कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
संस्थानमा बढुवालगायत वृत्तिविकासको सुविधा पाउन कुन पार्टीको हो भनेर चिनिनुपर्थ्यो । विभिन्न वाद र वादीको सर्टिफिकेट बोकेर हिँड्नुपर्थ्यो ।
कतै पनि नलागी संस्थावादी मात्र हुन्छु भन्ने, हुने र हुन चाहने जति सधैं प्रतिपक्षमा पर्थे । त्यस्ता अनुहारहरू जहिले पनि अस्वीकृत हुन्थे, जुनसुकै पार्टीको सरकार बने पनि उनीहरूका एजेन्टको आँखामा पर्दैनथे । गोपाल पनि यस्तै घोरमुखा ‘थ’ को शिकार हुँदै आएको थियो ।
आफ्ना बारेमा बोल्ने, सुन्ने कोही नभेटेपछि गोपालले बढुवाको मोह छाडी शैक्षिक योग्यता अघि बढाउने विचार गर्यो । यसअघि उसले वनारसबाट शास्त्री पास गरेको थियो । त्यसपछि स्थायी जागिरको खोजमा लाग्नुपरेकाले पढाइतर्फ ध्यान दिन पाएको थिएन, भ्याएको थिएन । त्यसैले संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) बाट फारम लगाई आचार्य परीक्षा दिन थाल्यो ।
राजधानीकै गलैंचा उद्योगको अवस्थाबारे अनुसन्धानद्वारा थेसिस पूरा गरी द्वितीय श्रेणीमा आचार्य पास गर्यो गोपालले ।
त्यसपछि विद्यावारिधि (पीएचडी) गर्ने विचार गरेको भए पनि पूरा हुन सकेन । कारण विश्वविद्यालयको झूर प्रशासन र किस्ताबन्दी जानकारीका कारण मूलढोकामै भोटे ताल्चा झुण्डिन आएको थियो । विद्यालय प्रशासन कहिले यो चाहिन्छ भन्थ्यो, कहिले यो पुगेन भन्थ्यो, कहिले त्यसरी होइन, यसरी भन्थ्यो । त्यसपछि विद्यावारिधि गर्ने विचार नै त्यागिदियो र तिम्रो विद्यावारिधि तिमीसँगै राख भन्दै किताब लेख्नतिर लाग्यो । अहिले उसले लेखेका किताबहरू विद्यावारिधि गर्ने विद्यार्थीहरूका खुराक बनेका, बनिरहेका छन् । एउटा किताब त विद्यावारिधि सम्बन्धी पाठ्यक्रममै समावेश भइसकेको छ ।
त्यतिबेलासम्म ३/४ वटा भन्ट्याङ–भुन्टुङ भइसकेका थिए । खानै पर्यो, लाउनै पर्यो, कोठा भाडा तिर्नै पर्यो । त्यतिबेला नेपालका शाखा अधिकृत वा सो सरहको तलब नै कति हुन्थ्यो र ? त्यसमाथि करकट्टि गरी प्राप्त रकमले घर खर्च चलाउनु महाभारत जित्नुभन्दा कम थिएन । त्यसैले उनले व्यवसाय चलाउने विचार गरे ।
त्यतिबेला राजधानीमा गलैंचा उद्योग राम्रै फस्टाएको देखेर यतातिर लाग्ने निर्णय गरेको थियो । उद्योग मालिकबाट कच्चा उन ल्याउँथ्यो र धुलाई कताई गरी बुझाउँथ्यो तर यो पनि उसका निम्ति भनेजस्तो भएन । केही कमाउन सकिन्छ कि भनेर लागेको कहाँ के तारतम्य मिलेन छ कुन्नी ! उल्टै नोक्सानी व्यहोर्नुपर्यो ।
त्यसपछि आफ्नै पुर्ख्यौली पेशा कथा वाचनको बाटो समायो । बिहान–बेलुका कथा वाचन गथ्र्योे, दिउँसो अफिस जान्थ्यो । दिउँसै जानुपर्ने काम परे बिदा लिन्थ्यो । यसबीचमा उसले कैयौ भागवत पुराण लगायो, कैयौ देवीभागवत पुराण भन्यो । एकाह त कति लगायो कति ! २–४ वटा हरिवंश पुराणै पनि भ्यायो ।
त्यसपछि समाजमा गोपालको परिचय बदलियो । गोपालबाट उसको नाम सिधै गोपाल गुरुमा परिणत भयो । यसै पेशाबाट उसले धेरैलाई बाटो देखायो, आफूजस्तै दुःख पाएका धेरैको उद्धार गर्यो । उसले पठाएको भनेपछि जसलाई पठाए पनि यजमानहरू राम्रै इज्जत गर्थे । तीनधारा संस्कृत छात्रावासका कतिपय विद्यार्थी त उसको आँखामा पर्न पाउनु नै गौरवको विषय ठान्थे ।
