×

NMB BANK
NIC ASIA

मुलुकको बदलिएको संरचनाले बदल्न सकेन जनताको अवस्था

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • रबी भुषण साह  

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिँदै दलीय संगठनभित्र भेला, प्रशिक्षण र उम्मेदवारी चयन गरी मनोयन दर्ता गर्ने प्रक्रिया शुरू गरिसकेका छन् ।

Muktinath Bank

यसपटकको निर्वाचन मुलुकको नयाँ संविधान कार्यान्वयनमा आएपछिको दोस्रो निर्वाचन हो । यसअघि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आगामी ५ वर्षका लागि जनप्रतिनिधिहरू बहाली भइसकेका छन् । यो निर्वाचन आवधिक निर्वाचन पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत शर्त र चरित्र हो । निर्वाचनरहित लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । यसले लोकतन्त्र र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुका साथै विश्वसनीय र संस्थागत बनाउँछ । निर्वाचनबाट व्यवस्थामा भएका कमी–कमजोरीमा सुधार हुनुका साथै जनताका मौलिक हक–अधिकार कार्यान्वयन सहज हुन्छ । लोकप्रिय नेतृत्वलाई स्थापित गराउने र गलत नेतृत्वलाई पाखा लगाउने निर्वाचनबाटै हो ।


Advertisment
Nabil box
Kumari

मुलुकमा २०७० सालको निर्वाचित दोस्रो संविधान सभाबाट २०७२ असोज १ गते मुलुकले नयाँ संविधान पायो । आम नागरिकको इच्छा, आकांक्षा र अपेक्षा पनि तीनै तहको सरकारसँग उत्तिकै बढ्यो तर मूल प्रश्न सबैमा थियो – संघीयता कार्यान्वयन हुन्छ कि हुँदैन ? २०७४ सालको आमनिर्वाचनले संघीयता कार्यान्वयनको दिशामा लाँदै गयो र तत्पश्चात जनतामा स्थानीय र प्रदेश सरकारसँगको इच्छा, आकांक्षा बढ्दै गयो र नागरिकको राजनीतिक चेतनाको स्तर पनि वृद्धि भएको छ तर हाम्रो प्रवृत्ति, व्यवहार र बानीमा परिवर्तन नआउँदा समग्र देश र नागरिकको आर्थिक अवस्थामा परिवर्तन आउन सकेको छैन । अहिले केही अपवादलाई छाड्ने हो भने स्थानीय तहको शासन प्रशासनमा उल्लेखनीय रूपान्तरण भएको छैन ।

Vianet communication
Laxmi Bank

‘गाउँगाउँमा सिंहदरबार’ भने मूल नारालाई बुझ्दा स्थानीय तह भनेको राज्यको सेवा प्रत्यक्ष रूपमा नागरिकसमक्ष प्रवाहित हुने संयन्त्र हो । त्यसैले जनताले पाउने दैनिक प्रशासनिक सेवा नै स्थानीय तहको क्षेत्राधिकार हो । यसका अलावा स्थानीयस्तरमा हुने विकास निर्माण, आर्थिक, सामाजिक तथा संस्थागत विकास र सुशासनको प्रत्याभूति नै स्थानीय रूपमा प्रवाहित हुने सेवा हो ।

तर स्थानीय तहबाट यी सेवाहरू प्रवाहित हुँदा फरकपनको खासै अनुभूति भएको देखिँदैन । अर्थात् नयाँ बहाली भएका जनप्रतिनिधिले पनि पुरानै रवैयालाई निरन्तरता मात्र दिए । स्थानीय तहहरूले विगत ५ वर्षमा केवल प्रशासनिक सेवा प्रवाह र बरालिएको विकासको अनुभूति दिलाए । यसको विभिन्न कारणहरू होलान् तर स्थानीय सरकारले आफ्नो आन्तरिक काममै अल्झिएर आफ्नो खर्च र सुविधा बढाउने प्रयास मात्र गरे, सेवाग्राहीको समस्या समाधान गर्न खासै चासो देखाएनन् ।

निर्वाचित प्रतिनिधिहरूले जनमानसमा आशा दिलाउन सकेको अवस्था देखिँदैन । सेवा प्रवाहको तौरतरिका बदलिँदो देखिँदैन । झनै मधेश प्रदेशको धेरैजसो पालिकामा त निर्वाचित प्रतिनिधिहरूले बदलाको भावले र एकोहोरो ढंगले पालिका चलाएको देखिएको छ । यसले नागरिक र राज्य बीचको सम्बन्धमा झनै दूरी बढाउनुका साथै आम जनताको राज्यलाई हेर्ने दृष्टिकोण फरक भएको छ । स्थानीय तहको बढ्दो प्रशासनिक खर्च र जनप्रतिनिधिको बढ्दो बिलासिता जीवनको सुविधाले आम नागरिक करको मारमा परेका छन् । स्थानीय तहको सीमित स्रोतको आम्दानीले खर्च उठाउन धौंधौं परेकाले स्थानीय सरकारले करको दर बढाउँदै लगेको अवस्था छ ।

हामीले २०१५ सालको प्रथम जननिर्वाचित सरकारदेखि २०७४ सालको निर्वाचनबाटै बनेका सरकारको आगमन र बहिर्गमन राजनीतिक दलको नेतृत्वबीचको आन्तरिक द्वन्द्व र कलह पनि देख्यौं । ग्रासरुटबाट आएका व्यक्तिले जनताको मनोभावना र समस्यालाई बुझेका हुन्छन्, तथापि वास्तविक बुझाइलाई सत्ताको रसस्वादनमा बिर्सिनु नै नेतृत्वको कमजोरी हो ।

स्थानीय सरकारबाट कृषि, उद्यमशीलता र स्थानीय आयआर्जनका सम्भावित क्षेत्रहरूको पहिचान र किटानी हुन सकेन । फलस्वरूप हेर्दा स्थानीय सरकारसँगको सर्वसाधारणको अपेक्षा सुनिने हैसियतमा संस्थागत हुन सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x