×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

पुटिनको खतरनाक संकेत : आणविक हतियारको पहिलो प्रयोग नीतिमा जान खोजेको हो रुस ?

मंसिर २६, २०७९

NTC
AP Photo/Vladimir Voronin
Premier Steels

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत शुक्रवार (९ डिसेम्बर) किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित युरेसियन इकोनोमिक युनियनको शिखर सम्मलेनमा आणविक हतियार उपयोगसम्बन्धी खतरनाक संकेत दिएका छन् । 

Muktinath Bank

हुन त युद्धमा आणविक हतियारको उपयोगको जोखिम बढ्दै गएको तर त्यसलाई प्रथम उपयोग गर्ने गरी रुस पागल नभएको उनले बताए । तर आफूले आणविक हतियार प्रथम उपयोग नगर्ने भने पनि अमेरिकाले आणविक नीति बदलेर प्रथम उपयोग समेत गर्न सक्ने बनाएकाले रुस पनि त्यही बाटोमा जान सक्ने संकेत पुटिनले दिनु चाहिँ खतरनाक कुरा हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी रणनीतिक दस्तावेजहरूमा स्पष्ट रूपमा निवारणात्मक आक्रमणको अनुमति दिइने कुरा उल्लेख रहेको पुटिनले स्मरण गराए । अमेरिका वा उसका साझेदारमाथि शत्रुराष्ट्रबाट आणविक वा परम्परागत हतियारले आक्रमण हुन सक्ने विश्वसनीय सूचना अमेरिकाले प्राप्त गरेमा त्यस प्रहारलाई पहिल्यै रोक्नका लागि गरिने आक्रमण नै निवारणात्मक आक्रमण हो । 


Advertisment
Nabil box
Kumari

त्यसको अर्थ हुन्छ, अमेरिकाले आफूविरुद्ध कुनै आक्रमण नभएको खण्डमा समेत आणविक आक्रमण गर्न सक्छ । आणविक हतियारको प्रथम उपयोग नगर्ने (नो फर्स्ट युज) नीतिलाई यसरी अमेरिकाले परित्याग गरिसकेको छ ।

Vianet communication

तर रुसले अहिलेसम्म प्रतिकारात्मक आक्रमणलाई मात्र आफ्नो रणनीतिमा स्थान दिएको पुटिन बताउँछन् । रुसका विरुद्ध शत्रुदेशले आणविक हतियार प्रहार गरेमा रुसले तत्कालै त्यसको प्रतिकारका लागि स्वयं आणविक हतियार चलाउनु प्रतिकारात्मक आक्रमण हो । त्यतिखेर रुसले चलाएको आणविक हतियारले शत्रुदेश तहसनहस हुनेछ । 

तर शत्रुदेश तहसनहस हुनुअघि रुस स्वयं पनि आणविक आक्रमणका कारण ध्वस्त हुने सम्भावनालाई पुटिनले इंगित गरेका छन् । शत्रुले प्रहार गरेको क्षेप्यास्त्रमा रहेका आणविक वारहेड रुसी भूमिमा खस्ने र त्यसले विनाश गर्ने कुरा अवश्यम्भावी रहेको पुटिनले बताए । 

यस्तो स्थितिमा रुसलाई भन्दा अमेरिकालाई नै फाइदा पुग्ने भएकाले रुसले पनि अमेरिकाकै जस्तो प्रथम उपयोग नीति अपनाउन सक्ने पुटिनको भनाइ छ । रुसको सुरक्षामा तेर्सिएको जोखिमलाई निरस्त पार्नका लागि यस नीतिमा अघि बढ्न सकिने उनले संकेत गरे । 

सरल शब्दमा पुटिनको आशय के हो भने अमेरिकाले रुसलाई ध्वस्त पार्नका लागि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने रणनीति ल्याइसकेको अवस्थामा रुसले पनि त्यस्तै किसिमको रणनीति बनाउनुपर्ने हुन्छ । 

विशेषगरी युक्रेन युद्ध सोचेको भन्दा बढी लम्बिएको स्थितिमा युद्धको छिनोफानोका लागि आणविक हतियारको समेत उपयोग हुन सक्ने सम्भावनालाई कतिपयले विश्लेषकहरूले औंल्याइरहेका छन् । 

विशेषगरी युक्रेन युद्ध सोचेको भन्दा बढी लम्बिएको स्थितिमा युद्धको छिनोफानोका लागि आणविक हतियारको समेत उपयोग हुन सक्ने सम्भावनालाई कतिपयले विश्लेषकहरूले औंल्याइरहेका छन् । 

