माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मंसिर १८, २०७९
रुस–युक्रेन द्वन्द्व शुरू भएको नौ महिनाभन्दा बढी समय बितिसक्दा युद्ध टुंगिने कुनै लक्षण देखिएको छैन तर यसबीचमा युक्रेनले व्यापक क्षति बेहोरिसकेको तथ्य घामजत्तिकै छर्लंग छ ।
युक्रेनले आफ्ना सैनिकहरूको हताहतीलाई लुकाउन खोजेको भए पनि यथार्थ संख्याको अनायास खुलासा हुने गरेको छ । त्यसैक्रममा गत साता युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले ट्विटरमार्फत प्रसारित एउटा भिडियोमा युक्रेनका १ लाखभन्दा बढी सैनिकहरू युद्धमा मारिइसकेको तथ्यांक प्रस्तुत गरिन् । उनको यस दाबीमा युक्रेन सरकारले आपत्ति जनाएपछि त्यो भिडियो डिलिट गरेर संख्या नराखिएको भिडियो अप्लोड गरिएको थियो ।
युरोपेली शीर्ष अधिकारीले दिएको यो आँकडा पनि कम संख्याको अनुमान (कन्जर्भेटिभ इस्टिमेट) हो । स्वतन्त्र विश्लेषकहरूको कुरा सुन्ने हो भने अहिलेसम्म दुई लाख जति युक्रेनी सैनिकले युद्धमा ज्यान गुमाइसकेका छन् भने त्यसभन्दा बढी सैनिक पुनः युद्ध लड्न नसक्ने गरी घाइते छन् ।
एसिया टाइम्समा (कुनै समयमा अमेरिकाको रक्षा मन्त्रालयका अधिकारी रहेका) विश्लेषक स्टिफन ब्रायनले युक्रेनी सेनाको भारी क्षतिले रुसविरुद्ध अमेरिकाको वस्तुगत युद्ध समस्यामा परेको ठोकुवा गरेका छन् । ब्रायनका अनुसार, राष्ट्रपति जो बाइडनले कि त अब मार्ग परिवर्तन गर्नुपर्छ कि त राजनीति नै जोखिममा पार्ने राष्ट्रिय सुरक्षा संकटको सामना गर्नुपर्छ ।
ब्रायन थप्छन्, ‘(पश्चिमी सञ्चारमाध्यमका सामग्री पढ्दा) युक्रेनले जितिरहेको जस्तो देखिन्छ । तर सत्य यसको ठीक विपरीत छ । युक्रेनले युद्धमा उभ्याउन सक्ने सैनिकहरू सकिन थालेका छन् । युद्धभूमिमा युक्रेनी सेना एट्रिसन अर्थात् खिइएरै सकिने स्थितिमा छन् भने रुसले युक्रेनको संरचनालाई सुनियोजित रूपमा नष्ट गरिरहेको छ । लाखौं युक्रेनीहरू देश छोडेर पलायन भइसकेका छन् । भोलि नै युद्ध टुंगिएछ भने पनि युक्रेन यस क्षतिबाट बौरिन सक्दैन ।’
युद्धमा रुसको समस्या चाहिँ अलि कम रहेको ब्रायन लेख्छन् । मस्कोले आफ्नो मुख्यभूमि तथा युक्रेनबाट खोसेको भूमिमा युद्ध लड्न सक्ने मानिसहरूलाई भर्ती गरेर युद्धको अग्रमोर्चामा पठाइरहेको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सैनिक परिचालन गर्नका लागि आदेश दिइसकेको सन्दर्भमा युद्धका लागि तयार गराइँदै गरेका नयाँ सैनिकहरू जगेडामा बसेका अनुभवी सैनिक हुन् । उनीहरूलाई रुसी कमान्डरहरूले पर्याप्त प्रशिक्षण दिइरहेका विभिन्न भिडियो सार्वजनिक भएका छन् ।