उता बालबच्चा हुर्कंदै गएकाले श्रीमती सरलाले किराना पसल चलाउने इच्छा गरिन् । गोपाललाई पनि श्रीमतीको कुरा राम्रै लाग्यो । पसलका केही सामान त्यहीँ ल्याइदिन्थे सेल्सम्यानहरूले । बाँकी सामान गोपाल आफैंले फुर्सदको बेला बजारबाट किनेर ल्याइदिन्थ्यो । श्रीमती घरको काम र पसल हेर्थिन् । उसको भागमा यजमानी र अफिसको काम छँदैथियो । सानै भए पनि पसल राम्रै चलेको थियो । गोपालको आम्दानी पनि राम्रै थियो । यसैबाट घर खर्च कटाएर राजधानीमै घडेरी जोड्यो, बिस्तारै सानो घर बनाउन पनि भ्यायो ।
यसैबीच एक जना पूर्व परिचित कांग्रेसी सज्जन संस्थानको कार्यकारी अध्यक्ष भएर आए । वनारसमै चिनजान भएकाले उनी आउँदा धेरै खुशी हुनेमा गोपाल पनि पथ्र्यो । अब त पक्कै केही हुन्छ भन्ने नलागेको होइन उसलाई तर उनी पनि उही ड्याङका मुला भएर निस्के । सायद संस्थानकै चैतेहरूको चेपुवामा पो परेका थिए कि ! जेहोस् गोपालले एउटै पदमा ८ वर्षभन्दा बढी समय बिताउनुपर्यो । जब कि ४ वर्ष पूरा भएपछि बढुवा हुन पाउने प्रावधान थियो । कतिले दिन गन्ती गरेर ४ वर्ष पूरा हुनासाथ बढुवा पड्काएकै पनि हुन् तर गोपालका लागि भने त्यस्ता नियम आकाशको फलमै सीमित भए । राजाको अगाडि बुवाको दुहाइ कसको के लाग्ने ?
उनी गएपछि अर्का पार्टीका कमरेड कार्यकारी बनेर आए । उनले त उल्टै अघिल्ला आर्थिक वर्षहरूमा पूर्ति नभएको कारण देखाई दरबन्दी नै खारेज गर्ने निर्णय गरिदिए । अघिल्ला हाकिमले दरबन्दी खाली हुँदाहुँदै बढुवाको सूचना निकालेनन् । पछिल्ला हाकिमले अघिल्ला आवमा पूर्ति नभएको भन्दै दरबन्दी नै खारेज गरे । हाल उनी यो संसारमा छैनन् । कोरोना महामारीले चाँडै नै लिएर गयो तर उनले दिएका चोट भने अहिले पनि गोपालको मनमा ताजै छ ।
यो कुुरा थाहा पाएपछि सञ्चालक समितिका एक जना सदस्यलाई सबै कुुरा बतायो । उनी अलि बढी नै सज्जन रहेछन् सायद । उनले गम्भीरतापूर्वक कुरा सुन्ने काम मात्र गरेनन्, तत्कालै अर्को बोर्ड बैठक बस्न लगाई अघिल्लो निर्णय उल्टाइदिए ।
बल्ल कार्यालयका मठाधीशहरू मन्त्रालयमा पुगेको दरबन्दी खारेजीको पत्र फिर्ता लिन मात्र होइन, तत्कालै पदपूर्ति समितिको बैठक राखी बढुवाको सूचना निकाल्न समेत बाध्य भए । त्यतिबेला पनि झण्डै उल्टोपाल्टो पर्न आँटिसकेको थियो, जसलाई सघाउने काम तत्कालीन सम्पादकले गरेका थिए । उनी पनि हाल यस संसार छैनन् । मधुमेहका कारण चाँडै नै संसार छाड्न बाध्य भए । धन्न गोपालले त्यतिबेलासम्म आचार्य पास गरिसकेको थियो र मात्रै उनको घुमाइले काम गरेन, गर्न सकेन । किनभने त्यतिबेला बढुवा प्रयोजनमा अतिरिक्त शैक्षिक योग्यताको समेत नम्बर जोडिने नियम थियो ।
त्यतिबेला कतै पनि नखुलेका पत्रकार तथा कर्मचारीहरूका अवस्थाबारे गोप्य तरिकाले निगरानी राख्न थालेका थिए संस्थानका हर्ताकर्ताहरूले । गोपालमाथि पनि उसकै विभागको कार्यालय सहयोगी भाइमार्फत् निगरानीमा पर्न थालेको थियो तर विचरा ती सहयोगी भाइको कूटनीति यति कमजोर थियो कि कुरोको चुरो पत्ता लगाउन गोपाललाई आइतवार लागेन । तथापि उसले मुखले भने केही पनि भनेन र थाहा नपाएजस्तो गरी आफ्नोपनमा रमाइरह्यो । फलतः मठाधीशका सबै हतियार क्रमशः आफैं भुत्ते हुँदै गए ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...