×

NMB BANK
NIC ASIA

दशैंमा चिउरा

चिउराको दशैं बजार : जंकफूडले घटायो उपभोग, हरायो मिल धाउने चलन

असोज १६, २०७९

NTC
Premier Steels

हरायो गाउँबाट चिउरा कुट्न जाने चलन, मशिनमा उत्पादन बढेपनि दशैंमा चिउराको कम खपत 

Muktinath Bank

एक समय यस्तो थियो, मध्यनेपालमा दशैं भन्ने बित्तिकै गाउँघरमा चिउरा कुटाउन जानेहरूको ताँती लाग्ने गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक घरपरिवारले केही घण्टा लाग्ने बाटो हुँदै चिउरा मिलसम्म पुग्ने र दशैंका लागि चिउरा कुटाएर ल्याउने विशेष मेला नै लाग्थ्यो । 


Advertisment
Nabil box
Kumari

मासु खान रुचाउनेहरूले चिउरा र मासु खाने र दशैं मनाउने पुरानो प्रचलन हो । 

Vianet communication

तर विगतका केही वर्षयता दशैंमा चिउरा संस्कृति विस्तारै हराउँदै जान थालेको छ  । 

केही स्थान विशेष वा समुदाय विशेषले दशैंमा न्यून मात्रामा चिउरा प्रयोग गर्ने भएपनि पछिल्लो समय दशैंमा चिउरा संस्कृति हराउँदै गएको हो । 

कति हुन्छ उपत्यकामा चिउराको माग ?

दशैंको समयमा भक्तपुरमा दैनिक करीब ३० टन चिउरा उत्पादन भइरहेको छ । 

सामान्य अवस्थामा १५ टनदेखि २० टनसम्म उत्पादन हुने गरेको भएपनि दशैंमा भने करीब ३० टन चिउरा उत्पादन भएको भक्तपुरका चिउरा उद्योगी वीरेन्द्र जती बताउँछन् । 

उनका अनुसार, काठमाडौं उपत्यकामा चिउराको माग अन्य समयमा पनि रहन्छ । तर दशैंको समयमा भने विगतको तुलनामा माग घटेको उनले सुनाए । 

यद्यपि बजारमा चिउरा भने आवश्यकता अनुसार उपलब्ध गराइएको उनको भनाइ छ । 

उनले भक्तपुर तथा काठमाडौंका लागि भक्तपुरमा करीब ३० देखि ४० टन चिउरा तराईका जिल्लाहरूबाट ल्याइने गरिएको सुनाए । 

काठमाडौंका होलसेल तथा किराना बजारहरूमा भक्तपुर हुँदै चिउरा आउने गरेका छन् ।

कतिपय व्यवसायीले भने तराईका उद्योगहरूबाट सिधै चिउरा ल्याउने गरेका छन् 

उद्योगी जतीले अहिले मुलुकको अर्थतन्त्रमा समस्या देखिँदा चिउराको बजार पनि प्रभावित भएको बताए । 

उनले धानको मूल्य बढ्दै गएको अवस्थामा चिउराको मूल्य पनि बढेको र उपभोगमा कम खपत गर्ने गरिएको सुनाए ।

मशिन आयो, पुरानो चलन हरायो 

विगतमा गाउँ–गाउँमा स–साना चिउरा मिलहरू हुन्थे । गाउँबाट चिउरा कुट्नका लागि ताँती लाग्ने गथ्र्यो । 

तर पछिल्ला वर्षहरूमा त्यस्तो नदेखिएको उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरीले बताए । 

उनले भने, ‘विगतमा हामीले देखे सुनेकै हौँ, चिउराका लागि गाउँ–गाउँबाट अन्य कतै मिलमा चिउरा कुटाउन जान्थे, तर अहिले त्यस्तो देखिन छाड्यो ।’

यसो किन भयो त ? 

उनले भने, ‘पछिल्ला वर्षहरूमा धेरैजसो चिउरा मिलले मशिन जडान गरेको र व्यवस्थित बजारमा प्रवेश गरेको अवस्था छ, जसले गर्दा पनि गाउँ–गाउँमा चिउरा कुटाउने चलन हराउँदै गएको हो भन्ने लाग्छ ।’

चिउराका लागि विशेष गरी नवलपरासी, रुपन्देही पकड क्षेत्रका रूपमा चिनिन्छ । 

यी क्षेत्रमा एउटै पालिकामा दर्जनभन्दा बढी उच्च क्षमतामा चल्ने चिउरा मिलहरू सञ्चालनमा रहेका छन् । 

कस्तो छ दशैंको चिउरा बजार ?

