×

NMB BANK
NIC ASIA

दशैं बजार

दुई पाङ्ग्रेको दशैं बजार : कुन कम्पनीको मोटरसाइकल-स्कूटर कति मूल्य पर्छ ? के छ अफर ?

असोज १४, २०७९

NTC
Premier Steels

यसपालिको दशैंमा १ सय ५० सीसीभन्दा धेरै क्षमताका दुई पाङ्ग्रे सवारी साधन बजारमा निकै कम छ ।

Muktinath Bank

सरकारले अर्थतन्त्रमा आएको समस्या समाधान तथा आयात निरुत्साहनका निम्ति केही समयदेखि १५० सीसीभन्दा बढी क्षमताका सवारीसाधन आयातमा रोक लगाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसका कारण यसपालि ठूला क्षमताका मोटरसाइकल चढ्ने योजना बुनेर बसेकाहरूमध्ये धेरैको सपना अधुरै रहेको छ । 


Advertisment
Nabil box
Kumari

ठूला क्षमताका मोटरसाइकल बिक्री गर्दै आएका विभिन्न कम्पनीहरूले सरकारले त्यस्ता मोटरसाइकलको आयात रोक्दा यसपालिको दशैं सुनसान बनेको बताएका छन् । 

Vianet communication

सरकारले गत  साउन १ गतेदेखि १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिवन्ध लगाएको थियो । जुन अहिलेसम्म पनि जारी छ ।

आयात खुलाउनका लागि नाडा अटोमोबाइल्स एसोसिएसनले सरकारसँग पटक–पटक माग गरेपनि सरकारले आयात खुकुलो बनाएको छैन ।

जसको असर दशैंमा पर्न गएको अटोमोबाइल्स व्यवसायीहरूले बताएका छन् ।

दशैंलाई यी स्कूटर तथा बाइक 

विभिन्न कम्पनीहरूले दशैंका लागि विभिन्न मोडलका एक सय ५० सीसीभन्दा कमका स्कूटर तथा मोटरसाइकल बिक्री गरिरहेका छन् । 

ठूला क्षमताका दुई पाङ्ग्रे सवारीसाधन किन्ने सोचेर बसिरहेकाहरू पनि दशैंमा उपलब्ध भएकामै चित्त बुझाउन बाध्य भएका छन् । 

व्यवसायीहरूका अनुसार, यसपटक दशैंका लागि मोटरसाइकल तथा स्कूटरको बूकिङ राम्रो भएको थियो ।

तर महामारीको रूप लिँदै गएको डेंगुको संक्रमणका कारण धेरैजसो बूकिङ अन्तिम समयमा आएर त्यसै रद्द हुने अवस्थामा पुगेको छ । 

विशेष गरी फुलपातीको दिनमा धेरै सवारी साधन बिक्री हुने अपेक्षामा व्यवसायीहरू बसेका छन् । 

फूलपाती अगाडिका दिनहरूमा पनि सवारीसाधन बिक्री भइरहे पनि फूलपातीको दिनमा भने विशेष किसिमले केही धेरै मात्रामा सवारीसाधन बिक्री हुने अपेक्षा व्यवसायीहरूको छ ।

अहिले बजारमा धेरै चलेका २ पाङ्ग्रे सवारीसाधनहरूमध्ये यहाँ केहीको उल्लेख गरिएको छ । 

दशैंमा खरिद गर्न चाहनेहरूका लागि यी मोटरसाइकल तथा स्कूटर उपयुक्त हुन सक्छन् ।

भेष्पा र अप्रिला

यसपटकको दशैंमा भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सले दुई भेष्पा र अप्रिला ब्रान्डका २ स्कूटरहरू बजारमा बिक्री गरिरहेको छ । 

कम्पनीका सिनियर सेल्स म्यानेजर विभव कार्कीले यसपटकको दशैंमा विभिन्न अफरसहित अप्रिलाको स्ट्रोम १२५ र भेष्पाको एसएक्सएल १२५ बिक्री गरिरहेको जानकारी दिए । 

उनले दशैंका लागि फूलपातीका दिनसम्म स्कूटर बिक्री गरिने जानकारी दिए । उनका अनुसार, अहिले यी दुई मोडलमा धेरै बुकिङ भइरहेको  छ । 

उनले भने, ‘यसपटक बजारमा मोटरसाइकलको जस्तै क्षमता भएका २ मोडलका स्कूटरहरू दशैंको अवसरमा बिक्री गरिरहेका छौं । ग्राहकहरूको आकर्षण र बुकिङ म्याक्सिमम भइरहेको छ ।’

