×

NIC ASIA

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

असोज १, २०७९

Prabhu Bank
NTC
Premier Steels

म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो । जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् । 

Muktinath Bank

छवटा विद्यालयमा चारकोठे भवन, सात वटामा दुईकोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका हुन् । चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठेलाई रु  २५ लाख र सूचना प्रविधि प्रयोगशालाका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रघुगङ्गा गाउँपालिका–२ को मुक्तिधाम मावि, मालिका–२ रुमको राष्ट्रिय मावि, अन्नपूर्ण–१ दोवाको कैलाश मावि, धवलागिरि–७ धारापानीको किसानी चन्द्रकुन्ता मावि, मङ्गला–१ कुहुँको दिपशिखा मावि, बेनी नगरपालिका–७ को प्रकाश माविले चारकोठे भवन योजना पाएका छन् । 


Advertisment
Nabil box
Kumari

दुईकोठे भवनमा छनोट हुने विद्यालयमा बेनी नगरपालिका–७ को बेनी सामुदायिक मावि, बेनपा–४ को धवलागिरि मावि, मङ्गला–४ बरंजाको महेन्द्ररत्न आधारभूत, धवलागिरि–७ को ताकम मावि, अन्नपूर्ण–५ को पाउद्धार मावि, मालिका–६ को मालिका आधारभूत र रघुगङ्गा–३ को रघुगङ्गा मावि छन् । 

Vianet communication

रघुगङ्गा–३ को ज्ञानोदय मावि, रघुगङ्गा–१ को महादेव मावि, मालिका–३ को अमरज्योति मावि, मालिका–७ बिमको किसानी मावि, अन्नपूर्ण–७ रिमाको आदर्श मावि, अन्नपूर्ण–६ घारको मुक्तिमार्ग मावि, धवलागिरि–४ खिवाङको चन्द्रज्योति मावि, धवलागिरि–७ को हेम मावि, मङ्गला–२ को सिद्धशान्ति मावि र मङ्गला–१ को राष्ट्रिय जनजागृति माविले सूचना प्रविधि प्रयोगशालाको कार्यक्रममा छनोट भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यविधि छ । सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयबाट प्रस्ताव सङ्कलन गरेको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

जेठ ६, २०८१

काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा शुरू गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।&...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x