परासीमा अग्रहरीको आफ्नै चिउरा उद्योग छ । 

उनको उद्योगले दैनिक ५ सय बोरा चिउरा काठमाडौं लगायत अन्य मुख्य शहरहरूमा पठाउँदै आएको छ । 

सामान्य अवस्था दिनको ३/४ बोरा मात्रै काठमाडौंका लागि पठाइने गरेकोमा अहिले दैनिक ५ सय बोरा पठाइएको उनी बताउँछन् । 

विगतमा सामान्य अवस्थामा भन्दा दशैंमा दोब्बर बढी परिमाणमा चिउरा बिक्री हुने गरेको थियो । 

तर दशैंमा चिउरा खाने चलन क्रमशः घट्दै जाँदा चिउरा उत्पादन तथा बिक्री पनि घट्न पुगेको उद्योगी अग्रहरीले बताए । 

‘विगतको दशैंमा सामान्य अवस्थामा भन्दा डबल परिणाममा चिउरा बिक्री हुने गरेको थियो,’ लोकान्तरसँग अग्रहरीले भने, ‘कोरोना महामारीपछि त झनै चिउराको बिक्री घटेको छ ।’

परासीका व्यवसायी मात्र हैन अन्य क्षेत्रका व्यवसायीले पनि चिउराको खपत घटेको बताएका छन् । 

काठमाडौं, भक्तपुर, चितवन लगायतका व्यवसायीहरूले चिउराको माग घट्दै गएको सुनाएका हुन् । 

अर्का व्यवसायी गुणनिधि तिवारीले यसपटक बजार निकै नै कमजोर बनाएको सुनाए ।

दशैंको समयमा विगतमा जस्तो माहोल यसपटक नदेखिएको उनको बुझाइ छ । 

‘अर्थतन्त्रको अवस्था खस्किँदा समग्र बजारमा समस्या परेको छ,’ उनले भने, ‘अहिले बजारमा किनमेल पनि घटेको अवस्था छ ।’

उनका अनुसार अहिले परासीबाट मुलुकभरका लागि दिनको ८ देखि १० वटा गाडीले चिउरा ढुवानी गरिरहेका हुन्छन् । 

प्रति एउटा गाडीमा करीब २१ टन चिउरा हुने व्यवसायी तिवारीले जानकारी दिए । 

उनले भने चिउरा कल्चर घटेको भन्न नमिल्ने बताए । उनी भन्छन्, ‘यसपटक अर्थतन्त्रमा समस्या आएर मात्रै हो नत्र चिउरा कल्चर घटेको छैन, बरू बढेको नै छ ।’

दशैंका लागि कति चाहिन्छ चिउरा ? 

सामान्य अवस्थामा चिउरा विशेष गरी नेवारी समुदायमा बढी बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । 

उनीहरूको हरेक पर्व वा उत्सवमा चिउरा अनिवार्य जस्तै हुने गरेको व्यवसायीहरूको भनाइ छ । 

यसरी हेर्दा विशेष गरी नेवारी समुदायको बाक्लो उपस्थिति रहेको काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा लगायतका जिल्लामा चिउरा बढी खपत हुने गरेको छ । 

यस्तै धादिङ, काभ्रे, नुवाकोटलगायत क्षेत्रमा पनि चिउराको माग बढी हुने गरेको छ । 

व्यवसायीहरूका अनुसार, सामान्य अवस्थामा एक महिनामा मुलुकभर करीब ३२ हजार क्विन्टल चिउरा खपत हुने गरेको छ । 

यसरी हेर्दा दशैंका लागि करीब ३५ हजार क्विन्टलदेखि ४० हजार क्विन्टलसम्म चिउरा आवश्यक हुने व्यवसायीहरूले बताए । 

चिउराबारे आधिकारिक तथ्यांक भने कुनै पनि निकायले राखेका छैनन् । 

एक वर्षमा करीब ४ लाख क्विन्टल चिउरा मुलुकभर आवश्यक हुने अनुमान समेत व्यवसायीको छ । 

अर्का एक व्यवसायीले भने दशैंमा करीब डेढ लाखदेखि २ लाख बोरासम्म चिउरा खपत हुने गरेको बताए ।

जंकफूडमा बानी पार्दा चिउरा पछि पर्‍यो 

व्यवसायीहरूका अनुसार, नेपाल चिउरामा आत्मनिर्भर छ ।

चिउरा उत्पादनका लागि अहिले क्षमतावान मिलहरू प्रशस्त सञ्चालनमा रहेका छन् भने जंकफूडको तुलनामा स्वस्थकर समेत छ । 

तर पनि दशैंमा मात्रै नभई अन्य समयमा पनि चिउरालाई खाजाको रूपमा स्वीकार्ने क्रम घटेको पशुपतिनाथ राइस एण्ड चिउरा मिल नवलपरासीका सञ्चालक जितेन्द्र अग्रहरी बताउँछन् ।

उनले दशैंमा करीब २५ प्रतिशत चिउराको कारोबार घटेको अनुमान गरिएको बताए । यसबाहेक सामान्य अवस्थामा पनि समाजले जंकफूडलाई प्राथमिकता दिँदै जाँदा चिउरा पछि परेको गुनासो गरे । 

उनले भने, ‘नयाँ जेनेरेसनका पुस्ताले चिउरालाई भन्दा जंकफूडलाई प्राथमिकता दिन थाले । जसले गर्दा चिउराको प्रचलन घट्दै गएको छ ।’

उनले नयाँ पुस्ताले ममः चाउमिन, पिज्जाजस्ता बजारका खानेकुरा बढी रुचाउँदा चिउरातर्फ आकर्षण घट्दै गएको सुनाए । 

उनले मार्सी चामललाई सबैले प्रोत्साहन तथा ब्रान्डिङ गरेजस्तै चिउरालाई पनि प्रोत्साहन गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x