×

NMB BANK
NIC ASIA

साम्राज्य निर्माण (कविता)

भदौ १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

लक्ष्मण मानव 

Muktinath Bank

कुल जोगाउने 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पितृ तार्ने 


Advertisment
Nabil box
Kumari

अंश खाने

Vianet communication
Laxmi Bank

आफ्नी श्रीमतीको सिन्दुर सँगै उसको नियति 

मेरै अधिनमा राखेको 

म 

म एक छोरो मान्छे ।

म छोरो मान्छे 

जसले ,

मजाले हाँस्न सक्छु खित्का छोडेर

यसरी किन हाँसेको भनेर को भन्छ ?

सभा ,समारोह ,घर सल्लाहमा कुरा राख्दा

"भाले धेरै बासेको सुहाउँदैन "

भनेर कसैले भन्दैनन

मैले कैयन न भएका सम्बन्धहरूका

कृतिम कहानी बनाएर 

छाँती फुलाउँदै भन्दै गर्दा 

साथीहररूबाट तारिफ खाने

म एक छोरा मान्छे ।

मैले यी सारा कथाहरू नलेखेको भए

अथवा 

भनौ,

 पतिको खातिर आफ्नो पवित्रताको 

परीक्षा दिने सीताको कथा नलेखेको भए

रुक्मिणीको त्याग ,राधाको प्रेम नलेखेको भए

स्वस्थानिकी गोमाको कथा नलेखेको भए

पतिले छोराको गर्धन छिनाउँदा ,

सहन सक्ने श्रीमती

 "पार्वती"को कथा झन नलेखेको भए

            र,

यदि नलेखेको भए मनुस्मृती 

मेरो यत्रो साम्राज्य कसरी  बन्थ्यो ?

हरेक राजकुमारीले आफ्नो दाइ ,भाइलाई नै किन स्वीकारिन राजा?

किन भन्न सकिनन म चलाउँछु देश ?

हरेक महिला आफ्नो पतिको खुट्टाको  जल पिउनु 

किन सौभाग्य ठान्छन होला?

र नयाँ कुरा गर्ने हो भने 

अपरिचित युवा युवती भेट हुँदा

युवकले सहजै तिमी 

र युवतीको मुखबाट स्वस्फूर्त तपाईँ 

किन निस्किन्छ होला ?

सदियौँ देखि 

घरको मालिक

गोठको मालिक

खेतको मालिक

गाउँको प्रधान 

देशको प्रधान

न्यायलयको प्रधान 

बनेर हैकम गरिरहेको

म छोरा मान्छे।

यसरी मेरो यो साम्राज्य 

मैले मेरा साना दु:खले आर्ज्याको होइन 

यहाँ त्याग छ ,पसिना छ ,समय छ ,३३कोटि   ,यसु ख्रीस्ट ,अल्लाह  जस्ता पात्र छन् 

र, 

सबै भन्दा ठूलो कुरा धोका छ ।।

बाँके

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x