सैन्य परिचालनमा मात्र नभई हतियार उत्पादन तथा तैनाथीमा पनि रुस उम्दा छ । पश्चिमी विश्लेषकहरूले रुसी हतियार पुरानो र बेकामे भनी गिल्ला गरेको भए पनि यथार्थ त्यसको ठीक विपरीत छ ।
रुसको रक्षा उद्योग आधुनिक र प्रभावशाली छ अनि त्यसले जति भन्यो त्यति हतियार सेनालाई उपलब्ध गराइरहेको छ । युक्रेनका ऊर्जा संरचना, सैन्य अड्डा तथा हतियार भण्डारमा सटीक प्रहार गर्ने रुसी हाइपरसोनिक क्षेप्यास्त्रहरूसँग त नेटोका हतियारहरूको तुलना पनि हुन सक्दैन ।
उता, युक्रेन चाहिँ हतियार अभावको समस्या बेहोरिरहेको छ । बेलायती पत्रिका एक्सप्रेसले हालै प्रकाशित गरेको एक सामग्रीमा पश्चिमले उपलब्ध गराएका हतियार युक्रेनमा धमाधम सकिन थालेको र त्यसको साटो नयाँ हतियार उपलब्ध गराउन हम्मेहम्मे परिरहेको उल्लेख छ ।
पत्रिकाले उद्धृत गरेका अमेरिकी वायुसेनाका सेवानिवृत्त कर्नेल सेड्रिक लेटनका अनुसार, पश्चिमले उपलब्ध गराउन सक्ने भन्दा द्रुत गतिमा युक्रेनमा हतियार नष्ट भइरहेका छन् । नष्ट भएका हतियारको स्थानमा नयाँ हतियार उत्पादन गर्ने औद्योगिक क्षमता नेटोसँग छैन ।
त्यसमाथि युक्रेनमा आर्टिलरी बन्दूकहरू अत्यधिक उपयोग गरिएकाले बेस्सरी तातेका छन् र तिनबाट गोली प्रहार गर्न पनि अप्ठ्यारो परिरहेको छ । यस समस्यालाई समाधान नगर्ने हो भने पश्चिमले रुसलाई रोक्नका लागि युक्रेनीहरूलाई सहायता गरिरहन सक्दैन ।
अनि अमेरिकाले उपलब्ध गराएको हिमार्स क्षेप्यास्त्र प्रणालीबाहेक युक्रेनसँग रहेको आर्टिलरीको दायरा निकै कम छ जबकि रुसी आर्टिलरीको दायरा फराकिलो छ । यस्तो अवस्थामा रुसलाई युक्रेनी आक्रमणको जवाफ फर्काउन सजिलो छ । त्यसमाथि युक्रेनसँग रहेका थोरै हतियारमा समेत गोलीगट्ठाको अभाव छ ।
यस्तो विषम परिस्थिति रहेको भए पनि अमेरिका यस युद्धलाई लम्ब्याइरहन चाहन्छ किनकि रुसको कुनै पनि किसिमको विजय उसका लागि पाच्य छैन । त्यसैले बाइडन प्रशासनले युक्रेनी सैनिकहरूलाई अमेरिकी सैनिकले दिने तालिमको दायरा बढाउने विषयमा विचार गरिरहेको सीएनएनको वेबसाइटमा लेखिएको छ ।
जर्मनीमा रहेको अमेरिकी सैन्य अड्डामा महिनाको २५ सय युक्रेनी सैनिकलाई तालिम दिने अमेरिकाको योजना छ । सीएनएनलाई अमेरिकी अधिकारीहरूले बताएअनुसार, भारी संख्यामा युक्रेनी सैनिकहरूलाई आर्टिलरी सपोर्टको बलमा पैदलसेना परिचालनका लागि अमेरिकी सेनाले प्रशिक्षण दिनेछ ।
तर अमेरिकाको यो योजना हास्यास्पद देखिन्छ । एक त युक्रेनी सेनामा युद्ध लड्न सक्ने सैनिकहरूको संख्या भयावह रूपमा घटिसकेको छ । अहिले युक्रेनले दिनको ४०० जति सैनिक गुमाइरहेको अनुमान छ ।
त्यसमाथि बाँकी रहेका सैनिकहरूले एक महिनामा युद्धको उच्च तहको प्रशिक्षण हासिल गर्नै सक्दैनन् । सैन्य विश्लेषकहरूका अनुसार, यसका लागि ६ महिना वा त्यसभन्दा बढी समय लाग्छ ।
