा पुर्याइदियो । अँध्यारो भइसकेकाले गोपालले त्यतै बास बस्ने निधो गरी एउटा होटलमा छिर्यो । अछामतिरका कुँवर थरीको होटल रहेछ । साथमा झिटीगुन्टा देखेर होटल मालिकले सोधे –
‘टाढैबाट आउनुभया देख्या हुँ, काँ सम्म कि यात्रा हुन् नि तमरा ?’
‘ठीकै अनुमान लगाउनुभयो,’ गोपालले अन्कनाउँदै भन्यो, ‘काठमाडौंबाट आएको हुँ ।’
‘आउनुपन्र्या कारण क्या पर्या हुन् पुईं ?’
‘छ ठूलै कारण,’ गोपालले परिचय दिँदै भन्यो, ‘बसोबास कार्यालयको खरिदार हुँ, सरुवा भएर आएको ।’
होटल मालिक निकै सज्जन रहेछन् । यसो त अपवादमा कोही भए छुट्टै कुरा होइन भने त्यताका मानिस सबै सज्जन र सहयोगी नै देखिन्थे । त्यसमाथि बसोबास कार्यालयको खरिदार भनेपछि उनको व्यवहार थप नरम भयो । कारण महेन्द्रनगर बजारका साहुहरू प्रायः सबैका गाउँमा प्रशस्तै ऐलानी जग्गा हुने गर्थे । कसैका आफ्नै परिवार बस्थे भने कसैले खेतीपातीका लागि नोकर–चाकर राख्ने गर्थे । बसोबास कार्यालयको काम त्यस्तै ऐलानी जग्गामा बस्नेहरूको लगत संकलन गरी अवस्था अनुसार नापीनक्सा गराएर जग्गाधनी पूर्जा दिनुपर्ने थियो । त्यसैले हुनुपर्छ बसोबासका कर्मचारी भन्ने बित्तिकै उनीहरूलाई हेर्ने दृष्टिकोण अर्कै हुने गरेको पायो गोपालले ।
रात अबेरसम्म उनी सँगै बसेर कुराकानी गरिरहे । गोपालले कतिमा सहमति जनायो, कतिमा जिज्ञासा राख्यो । बिहान उज्यालो हुनासाथ १ कप चिया खुवाएर होटलकै कर्मचारीलाई झिटीगुन्टा बोक्न लगाई बसोबास अफिससम्म पुर्याएर आउने आदेश दिए ।
बिहानैको समय भएकाले अफिस खुलेको थिएन । हाकिम सा’प विराटनगरतिरका गोपालप्रसाद ओझा रहेछन्, जो कार्यालयकै माथि बसेका थिए । गोपालले पहिले उनैलाई भेट्ने निधो गरी माथि उक्लियो । हाकिम सा’प मिजासकै रहेछन् । एकैछिनको कुराकानीपछि उनले अर्को व्यवस्था नभएसम्म कार्यालयकै एउटा कोठामा बस्ने अनुमति प्रदान गर्दै भान्छा शाखामा काम गर्ने कार्यालय सहयोगीलाई देखाउन पठाए ।
कोठामा सिन्धुपाल्चोकका न्यौपाने थरका अर्का खरिदार सा’प पनि बस्दा रहेछन् । उनी पनि बेसै लागे गोपाललाई । उनैले महिनावारी रकम तिरेर खाने होटलको परिचय गराए केही पर लगेर । बर्माबाट आएका शर्मा थरका सञ्चालकले खोलेको भाते होटल रहेछ त्यो । शर्मेली होटल भनेपछि त्यस क्षेत्रका राम्रै नाम चलेको । खाना राम्रो भएर हो कि सस्तो भएर हो प्रायः महिनावारी रूपमा खाने कर्मचारी त्यहीँ जाँदा रहेछन् ।
खाना खाएपछि गोपाल पनि अफिस गयो उनकै साथ लागेर । कार्यालयमा लुम्बिनीतिर पौडेल थरी सुब्बा सा’प रहेछन् । उनैले हाजिरीको व्यवस्था मिलाई तत्कालका लागि दर्ताचलानी शाखामा खटाए । अफिस छुटेपछि गोपाल डोरीको खाँट र ओढ्ने ओछ्याउने व्यवस्था गर्न बजारतिर लागे । एकजोर जुत्ता र रेडिमेड सर्ट–पाइन्टको जोहो पनि तत्कालै गरे उनले । किनकि पुरानो च्यातिएर लगाउनै नहुने भइसकेको थियो ।
त्यसपछि खरदार सा’प बनी ठाँटिएर बस्न लागे गोपाल । २०३७ सालतिरको कुरा जस्तो लाग्छ यो । त्यसयता ऊ कहाँ–कहाँ पुग्यो र के–के गर्यो उनी नै जानून् तर यसले भने पछ्याउन छाडेको छैन ।
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...