×

NMB BANK
NIC ASIA

राजनीति

संसदीय दलमा देउवाको तयारी : निकटस्थको परिचालनदेखि मन्त्री र नियुक्तिको आश्वासनसम्म

पुस २, २०७९

NTC
Premier Steels

कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिन आन्तरिक तयारी थालेका छन् । संसदीय दलको नेता प्रधानमन्त्री बन्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय दलको हैसियत कायम गरेका दलहरूले संसदीय दलको नेता चुन्नुपर्ने हुन्छ । कांग्रेसमा यसअघि पनि चुनावबाटै संसदीय दलको नेता चुनिँदै आएका छन् । 

Muktinath Bank

कांग्रेसका अर्का नेता एवं महामन्त्री गगन थापाले पनि संसदीय दलको नेताको उम्मेदवार बन्ने घोषणा गरेका छन् । आगामी प्रधानमन्त्रीमा दाबी गर्दै आएका थापाले यस पटक कांग्रेस सांसदहरूले आफूलाई संसदीय दलको नेता बनाउने सार्वजनिक दाबी गर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता पार्टी सभापति शेरबहादुर देउवा पनि छैँटौं कार्यकालका लागि प्रधानमन्त्रीमा दोहोरिने प्रयासमा छन् । देउवा निकटका नेताहरू अबको प्रधानमन्त्रीको रूपमा देउवा नै निर्विकल्प उम्मेदवार भएको दाबी गर्छन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका उपसभापति एवं उनीनिकट नेता पूर्णबहादुर खड्का देउवालाई सर्वसम्मत संसदीय दलको नेता बनाउनुपर्ने पक्षमा छन् । लोकान्तरसँगको कुराकानीमा खड्काले भनेका छन्, ‘सबैलाई मिलाएर, सबैको भूमिका सुनिश्चित गरेर उहाँ (देउवा)लाई संसदीय दलको सर्वसम्मत नेता बनाउनुपर्छ ।’

Vianet communication

देउवाको नेतृत्वमा सत्तारूढ गठबन्धनले चुनाव लडेको, कांग्रेसलाई पहिलो पार्टी बनाएका कामको सम्मानका लागि पनि देउवालाई संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनुपर्ने खड्का बताउँछन् । 

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनले चुनाव लड्यो । पार्टीले चुनाव लड्यो । उहाँकै नेतृत्वमा स्थानीय तहमा कांग्रेस पहिलो पार्टी बन्यो । अहिले प्रदेश र प्रतिनिधि सभा पनि उहाँकै नेतृत्वमा कांग्रेस पहिलो दल बन्यो । सभापतिको इच्छा रहेसम्म, रूची राखेसम्म दायाँबायाँ सोच्नु हुँदैन’, खड्का भन्छन् ।

संसदीय दलको चुनावको माहोल आफ्नो पक्षमा बनाउन कांग्रेसबाट निर्वाचित सबै सांसदहरूलाई देउवाले शनिवार बालुवाटार बोलाएर चियापान गराए ।

चियापान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले सांसदहरूलाई कांग्रेसको र संसदको पहिलो दलको प्रतिष्ठा कायम हुने गरी काम गर्न निर्देशन दिए । ‘जनतासँग तपाईंहरूले गरेको बाचा पूरा गर्नेगरी अनुशासित ढंगले सांसदको जिम्मेवारी निर्वाह गर्नुहोला । तपाईंहरूले गरेको कामले पार्टीको प्रतिष्ठा बढाउँछ’, देउवालाई उधृत गर्दै कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।

त्यसबाहेक देउवाले कांग्रेसबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएकाहरूलाई बालुवाटार बोलाएर एक्ला–एक्लै छलफल गरिरहेका छन् । विगतमा देउवाले छोटो भेट दिन पनि इन्कार गर्ने गरेको तर, अहिले भने आफैँले बोलाएर खुलेर कुरा गर्ने गरेको भन्दै कांग्रेसकै सांसदहरू दंग छन् । 

देउवाले आफ्नो पक्षका र कांग्रेसमा संस्थापन इतर खेमामा रहेका सबै सांसदहरूसँग छलफल गरिरहेका छन् । विगतमा आफैँले टिकट दिएर पठाएका तर, संसदीय दलको नेतामा गगन थापालाई सघाउने सम्भावना रहेको सांसदहरूलाई देउवाले प्राथमिकतामा राखेर भेट गरिरहेको कांग्रेसका एक सांसदले बताए ।

केही दिनअघि बालुवाटार गएर फर्किएका एक सांसदले भने, ‘हामीसँग सभापतिले यसरी खुलेर र समय दिएर कुराकानी गरेको थाहा थिएन । उहाँले पार्टीको जिम्मेवारी र भविष्यका बारेमा पनि कुरा गर्नुभयो । पार्टी र देश बनाउन कांग्रेस मिलेर अघि बढ्नुपर्ने विषय राख्नुभयो ।’

