×

NMB BANK
NIC ASIA

पूरा भएन प्रधानमन्त्रीको निर्देशन, काठमाडौंका सडकको अवस्था झन् बेहाल !

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं १५ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानी काठमाडौं उपत्यकाका सडकका खाल्डा पुर्न दिएको १५ दिनको समयसीमा आइतवार सकिँदै छ । प्रधानमन्त्रीले दिएकोे समयसीमा सकिनै लाग्दा सडकका खाल्डाको समस्या भने उस्तै छ ।

प्रधामनन्त्रीले दिएको निर्देशनको समयसीमा सकिनै लाग्दा अहिलेसम्म वानेश्वर–पुरानोवानेश्वर, गौशाला–चावहिल, चुच्चेपाटी–बौद्ध, जोरपाटी–नारायण गोपालचोक, गोल्फुटार–सामाखुशी–बसपार्क, बालाजु–नारायण गोपालचोक, लाजिम्पाट–लैनचौर, सुन्धारा–त्रिपुरेश्वर–टेकुलगायत क्षेत्रमा मात्रै कार्य सकिएको छ ।

केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध, महाराजगन्ज–बुढालिकण्ठ, तीनकुने–बानेश्वर, रातोपुल–गौशाला, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चावहिल–गोपिकृष्ण, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, हात्तिसार–गौशाला, रातोपुल–गौशाला, जयवागेश्वरी–कालोपुल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टेलगातय सडकका खाल्डा पुर्न बाँकी रहेको सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले जानकारी दिए ।

पुरीएका स्थानमा पनि खाल्डा पुर्दा रोलर प्रयोग नगरिएकाले ग्राभेल उप्किएर सवारी आवागमनमा झनै समस्या देखिएको छ । सडकका खाल्डा पुर्ने कार्यमा हेलचेक्र्याई गरिएको बौद्धका स्थानीय व्यपारी मधुसुदन बस्नेतले बताए ।

‘घाम लाग्दा सडक धुलाम्मे हुन्छ, पानी पर्दा हिलाम्मे हुन्छ, प्रधानमन्त्रीले खाल्डो पुर्न निर्देशन दिएको सुनेको थिए तर काम भएको छैन’ बस्नेतले लोकान्तरसँग भने ।

निर्देशक सापकोटाले भने सडकको खाल्टो पुर्ने कार्य तिब्र गतीमा भईरहेको दाबी गरे । ‘२१ वटा सडक खण्डमा नै खाल्टो पुर्ने कार्य भईरहेको छ । सडक विभागले गर्ने काम गरिरहेको छ तर अहिले खाल्डा पुर्ने काममा सबैभन्दा अवरोध ढल र खानेपानीका पाइप फुट्नु हो’ उनले लोकान्तरसंग भने ।

वर्षाका कारण पनि काम गर्न समस्या भएको उनको भनाइ छ । काठमाडौंमा स्कुले बालबालिकालाई ढलले बगाएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई सडकका खाल्डा पुर्न १५ दिनको समय दिएका थिए ।
खाल्डा पुर्नको लागि आवस्यक सामाग्री र कामदारको अभाव भएको सापकोटाले बताए ।

प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको नेतृत्वमा काम सुरु भएको थियो ।

खाल्डा पुरिएको ठाउमा कसमल सामग्रीको प्रयोग गरिएका कारण अबस्था उस्तै भएको स्थानीयले बताएका छन् । मेलम्ची खानेपानीको पाइप विच्छाउन खनिएको सडकमा गरिएको कालोपत्रे अधिकाशं स्थानमा उक्किएर सडकमा समस्या देखिएको सरोकारवाला निकायका अधिकारीहरु बताउँछन् । कतिपय स्थानमा असार मसान्तमा गरिएको कालोपत्रे उप्किसकेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x