रुसको अस्तित्व तथा सार्वभौमसत्तामा पश्चिमले तेर्स्याएको जोखिमका बारेमा कुरा गरिरहने पुटिनले त्यस जोखिमलाई पन्छाउन आणविक हतियार उपयोगमा खुकुलोपन ल्याउन सकिने संकेत दिनु खतरनाक सुनिन्छ । अझ त्यसमाथि अमेरिकीहरूले आफ्नो मात्र नभई (युरोपेली) साझेदारहरूको भूमिमा समेत आणविक हतियार राखिरहेको स्मरण गराउँदै पुटिनले आणविक हतियारको प्रथम उपयोगका लागि रुसलाई तयार पारिने संकेत दिएका हुन् । 

तर आफूहरूलाई आणविक हतियारको विनाशकारी क्षमताको ज्ञान भएकाले पागलले छुरा बोकेर बाटोमा हिँड्ने मानिसलाई तर्साए जस्तो गरी संसारभरि आणविक हतियार देखाउँदै नहिँड्ने उनले बताए । रुसको सर्वोच्च शासक तथा आणविक हतियार प्रहारको अनुमति दिने आधिकारिक व्यक्तिको हैसियतमा पुटिनले आफू तर्कसम्मत ढंगले अघि बढ्ने अनि पागलपन नदेखाउने बयान दिनु महत्त्वपूर्ण छ । 

रुसी पत्रकार तथा मानवअधिकारकर्मी अलेक्जान्डर स्कोबोभ चाहिँ पुटिनलाई विवेकशील नेता मान्दैनन् । रुसी वेबसाइट ग्रानिरु डट् रुमा एक आलेख प्रकाशित गर्दै (गूगल ट्रान्सलेसनबाट अर्थ निकालिएको) स्कोबोभले पुटिन पश्चिमलाई निमिट्यान्न बनाउनका लागि आणविक आक्रमण गराउने सोच बनाइरहेको र यो उनको जुनून नै भएको दाबी गर्छन् । युक्रेन युद्ध शुरू भएपछि पुटिनले रुस नै नभएको पृथ्वीको के काम भनी रुसका लागि पश्चिमको अस्तित्व समेत मेटाउन सकिने संकेत दिएका थिए । 

त्यसैगरी द न्युयोर्कर पत्रिकामा रुसी मूलका अमेरिकी स्तम्भकार माशा गेसेनले पनि लामो लेख प्रकाशित गर्दै पुटिनले आणविक हतियार उपयोग गर्न सक्ने तर्क गरेका छन् । चारैतिरबाट शत्रुले घेरेको अनि रुसको अस्तित्व जोखिममा रहेको उन्मादी सोच राख्ने पुटिनले पश्चिमलाई पाठ पढाउन आणविक हतियार प्रहार गर्न सक्ने आकलन गेसेनले गरेका हुन् । 

रुसको सरकारी टेलिभिजनमा आणविक हतियार उपयोगको अवश्यम्भाविताको बारेमा लगातार सामग्री आइरहेकोलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । 

तर पुटिनविरोधी स्कोबोभ र गेसेनको दाबीलाई पूरै पत्याउन सकिन्न । पुटिनलाई अविवेकी नेताका रूपमा प्रस्तुत गर्ने स्कोबोभ र गेसेनले एकध्रुवीय प्रभुत्व तथा साम्राज्यवादलाई जसरी भए पनि कायम राख्ने अमेरिकाको अभीष्टलाई चाहिँ विवेकशील कदम मानेका हुन् त ? 

बरू एकध्रुवीयता अन्त्य भएर अमेरिकालाई आफ्नै साझेदारले नटेर्ने स्थिति आएमा अमेरिकाले आफ्नो शक्तिको स्मरण गराउन आणविक हतियार उपयोग गर्न सक्ने सम्भावनामा पनि विचार गर्नुपर्ने हुन्छ । आखिर गत अक्टोबर महिनामा अमेरिकाले ल्याएको नयाँ सुरक्षा रणनीतिमा रुस र चीनबाट आउने सुरक्षा जोखिमको हवाला दिँदै अमेरिकाले आणविक हतियारको उपयोगलाई जायज ठहर्‍याउने कोशिश गरेको छ । 

पढ्नुहोस् यो पनि :

अनि इतिहासमै शत्रु मुलुकका विरुद्ध आणविक हतियारको उपयोग गर्ने एक मात्र राष्ट्र अमेरिका भएको तथ्य पनि स्मरणीय छ । दोस्रो विश्वयुद्ध अन्त्य हुने बेलामा जापानले आत्मसमर्पणका लागि लगभग मानिसकेको अवस्थामा समेत सोभियत संघलाई सन्देश दिनका लागि अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा अणुबम खसाएको थियो ।  

वास्तवमा पुटिनलाई आणविक हतियारको प्रतिकारात्मक उपयोगबाट एक कदम अघि बढी निवारणात्मक उपयोग अपनाउन प्रेरित गर्ने स्थिति नै अमेरिकाले गर्दा आएको हो । 