अहिले डोनेत्स्कको बाखमुत क्षेत्रमा लडाइँ चलिरहेको छ । उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहनका लागि युक्रेन लागिपरेको छ तर त्यसक्रममा उसका सैनिकहरू विशाल संख्यामा हताहत भइरहेका छन् ।
एक्सप्रेस पत्रिकामा युक्रेनको नवनाजी सैन्य बटालियन स्वोबोदाका कमान्डर पेत्रो कुजिकले बाखमुतमा चलिरहेको युद्धका विषयमा गरेको वर्णन प्रकाशित छ । कुजिकका अनुसार, उनको कमान्डमा रहेका सैनिकहरू लाशैलाशले भरिएको सुरुङमा बस्न बाध्य छन् ।
कठ्यांग्रिदो जाडोमा घुँडासम्म पानीमा डुबेर उनीहरू युद्ध गरिरहेका छन् किनकि अघिल्लो साता त्यहाँ पानी परेपछि सुरुङमा पानी भरिएको छ । कुजिकले एक्सप्रेसका पत्रकारसँग कुरा गर्दा जाडोका कारण राम्ररी बोल्न नसकेको र धेरै दिनअघि अनिदो रहेका कारण अहिल्यै सुत्न चाहेको बताएका छन् । उनले आफ्ना कति सैनिक मरे भनी गन्न पनि नसकिएको र निकै ठूलो क्षति बेहोरेको समेत खोलेका छन् ।
अर्थात्, युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको बालहठ तथा रुसलाई कुनै हालतमा हावी हुन नदिने अमेरिकाको जिद्दीका कारण युक्रेनी सैनिकहरू चरम प्रतिकूल अवस्थामा अर्थहीन युद्ध लड्न विवश छन् । उनीहरूको बहादुरी प्रशंसायोग्य छ तर उनीहरू अवश्यम्भावी रहेको पराजयको युद्ध लडिरहेका छन् ।
युद्धभूमिमा युक्रेनी सैनिकहरूले भारी क्षति बेहोरिरहँदा युक्रेनी सर्वसाधारण पनि विद्युत् आपूर्ति अभावका कारण कष्टकर जीवन बिताउन बाध्य छन् । गत अक्टोबर महिनादेखि रुसले युक्रेनका विद्युतीय संरचनाहरूमा क्षेप्यास्त्र प्रहार गरेर नष्ट गरिरहेको छ ।
रुसी आक्रमणका कारण देशको ४० प्रतिशत विद्युतीय आपूर्ति पूर्णतया क्षतिग्रस्त भइसकेको युक्रेनको सबभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेले जानकारी दिएको छ । यसले गर्दा युक्रेनका विभिन्न भागमा दिनको चारदेखि आठ घन्टासम्म लोडशेडिङ हुने गरेको मार्केटप्लेस डट् ओआरजी लेख्छ । ६० लाख युक्रेनीहरू विद्युतीय आपूर्तिको अभावका साथै जलको हाहाकारबाट पनि पीडित रहेको जेलेन्स्कीले बताएका छन् ।
यस्तो अवस्थामा युक्रेनले रुससँग शान्ति सम्झौताका लागि प्रस्ताव गरे मात्र विपत्तिबाट बच्न सक्ने रुसी मामिलाविद् गोर्डन एम हान लेख्छन् । सेना, समाज र भौतिक संरचनाको अभावमा युक्रेनले यो युद्ध धान्न गाह्रो परिसकेको छ । जाडोलाई समेत रुसले हतियारका रूपमा उपयोग गरेकाले राष्ट्रपति जेलेन्स्कीविरुद्ध युक्रेनमै विद्रोह उठ्ने सम्भावना पनि छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...