देउवाले बालुवाटार बोलाएर सांसदहरूलाई विभिन्न आश्वासनसमेत बाँडिरहेका छन् । देउवाले धेरैलाई मन्त्रीको अफर गरेका छन् भने कतिपयलाई राजनीतिक नियुक्तिमार्फत कार्यकर्ता व्यवस्थापनमा सहयोग गर्ने बचन दिएका छन् ।

त्यतिमात्रै होइन, देउवाले आफूनिकटका नेताहरूलाई संस्थापन इतरमा खुलेका सांसदहरूसँग निरन्तर भेटवार्तामा खटाएका छन् । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, विमलेन्द्र निधिले सांसदहरूलाई भेटेर देउवालाई संसदीय दलको नेता बनाउन सहयोग मागिरहेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत पनि निःशर्त देउवालाई संसदीय दलको नेता बनाउनुपर्ने बताउँछन् । पुस्तान्तरणको कुरा ल्याएर पार्टीमा विभाजनको विजारोपण गर्न खोजिएको उनी बताउँछन् । देउवाका विश्वासपात्र मानिने डा. महत भन्छन्, ‘देशको, पार्टीको नेतृत्व लिने भन्ने विषय आवश्यकताको सिद्धान्तले चल्छ । यो आयुको सिद्धान्तले चल्दैन । अहिले युवा पिढी चाहिन्छ, प्रौढ पिढी हुँदैन भने जुन विभाजन गर्ने कोसिस भएको छ, यो अनावश्यक बहस हो । यो जोड्नेभन्दा विभाजनको रेखा कोर्ने कोसिस हो ।’

पार्टीको स्पष्ट बहुमत नभएकाले विभिन्न पार्टीलाई जोडेर सरकार बनाउनुपर्ने र त्यसका लागि अन्य पार्टीले पनि विश्वास गर्ने व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने भएकाले अहिले देउवा नै संसदीय दलको नेता बन्ने महतको भनाइ छ । 

‘पार्टीको आफ्नो बहुमत छैन । अरु दलहरूलाई पनि जोडेर सरकार बनाउने हो । त्यसका लागि सर्वस्वीकार्य नेतृत्व चाहिन्छ । त्यसमा अनुभव पनि चाहिन्छ । सबैलाई जोडेर अघि बढाउने सीप पनि चाहिन्छ’, डा. महतले भने, ‘त्यो अवस्थामा, सार्वजनिक बहस र चर्चामा मात्रै रमाएर नेतृत्व लिन सकिन्न । त्यसमा पार्टीको र पार्टी बाहिरका दलहरूको पनि विश्वास लिन सक्नुपर्छ । सबैको विश्वास जितेर शासनसत्ता चलाउन पनि सक्नुपर्छ ।’

निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत बिहीवार बुझाइसकेको छ । अब जुनसुकै बेला राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्ने अवस्था छ । त्यसो हुँदा देउवाले चाँडोभन्दा चाँडो संसदीय दलको नेता बन्ने प्रयास थालेका छन् । 

शनिवार सांसदहरूलाई बधाई दिँदै सामूहिक भेटवार्ता गरेका देउवाले आइतवार दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । 

कांग्रेसको संसदीय दलको चुनावको तयारीको लागि आवश्यक निर्णय गर्ने गरी कार्य सम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । 

‘केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको चुनावको लागि अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्छ । त्यसले नै संसदीय दलको चुनाव गराउँछ’, खतिवडाले बताए । देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई राजधानीमै रहन पनि भनेका छन् । चाँडै संसदीय दलको चुनाव हुने भएकाले लामो कार्यक्रम बनाएर काठमाडौं बाहिर नजान भनिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

देउवाले कांग्रेसभित्र मात्रै होइन, कांग्रेस बाहिर पनि आफूलाई प्रधानमन्त्री बन्ने अनुकूल बतावरण बनाउने प्रयास गरिरहेका छन् । सरकार गठनको लागि बहुमत पुर्‍याउन जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग देउवा निरन्तर संवादमा छन् । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई चौधरी आजीवन कारावासको सजाय भोगिरहेका छन् । उनलाई जेलमुक्त गराउन देउवाले अध्यादेशको रिस्क लिएका छन् । यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेकी छैनन् ।

देउवाले प्रधानमन्त्री बन्ने प्रयास गरिरहेका बेला शनिवार नै गठबन्धनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । देउवाले भने कांग्रेसको संसदीय दलको नेता चयन भएपछि मात्रै त्यसबारेमा छलफल गर्ने जवाफ दिएर प्रचण्डलाई विदा गरेका छन् । 

कांग्रेसका देउवा र गगन थापाका अतिरिक्त रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंहले पनि संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । तर, उनीहरूले बलियो तयारी गरेको भने देखिएको छैन ।

कांग्रेस नेताहरू पनि संसदीय दलमा चुनावै भएको अवस्थामा देउवा र थापाकाबीचमा मात्रै प्रतिस्पर्धा हुने अवस्था आउने बताउँछन् । कांग्रेसको संस्थापन इतर खेमा भने थापालाई संसदीय दलको नेता बनाउने अभियानमा लागेको छ । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले बलियो साथ दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x