उनका अनुसार, भेष्पाको एसएक्सएल १२५ को मूल्य ३ लाख ५५ हजार ९४६ रुपैयाँ रहेको छ । यस्तै अप्रिलाको स्ट्रोम १२५ को मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।

हिरो   

हिरो मोटरसाइकल तथा स्कूटरको नेपालका लागि आधिकारिक वितरक एनजीएम हिरोले दशैंलाई लक्षित गरी चैतमा सार्वजनिक गरेको हिरो एक्सप्लस ४ भी मोटरसाइकल बिक्री गरिरहेको छ । 

कम्पनीले यो मात्रै नभएर दशैंमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कूटरमा विशेष स्किमका साथ बिक्री गरिरहेको छ । 

कम्पनीले अहिले बिक्री गरिरहेको मोटरसाइकल तथा स्कूटरहरूमा हिरोको एक्सप्लस २०० ४ भी मोटरसाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ, मेस्ट्रो ईडीजीई १२५ स्कूटरको २ लाख ६८ हजार रुपैयाँ मूल्य पर्छ । 

यस्तै २ लाख ३१ हजार रुपैयाँमा हिरोको सुपरस्प्लेन्डर मोटरसाइकल बजारमा उपलब्ध छ ।  

बजाज 

बजाजको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले दशैंका लागि विशेष अफरका साथ विभिन्न किसिमका मोटरसाइकलहरू बिक्री गरिरहेको छ । 

कम्पनीले दशैंका लागि पल्सर ए२५०, पल्सर एनएस १६०, पल्सर एनएस १२५ लगायतका मोटरसाइकलहरू बिक्री गरिरहेको छ । 

बजारमा बजाजका १ लाख ९२ हजार ९ सय रुपैयाँदेखि ४ लाख ८९ हजार रुपैयाँसम्म मूल्यका मोटरसाइकलहरू उपलब्ध छन् । 

यामाहा

यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले यसपालिको दशैंमा विशेष गरी रेजेडआर १२५ एफआई स्कूटर बिक्री बढाइरहेको छ । 

कम्पनीले फूलपातीको दिनसम्मका लागि यस स्कूटरको बुकिङ राम्रो रहेको जनाएको छ । यस स्कूटर किन्न चाहने ग्राहकले २ लाख ६४ हजार ९ सय रुपैयाँ मूल्य तिर्नुपर्ने हुन्छ । 

यीबाहेक कम्पनीले आफ्ना मोटरसाइकल तथा स्कूटरको खरिदमा विशेष छुट तथा उपहार दिने योजना समेत सार्वजनिक गरेको छ ।

कम्पनीको मोटरसाइकल २ लाख ४६ हजार रुपैयाँदेखि ९ लाख २४ हजार ९ सय रुपैयाँसम्मको लागत पर्ने मोटरसाइकल बजारमा उपलब्ध छन् । 

टीभीएस

टीभीएसका लागि नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा दशैंका लागि विशेष गरी टीभीएस एनटर्क १२५ रेस एक्सपीको बिक्री गरिरहेको छ ।

कम्पनीले ३ लाख ५ हजार ९ सय रुपैयाँमा यो स्कूटर बिक्री गरिरहेको जनाएको छ । 

यस स्कूटरमा आरटी एफआई, बीएस–भीआई इञ्जिन दिइएको छ । 

यसबाहेक कम्पनीले अपाचे आरटीआर १६० ४ भी लगायतका मोटरसाइकल बिक्री गरिहेको छ ।   

अफरको होडबाजी

चाडपर्वको अवसर पारेर अटोमोबाइल कम्पनीहरूले विभिन्न किसिमका योजना तथा अफरहरू सार्वजनिक गरेका छन् ।

असोज पहिलो सातादेखि नै कम्पनीहरूले अफरहरू सार्वजनिक गरेका हुन् । यी अफरहरू दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको कम्पनीहरूले जनाएका छन् । 

चाडपर्वका लागि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले चाडपर्व लक्षित ‘कायापलट’ योजना सञ्चालन गरिरहेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कूटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । 

यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका रहेको छ ।

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने  र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. ५० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ  ।

यस्तै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले भदौ दोस्रो सातादेखि नै ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक अफर ल्याएको छ ।

यस योजनाअन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कूटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ रुपैयाँ नगद जित्न सक्नेछन् । 

यीबाहेक अन्य कम्पनीहरूले पनि विभिन्न किसिमका आकर्षक अफरहरू दशैंका लागि सार्वजनिक गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x