मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
कात्तिक १५, २०७९
केन्द्रमा स्थापित दुई युवा नेताको चुनावी प्रतिस्पर्धाले ओखलढुङ्गाको चुनावी रौनक बढाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा साझा उम्मेदवार छन् । नेकपा एमालेबाट निवर्तमान सांसद यज्ञराज सुनुवार चुनावी प्रतिस्पर्धाको मैदानमा छन् ।
खतिवडा र सुनुवारबीच प्रतिनिधि सभाको चुनावी ब्याटलमा यो दोस्रो भेट हो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सुनुवार खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभामा आएका थिए । २०७० सालको संविधान सभामा भने खतिवडा र सुनुवार दुवै सांसद थिए । सुनुवारको प्यानलबाट प्रदेश (क)मा अम्बिरबाबु गुरूङ र (ख)मा ज्ञानबहादुर खड्का उम्मेदवार छन् ।
खतिवडाको प्यानलबाट प्रदेश सभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख) मा माओवादीका बाबुराम गौतम उम्मेदवार छन् । ओखलढुङ्गा माओवादीको पनि प्रभाव भएको क्षेत्र हो । केहीदिन अघि बाथरुममा लडेर मृत्यु भएका बालकृष्ण ढुंगेल २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।
चुनाव जित्नेमा दुवै उम्मेदवार ढुक्क !
तीव्र प्रतिस्पर्धा हुने ठानिएको ओखलढुङ्गाको चुनावमा भिडेका कांग्रेस र एमालेका दुवै उम्मेदवार चुनाव जित्नेमा ढुक्क छन् । पाँच वर्षको समयमा गरेको कामका कारण मतदाताले फेरि चुनाव जिताउने यज्ञराजको विश्वास छ । चुनाव हारे पनि आफू निरन्तर जनतासँगको सम्पर्कमा रहेका कारण यसपटक मतदाताले आफूलाई रोज्ने खतिवडाको विश्वास छ ।
‘मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छु, अघिल्लो चुनाव हारे पनि जिल्लाको विकास र हाम्रो दुःख सुखमासँगै रहेकोले तपाईंलाई भोट दिन्छौँ भन्नुभएको छ’, चुनावी अभियानमा जिल्लामा रहेका खतिवडाले लोकान्तरसँग भने ।
प्रतिनिधि सभामा नभए पनि जितेको सांसदले भन्दा आफूले कम काम नगरेको खतिवडाको दाबी छ । ‘कोरोनाको समयमा म गाउँ-गाउँमा पुगेको थिए, काठमाडौंमा समस्यामा परेकालाई सहयोग गर्न मैले कुनै कञ्जुस्याइँ गरेको थिइनँ’, खतिवडाले भने ।
निवर्तमान सांसद रहेका सुनुवारले चुनाव जितेपछि गरेको कामका कारण आफूलाई मतदाताले विश्वास गरेको बताए । ‘यहाँका मतदाताले शिर निहुर्याउनु पर्ने गरी मैले केही काम गरेको छैन, जे जति गर्नसके जिल्लाको विकासका लागि गरें’, आफ्नो कार्यकालको समीक्षा गर्दै सुनुवारले भने । जनताबाट पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको सुनुवारले बताए ।
‘जिल्लामा एमाले र जनताको गठबन्धन बनेको छ, केन्द्रमा नेताले गरेको गठबन्धनको प्रभाव यहाँ पर्दैन’, सुनुवारले लोकान्तरसँगभने ।
जिल्लाका उम्मेदवारसँग स्थानीय एक रेडियोले सोमवार सदरमुकाममा अन्तरक्रिया गरेको थियो, जहाँ खतिवडा र सुनुवार एउटै मञ्चमा बसेर मतदाताका प्रश्नको जवाफ दिएका थिए । दुवैले जिल्लाको विकासका लागि आफ्ना एजेण्डा पेश गरेका थिए ।
यस्तो छ अंकगणित
२०७४ सालको प्रतिनिधि सभामा एमाले र माओवादीको गठबन्धनबाट साझा उम्मेदवार सुनुवार विजयी भएका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत पाउँदा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस चारवटा स्थानीय तह निर्वाचनमा विजयी हुँदा एमाले, माओवादी र जसपाले एक–एक पालिका जितेका थिए । एउटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
वडा तहमा पाएको मतको आधारमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ३२ हजार २८८ मत पाउँदा एमालेले २९ हजार ५९१ मत पाएको छ । नेकपा माओवादीले ६ हजार ९१६ मत पाउँदा जसपाले २ हजार १०४ तथा नेकपा एसले ५ सय २१ मत पाएका थिए ।
स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा सत्ता गठबन्धनको मत धेरै छ । तर, स्थानीय तहको चुनाव र प्रतिनिधि सभाको चुनावको सन्दर्भ फरक हुने भएकोले स्थानीय तहको मत कति रुपान्तरण हुन्छ यसै भन्न सकिने अवस्था भने छैन ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...