×

NIC ASIA

‘परदेशी २’ फागुनमा पनि प्रदर्शनमा नआउने !

पुस ११, २०७९

Prabhu Bank
NTC
Premier Steels

०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ ।

Muktinath Bank

नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि फिल्मको प्रदर्शन मिति तोकियो – ०७९ को वडादशैं । यद्यपि, दशैँमा प्रदर्शनमा आउने फिल्मको संख्या धेरै देखियो । फिल्महरूको भीडभाडमा ‘परदेशी २’ प्रदर्शनमा आउन चाहेन । फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेर फिल्मको प्रचार–प्रसार अगाडि बढाइयो । 


Advertisment
Nabil box
Kumari

अन्ततः फागुनमा पनि यो फिल्म प्रदर्शनमा नआउने देखिएको छ । केही दृश्यहरू पुनः छायाँकन गर्ने र फिल्म आगामी वर्ष मात्रै रिलिज गर्ने सोच निर्माण टिमले बनाएको छ । स्रोतका अनुसार आगामी वर्षको तीज अर्थात् दशैँमा फिल्म प्रदर्शनमा ल्याउनेगरी छलफल गरिएको छ । 

Vianet communication

‘चित्त नबुझेको पार्टहरु पुनः सुटिङ गर्ने र रिलिज फागुनबाट पछि सार्ने कि भन्ने छलफल भएको छ’ टिमभित्रका एक सदस्यले भने, –‘तर निर्णयमै पुगिसकेको चाहिँ होइन ।’

‘परदेशी २’मा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको छ ।

लोकप्रिय गायक प्रकाश सपूतको यो डेब्यू फिल्म हो । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्मको निर्माण गरेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको कथा रहेको फिल्ममा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ ।

अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्मले पेश गर्छ । पोष्टर, टिजरसहित फिल्मको एउटा गीत समेत यसअघि सार्वजनिक भइसकेको छ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट फिल्म दिएको ब्यानर, हिट फिल्मको सिरिज, प्रकाशको डेब्यू फिल्म, स्टार कलाकारहरूको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’लाई प्रतीक्षित मानिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x