×

NMB BANK
NIC ASIA

बसोबासको खरिदार बनेपछि गोपालको जीवनचर्या फेरियो । पद सानै भए पनि मान थियो, सम्मान थियो, पैसाको पनि खासै कमी थिएन । 

Muktinath Bank

बस्नका लागि अफिसको कोठा थियो, खानका लागि शर्मेली होटल । १०० रुपैयाँमै पूरा महिना खुवाउँथ्यो २ छाक । अन्य सामान पनि सस्तै पाइन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिबेला खरिदारको मासिक तलब २५५ रुपैयाँ थियो । त्यसमा शतप्रतिशत फिल्ड भत्ता र ५० प्रतिशत दुर्गम भत्ता गरी झण्डै ७०० रुपैयाँ पाइन्थ्यो महिनाको । जबकि त्यतिबेला शाखा अधिकृतकै तलब मासिक ७०० भन्दा बढी थिएन । बाहिरफेर निस्कन भ्याएको हुन्नथ्यो भने खरसाप भन्दै नमस्कार गर्न आइपुग्थे स्थानीय जनता । कोही ‘काँसम्म हिँड्या साप’ भन्थे, कोही ‘केई काम भयाले भण सा’प हम गरिदिनौं’ भन्न पुगिरहेका हुन्थे । 


Advertisment
Nabil box
Kumari

खर्च कटाएर पहिलो महिनाको तलब साथीभाइसँग लिएको सापटी तिर्न छुट्यायो । किनकि उनीहरूसँग सापटी माग्दामाग्दै हत्तु भइसकेको थियो विगतमा । कतिले खुुला मनले दिन्थे, कतिले गाह्रो मानेर दिने गर्थे । कति बहाना बनाएर टार्ने गर्थे । देख्नासाथ टाउको लुकाउने पनि नभएका होइनन्, जसलाई उसकै आँखाले देखेको थियो । १ दिन आफ्नै सगोत्री भाइले समेत त्यस्तै गरे । 

Vianet communication
Laxmi Bank

त्रिचन्द्र मिलिटरी अस्पतालमा जागिर खान्थे उनी । कतै जाँदै थियो अस्पतालको आँगनमै देखिए तर के भएछ कुन्नि उसलाई देख्नासाथ गारोको छेल पर्न पुगे । उनका स्थानमा उनी पनि सही थिए । कति दिन दिने । १ दिन होइन, २ दिन होइन । कुकुरलाई मासु पैंचो दिए जस्तो, लगेपछि फर्काउन जानेको होइन तर गोपाललाई भने साह्रै नरमाइलो लागेको थियो । त्यसैले पैसा हुनासाथ पहिले तिनै सापटी तिर्ने प्रतीज्ञा गरेको थियो ।  
 
दोस्रो महिनाको तलब भेडासिंहस्थित नेपाल बैंकमा राखेको सुनको गहना निखन्नलाई छुट्यायो, जुन गाउँकै एक सहृदयी घले काकाले दिएका थिए । माग त उसको नगद नै थियो । उनी पेन्सनवाला, छोराहरू बहालवाला इन्डियन लाहुरे, पक्कै पैसा हुनुपर्छ भन्ने ठानेर मागेको थियो तर तत्काल उनीसँग पनि रहेनछ क्यारे ! शुरूमा त ‘क्यान चाहियो पैसा काठा तमलाई’ भन्दै टार्न खोजे तर गोपालको रामकहानी सुनिसकेपछि ‘पैसा त छ्यान बज्ज्या ! सुनले हुन्या हो भने काम चलाउन सक्न्या छौ’ भन्दै एक जोर किलिप दिएर पठाएका थिए । त्यस गहनालाई जसरी पनि निखन्नैपर्ने भएको थियो उसलाई । अन्यथा पिता समान घले काकाको मन दुख्ने मात्र होइन, त्यत्तिकै मरियो भने नरक परिन्छ भन्ने डर समेत थियो । त्यसैले दोस्रो महिनाको तलब त्यसैका लागि छुट्याएको हो ।

वेत्रावती हाइस्कूलका तत्कालीन हेड सर चित्रप्रसाद सुवेदीको ऋण चुक्ता गर्ने अवसर भने पछिसम्म पनि पाएको थिएन । कारण उनी कहाँ छन् भन्ने नै थाहा पाउन सकेन । एकाध पटक वेत्रावती हाइस्कूलमै सम्पर्क गर्ने प्रयास पनि नगरेको होइन तर छाडेर गइसक्नुभयो भन्ने जवाफबाहेक हात केही लागेन । विचराले जागिरको खोजीमा हिँड्दा ७ दिनसम्म होटलमा पालेका थिए धुञ्चेमा । पछि उनै बालदोस्ती राममणि दुवाडीको सहयोगमा त्यसबाट पनि उऋण हुने अवसर पायो । दुवाडीजीको त्यस गुनलाई पछिसम्म पनि बिर्सन सकेको थिएन उसले ।

तेस्रो महिनाको तलबले आफूलाई चाहिने जुत्ता, कपडा र घरायसी सामान किन्यो । थप २ महिना के बितेको थियो घरबाट पिताजी बित्नुभएको खबर आयो आकाशवाणीमार्फत् । तत्कालै हिँडेको गोपाल घर पुग्दा पिताजीले छाड्नुभएको ९ दिन भइसकेको रहेछ । गुरु पुरोहितहरूका सल्लाहअनुसार सोही साँझ झुपो खल्को गरी दाजुभाइसँग मिसियो, जो कोरा बारेर बसेका थिए । यसरी खर्च कटाएर बाँकी रहेको २ महिनाको तलब पित्रयुद्वार यज्ञको पवित्र कार्यमा खर्चियो र काम सकिएको भोलिपल्टै कार्यक्षेत्रमा फर्कियो । 

