कात्तिक २५, २०८०
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्रामीण विकास (आरडी) विषयको पढाइ शुरू गर्न लागेको हो ।
क्याम्पस प्रमुख घनश्याम पाठकले स्नातकोत्तर गर्न बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्दै सर्वसुलभ शुल्कमा एमएको पढाइ शुरू गर्न लागिएको बताए ।
‘बुटवल कालिका क्याम्पस २०७० सालमा स्थापित एउटा कान्छो सामुदायिक क्याम्पस हो,’ पाठकले भने, ‘कक्षा १२ पास भएका विद्यार्थी तथा तिनका परिवारले बुटवल क्याम्पसमा पढाउने इच्छा व्यक्त गरेपछि क्याम्पस शुरू गरेका थियौं, अब मास्टर डिग्री पनि कालिका क्याम्पसबाट नै हुने भयो । यो बुटवलका लागि गौरवको विषय हो ।’
आरडी विषयका लागि फर्म वितरण भइरहेको छ । केही दिनअघि मात्र क्याम्पसले मास्टर डिग्री अध्यापन गराउन सम्बन्धन पाएको हो ।
२०७० सालमा ३५ जना विद्यार्थीबाट पढाइ थालेको क्याम्पसमा अहिले स्नातक तहतर्फ ३ हजार २०० विद्यार्थी अध्ययनरत छन् । सामुदायिक बुटवल कालिका क्याम्पस त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कान्छो क्याम्पस हो । स्नातक तहतर्फ व्यवस्थापन, शिक्षा र मानविकी संकायका पढाइ हुन्छ । अन्य विषयहरू आवश्यकताअनुसार थप गर्दै जाने क्याम्पस प्रमुख पाठकको भनाइ छ ।
‘क्याम्पसको जग्गा प्राप्तिमा पूर्व अर्थमन्त्री तथा रूपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौडेलको ठूलो सपोर्ट भएको थियो,’ पाठक थप्छन्, ‘जग्गा प्राप्तिपछि भवन निर्माणका लागि पनि पौडेलले ६ करोड रुपैयाँ बजेट उपलब्ध गराएपछि क्याम्पस अहिलेको स्थानमा आएको हो ।’
पछिल्लो समय ‘प्लस टु’ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि भन्दै विदेश जाने विद्यार्थी बढ्दा क्याम्पसहरूमा विद्यार्थीको खडेरी लागेको छ ।
अब नयाँ पिँढीले फरक ढंगबाट पढाइ गर्न नसके नेपालमा विद्यार्थीहरू रहन नसक्ने अवस्था देखिएको पाठकको चिन्ता छ ।
चुस्त व्यवस्थापन, दक्ष प्राध्यापकबाट प्रयोगात्मक र विद्यार्थी केन्द्रित सिकाई पद्धतिले क्याम्पस छोटो समयमा स्थापित भएको क्याम्पसका लेखा अधिकृत कमल ढकालले बताए ।
क्याम्पसको भौतिक पूर्वाधार पर्याप्त र सुविधासम्पन्न रहेको क्याम्पसका प्राध्यापक दामोदर घिमिरेले बताए । यहाँ अध्ययनरत विद्यार्थीहरूले विभिन्न विषयमा हरेक वर्ष टप नतिजा ल्याउने गरेका छन् । क्याम्पसमा ७५ जना प्राध्यापकहरू छन् ।
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...