×

NIC ASIA

कांग्रेस संसदीय दलको निर्वाचन

गगनको उम्मेदवारीले ल्याएको तरंग : कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमै हलचलको संकेत !

पुस ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

उमेरले आफूभन्दा ३० वर्ष जेठो रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएर महामन्त्री गगन थापाले कांग्रेस वृत्तमा फेरि हलचल पैदा गरेका छन् । 

Muktinath Bank

पटक–पटक प्रधानमन्त्री, पार्टी सभापति र संसदीय दलको नेता बनिसकेका शेरबहादुर देउवालाई ४६ वर्षीय गगनले टक्कर दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गगनको उम्मेदवारीलाई कांग्रेसभित्र पुस्तान्तरणको नयाँ कडीको रूपमा व्याख्या गर्न थालिएको छ ।


Advertisment
Nabil box
Kumari

चुनावपछि प्रधानमन्त्रीमा एटेम्ट गर्ने उद्घोष गरेका गगनलाई काठमाडौं– ४ बाटै हराइदिन्छन् भन्ने विश्लेषण कांग्रेसमा भएको थियो । तर उनले विगतभन्दा फराकिलो मतान्तरसहित चुनाव जिते ।

Vianet communication

देउवाविरुद्ध भिड्न आफ्नै समूहभित्र सहमति जुटाउनु गगनका लागि चुनौती थियो । अन्तिममा शेखर कोइरालाको पनि समर्थन जुटाउन सफल भए । 

संसदीय दलको नेतामा उम्मेदवारी दर्तापछि गगनले भनेका छन्–

नेपाली कांग्रेसभित्र हुन लागेको निर्वाचनले पनि कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिइरहेको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएर आउनुभएका सबै सांसदहरूलाई अहिलेको संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन छैन । त्यसैले संसदीय दलको निर्वाचनका लागि मतदान भएर आएका छौं । हामी पार्टीका सदस्यहरूले मात्र छानेर मतदाता भएका होइनौं, आमजनताले छानेर मतदाता भएका हौं । मत हाल्ने सांसदहरूले हो । सांसदहरूले जनताको प्रतिनिधित्व गर्नुपर्छ ।  त्यसैले यो बेला आममतदाताहरूको माग के छ, उनीहरूले के चाहन्छन्, उनीहरूको प्रतिनिधित्व नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरूले भोलिको निर्वाचनमा पनि गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टी सभापतिसँग निर्वाचन लड्दैगर्दा विगतमा पार्टी सभापतिसँग उभिएको जस्तैगरी स्मरण गर्नुपर्छ । पार्टीलाई जीवन्तताका लागि यो आवश्यक छ । नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग यो कुरा जोडिएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरेको सुशासन हो । सुशासन र सुखद् परिणामका निम्ति कांग्रेसको दाबी हो । यसका निम्ति सांसदहरूले आफ्नो विवेकको प्रयोग गर्नुहुन्छ ।’

कांग्रेसमा बनेको समीकरण

गगनको उम्मेदवारीसँगै कांग्रेसमा नयाँ सम्भावना र समीकरण बनाइदिएको छ । महामन्त्री विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेल समेत एकै ठाउँमा उपस्थित भएका छन् ।

सिंहदरबारबाट सार्वजनिक भएको यो फोटोले कांग्रेसमा नयाँ तरंग सिर्जना गरिदिएको छ । 

काठमाडौं– ४ बाट गगन विजयी भएलगत्तै बधाई दिने क्रममा विश्वप्रकाशले गगनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका थिए । 

गत वर्ष भएको १४ औं महाधिवेशनमा फरक प्यानलबाट महामन्त्री लडेका विश्वप्रकाशले गगनलाई समर्थन गर्नुको राजनीतिक अर्थ र सन्देश छ । 

१५ औं महाधिवेशनमा विश्वप्रकाशलाई सघाउने शर्तमा अहिले गगनलाई समर्थन गरेको भनेर बाहिर चर्चा भएको छ । तर, विश्वप्रकाशले नै भनेका छन्, ‘अहिले हामी खोलो तर्दैछौं । पहाड चढ्नेबारे अहिले सल्लाह भएको छैन । महाधिवेशन ४ वर्ष पछि छ ।’ 

विश्वप्रकाशसँगै प्रदीप पौडेलले पनि गगनलाई समर्थन गरेका छन्, जो सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । कांग्रेसमा ‘च्याँखे थापेर शक्ति आर्जन’ गर्ने आरोप लागेका कृष्ण सिटौला समूहको समर्थन लिने क्रममा सिटौला समूहले पौडेललाई महामन्त्री भिडाएको थियो । विगतमा गगन पनि सिटौला समूहमै थिए ।