अमेरिकाले तत्कालीन सोभियत संघसित पारस्परिक विनाश (म्युचुअल्ली अस्योर्ड डिस्ट्रक्सन) को नीति अन्तर्गत आणविक हतियार निवारणात्मक प्रयोजनका लागि मात्र रहेको भन्ने विषयमा सहमत गराएको थियो । तर शीतयुद्ध सकिएको कैयौं वर्षपछि अमेरिकाले आफ्नो एकध्रुवीय प्रभुत्वलाई अक्षुण्ण राख्नका लागि आणविक हतियारको प्रथम उपयोग गर्न सकिने विनाशकारी नीति ल्याएपछि रुसको कान ठाडो भएको हो । 

विशेषगरी अमेरिकाले विकसित गरेको कन्भेन्सनल प्रम्प्ट ग्लोबल स्ट्राइक क्षमताले रुसको चिन्ता बढाइदिएको छ । उक्त क्षमताका साथ अमेरिकाले संसारको कुनै कुनामा एक घन्टाभित्र शत्रुको रणनीतिक तारोहरूमा सटीक प्रहार गर्ने परम्परागत हतियारका साथ आक्रमण गर्न सक्छ । अमेरिकाको त्यस क्षमताले रुसको सुरक्षालाई जोखिममा पार्नुअघि निवारणात्मक आक्रमण गरी ‘कमान्ड फसिलिटी’ लाई ध्वस्त पार्ने रणनीति रुसले पनि ल्याउन सक्ने पुटिनको संकेत बुझिन्छ भनी एसोसिएटेड प्रेसको सामग्रीमा उल्लेख गरिएको छ । 

त्यसो त पुटिनले लामै समयदेखि आणविक हतियार उपयोगको सम्भावना औंल्याउँदै आएका छन् । युक्रेन युद्ध शुरू भएलगत्तै पनि उनले देशको आणविक फौजलाई तयारी अवस्थामा रहनका लागि आदेश दिएका थिए । गत साता मात्र तीनपटक उनले आणविक हतियारको कुरा झिकेका छन् । 

पढ्नुहोस् यो पनि :

पुटिनले आणविक हतियारका विषयमा यस्तो किसिमको हलुका कुरा गर्न नहुने अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् । आणविक हतियारको हलुका कुरा गर्नु गैरजिम्मेवार भएको उनीहरूको भनाइ छ । 

पुटिनले आणविक हतियारको कुरा झिकिरहे पनि त्यो पश्चिमलाई तर्साउने उपाय मात्र भएको कतिपय अमेरिकी विश्लेषकहरूको तर्क छ । गत जुलाई महिनामा ब्लूमबर्ग पत्रिकामा स्तम्भ लेख्दै नेटोका पूर्व सुप्रिम अलाइड कमान्डर जेम्स स्टाभरिडिसले पुटिनले आफ्नो जीवन तथा आफ्नो देशलाई माया गर्ने भएकाले ती दुवैलाई जोखिममा पार्ने गरी आणविक हतियार चलाउँदैनन् भनी तर्क गरेका थिए । बरू पुटिनले युक्रेनमा रासायनिक हतियार चलाउन सक्ने उनको अनुमान छ ।

त्यस्तै येल विश्वविद्यालयमा इतिहासका प्राध्यापक टिमोथी स्नाइडरले युक्रेनमा आणविक हतियार प्रहार गर्दा पुटिन, रुसी जनता तथा रुसी सैनिकहरूलाई समेत क्षति (कोल्याटरल ड्यामेज) हुन सक्ने भएकाले उनी यस्तो जोखिम मोल्न चाहँदैनन् भनी तर्क गरेका छन् । 

यी दुई विश्लेषकले युक्रेनी भूमिमा रुसको सम्भावित आक्रमणको परिदृश्यलाई मद्देनजर गरी तर्क गरेका हुन् । कथंकदाचित् रुसले युक्रेनमा सीमित दायराको (ट्याक्टिल) वा बृहत् दायराको (स्ट्राटेजिक) आणविक हतियार प्रहार गरेछ भने अमेरिकाका राष्ट्रपति जो बाइडनको शब्द सापटी लिनुपर्दा सर्वविनाश (आर्मागेडन) को स्थिति आउनेछ । त्यसपछि अमेरिकाले पनि रुसविरुद्ध आणविक हतियार प्रहार गर्नुपर्ने हुन्छ अनि युक्रेन युद्ध विश्वयुद्धमा परिणत भएर मानवता नै नष्ट हुन सक्छ । 

यस्तो स्थिति आउन दिन नहुनेमा अमेरिका र रुस दुवै सचेत होलान् भनी विश्वले अपेक्षा गरेको छ । त्यसैले आणविक हतियार उपयोगको चर्चा तत्कालका लागि शब्दमा मात्र सीमित रहन सक्छ । तर कसैगरी पनि आफ्नो अभीष्ट प्राप्त नभएमा अमेरिका वा रुसमध्ये एकले आणविक हतियारको प्रथम उपयोग गरी सर्वविनाशकारी युद्धको सूत्रपात गर्न सक्ने सम्भावनालाई पनि पूरै नकार्न सकिन्न ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x