शुरूमा ६ महिनाका लागि भनेर गएको थियो महेन्द्रनगर ऊ । कारण असार मसान्तसम्म मात्र बसोबास अफिसको म्याद थियो तर साउन लागेपछि पुनः ५ वर्षका लागि अफिसको म्याद थपिएकाले उसको पनि म्याद सँगै थपियो ५ वर्षका लागि । यस बीचमा उसले वनारसबाट शास्त्री पास गर्‍यो । उत्तर मध्यमा पास गरेर जागिरतर्फ लागेको थियो । बीचमा १ वर्ष जागिरको खोजीमा लाग्नुपरेकाले पढाइमा ध्यान दिन भ्याएको थिएन । त्यसैले समय पाउनासाथ नेपाली संस्कृत महाविद्यालय मंगलागौरी वाराणसीका उपाचार्य काशीराज सुवेदीसँग सम्पर्क गरी फाराम भर्ने विचार गर्‍यो । उसको विचारलाई सुवेदी गुरुले तत्कालै सहर्ष अनुमोदन मात्र गर्नुभएन, फारम लगाउनेदेखि परीक्षा शुरू हुने मितिको जानकारी समेत गराएर ठूलो गुन लगाउनुभयो । यसरी २ वर्षमा द्वितीय श्रेणीमा शास्त्री परीक्षा पास गर्ने काम गर्‍यो ।   

शास्त्री पास गरेपछि लोक सेवातिर पनि ध्यान दिन थाल्यो । नायब सुब्बादेखि शाखा अधिकृतसम्म लोक सेवा आयोगको होस् वा सार्वजनिक संस्थाको खुलेको जति कुनै पनि पद बाँकी राखेन उसले जाँच दिन । एकताका उसको जीवनचर्या नै परीक्षामय बनेको थियो भन्दा हुन्छ । लिखित परीक्षा त जेनतेन पास गथ्र्यो तर अन्तर्वार्ता भने बिग्रन्थ्यो । यसका लागि दिपायल पनि पुगेकै हो, सुर्खेत पनि पुगेकै हो ।

शाखा अधिकृतका लागि भने काठमाडौंसम्म धाउनुपरेको थियो तर जहाँ पनि हात लागि शून्य नै हुन्थ्यो । नायब सुब्बामा ३ पटकसम्म र शाखा अधिकृतमा २ पटकसम्म वैकल्पिक उम्मेदवारमा सिफारिस भएको पनि हो तर नियुक्ति पाउने पाउन सकेन । नायब सुब्बामा महेन्द्रनगर लोक सेवा आयोग, खप्तड राष्ट्रिय निकुञ्ज लगायत थिए भने शाखा अधिकृतमा एउटा पुरातत्व विभागको अधिकृत तृतीय श्रेणी संस्कृत विशेषज्ञ र अर्को सार्वजनिक संस्थानको प्रशासन अधिकृतका पद थिए । 

एकपटक राष्ट्र बैंकको अधिकृत पदमा समेत भिड्न पुगेका थिए । सँगै जाँच दिने मित्रद्वय राममणि दुवाडी र सापकोटा थरका अर्का व्यक्तिले एकै पटकमा नाम निकाल्नुुभयो तर गोपालको बिग्रियो । राष्ट्र बैंक जस्तो दह्रो हिसाबकिताब राख्नुपर्ने संस्थामा संस्कृत पढेको वनारसी केटोको बिग्रनु स्वाभाविकै थियो । उसले शुरूमै सोच्नुपथ्र्यो, यो पद आफू अनुकूल छैन भनेर । तैपनि हिम्मत हो, गर्‍यो । त्यसलाई भने मान्नैपर्छ जस्तो लाग्छ । 

राममणि दुवाडी लोक सेवा आयोगको शाखा अधिकृत पदमा पहिलो नम्बरमा नाम निस्केकाले ५–७ महिनापछि नै राष्ट्र बैंक छाडेर अर्थ मन्त्रालयतिर लाग्नुभयो । मित्र सापकोटाले भने राष्ट्र बैंकको जागिरबाट अनिवार्य अवकाश लिनुभयो तर गोपालको भने के भयो अहिलेसम्म पत्तो छैन । 

केही वर्षअघि एउटा छोटो भेटमा अँध्यारो अनुहार लगाउँदै भनेका थिए –

‘मित्र ! बसोबासको अस्थायी जागिर कुनै पनि बेला टुट्नसक्छ । लोक सेवा पास गरी साथीहरूले जस्तै सरकारी हाकिम बनेर देशको सेवा गर्ने धोको थियो त्यो त नियतिले जुराएन नै, बसोबासकै जागिर पनि कति बेला छुट्ने हो यसै भन्न सकिने अवस्था छैन । ५ वर्षका लागि थपिएको म्याद गत वर्ष नै भुक्तान भइसकेको छ । त्यतिबेलै बन्द हुन्छ भन्ने हल्ला थियो । खै किन हो १ वर्षका लागि थपिएर आयो । अब पनि त्यस्तै खण्डखातिर परे छुट्टै कुरा होइन भने नथपिने निश्चित छ । विवाह गरी घरजम गरिसकेको छु, एउटी बच्ची समेत भइसकेकी छन् । त्यसैले तत्कालै कुनै सानोतिनो स्थायी जागिर नखोजी भएको छैन ।’

यति भनेर छुट्टिएका थिए पछि के भयो थाहा छैन । सोधखोज गर्दैछु । कुनै दिन पत्ता लागेछ भने लिएर आउनेछु । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x