महाधिवेशनमा देउवाको समर्थन गरे पनि प्रदीपको केमेस्ट्री मिल्ने भनेको गगन र विश्वप्रकाशसँग नै हो । पहिलोपटक संसदीय चुनाव जितेका प्रदीप युवाहरूको भावना र चाहनाकै कारण गगनलाई समर्थन गर्न बाध्य भए । उनलाई देउवा क्याम्पमा लाग्दा परिवर्तनविरोधी भिलेन बनेको बिल्ला लाग्न सक्थ्यो । 

शेखरले चालेको सुझबुझपूर्ण कदम

संसदीय दलको नेताका स्वाभाविक दाबेदार रहे पनि कोइराला गगनको नाममा सहमत भए । शेखर र गगनबीच सहमति गराउन भूमिका खेलेका एक नेताका अनुसार आगामी महाधिवेशनमा कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भद्र सहमति भएको छ ।

उम्मेदवारी दर्तापछि शेखरलाई धन्यवाद दिँदै गगनले भनेका थिए, ‘पार्टीभित्र युवाहरूको चाहनाको बेगलाई उहाँले बुझेर संरक्षकत्व गर्नुभएको छ ।’

गगनको उम्मेदवारीको प्रस्तावक रहेका कोइरालाले संसदीय दलको कार्यालयमा उभिएर भने, ‘हामीहरूको बीचमा धेरै छलफल भयो । गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले उहाँलाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनमा हेर्दै जानुपर्छ । त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ,’ कोइरालाले भने । 

संसदीय दलको नेतामा संस्थापनइतरबाट दुवैजना उम्मेदवार बनेको भए दुवैले हार्ने र शेखर–गगन समूहमा फाटो आउने निश्चित थियो । पछि हट्न तयार नरहेका गगनलाई समर्थन गरेर कोइरालाले एकप्रकारको त्याग गरेका छन्, तर राजनीतिक लाभ लिइरहेका छन् । 

कोइरालाले देखाएको उदारताले १५ औं महाधिवेशनमा उनको सभापतिको दाबेदारी बलियो भएको छ । १४ औं महाधिवेशनको संघारसम्ममा संस्थापनइतरको नेता रामचन्द्र, शेखर या शशांक भन्नेमा विवाद थियो । संसदीय दलको नेतामा गगनलाई समर्थन गरेपछि १५ औं महाधिवेशनका लागि शेखर यो समूहबाट नेता बनेका छन् र उनले महाधिवेशनको तयारीका लागि समय पाएका छन् । 

संसदीय दलको नेतामा गगन विजयी हुने/नहुने केही घण्टापछि थाहा भइहाल्छ । संस्थापन पक्षका सांसद बाहुल्य रहेको समीकरण बदल्न सानोतिनो चमत्कार नै गर्नुपर्नेछ । तर, कांग्रेसको भविष्य र अहिलेका युवाको चाहनालाई बुझ्ने केही सांसदले कित्ता फेर्ने अनुमान कांग्रेसमा व्यापक छ । 

संसदीय दलको नेतामा जीतहार जेसुकै भए पनि शेखर, गगन, विश्वप्रकाश र प्रदीपहरूको एकजुटले कांग्रेभित्रको परिवर्तनको आकांक्षालाई उत्कट बनाइदिएको छ ।

देउवाको चतुर्‍याइँ र रामचन्द्रको लाचारी 

संसदीय दलको चुनावमा देउवाले फेरि अर्को बाजी मारेका छन् । हिजोसम्म संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने लालसासहित रामचन्द्रले कसरत गरिरहेका थिए । आफू प्रधानमन्त्री बन्दा सबैको चित्त बुझ्ने र आफूप्रति सहानुभूति रहेको दाबी गरेका पौडेल अन्तिममा देउवाको पक्षमा उभिए ।

देउवालाई समर्थन गर्नुको कारणमा पौडेलले भनेका छन्, ‘अहिलेको असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’

१३ औं महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका, २०६४ सालमा संसदीय दलको चुनावमा भिडेका र एकप्रकारले पार्टीभित्रका प्रतिस्पर्धी नेतालाई आफ्नो प्रस्तावक राखेर देउवाले आफूलाई राजनीतिको अब्बल खेलाडी प्रमाणित गरेका छन् । देशले आफ्नो भूमिका खोजिरहेको दाबी गर्ने पौडेलले सिंहदरबारको बाटो भन्द भए पनि शीतलनिवासको बास हुने आशा राखेर देउवालाई समर्थन गर्न विवश भएको चर्चा छ ।


आफूलाई संस्थापनइतरको नेता दाबी गर्ने पौडेल १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि तटस्थ बसेका थिए । तटस्थ बसे पनि उनको समर्थन देउवालाई थियो भन्ने अहिले आएर प्रमाणित भएको छ । विगतमा कोइराला (गिरिजाप्रसाद) क्याम्पमा बसेर देउवालाई कर्नरमा पारेका पौडेल अहिले आएर देउवाको प्रस्तावक बन्नु कांग्रेसमा रोमाञ्चक घटना भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x