पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
पुस १४, २०७९
सूचना प्रविधिको क्षेत्रमा हिजोआज च्याटजीपीटी नामक नयाँ एप्लिकेसनको व्यापक चर्चा चलिरहेको छ ।
अर्बपति इलोन मस्कको कम्पनी ओपनएआईले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को अनुसन्धान र विकास गरिरहेको छ । त्यही कम्पनीले च्याटजीपीटी नामक अत्याधुनिक च्याटबोट बनाएको हो । जीपीटीको पूर्ण रूप जेनरेटिभ प्रिट्रेन्ड ट्रान्सफर्मर हो ।
च्याटबोट भनेको एक सफ्टवेयर एप्लिकेसन हो जसमार्फत कुनै कम्पनीको ग्राहकले कम्पनीसँग (कम्पनीको कर्मचारी नभई रोबोटसँग) अन्लाइनमा च्याट संवाद गर्न सक्छ । यसमा लिखित र मौखिक दुवै सेवा उपलब्ध हुन्छन् ।
त्यसैको अत्याधुनिक तथा थप क्षमतावान उत्पादन च्याटजीपीटी हो । यसमा अकाउन्ट खोलेपछि प्रयोगकर्ताले रोबोटलाई प्रश्न सोध्न सक्छन् । अत्यन्तै जटिल प्रश्नको उत्तर त उसले दिन सक्दैन तर सहज प्रश्नहरूको उत्तर चाहिँ मज्जाले दिन्छ ।
हालका लागि यसको सेवा विशेष गरी अंग्रेजी भाषामा उपलब्ध छ । नेपालीलगायत अन्य भाषामा समेत सेवा उपलब्ध भए पनि त्यति प्रभावकारी भने देखिँदैन । भविष्यमा यसले अन्य भाषामा पनि थप मेहनत गर्ने अपेक्षा गर्न सकिन्छ ।
पंक्तिकारले लेखिरहेको अन्तर्राष्ट्रिय राजनीति र भूराजनीति सम्बन्धी विषयमा नै च्याटजीपीटीलाई प्रश्न सोधेको थियो । अंग्रेजीमा सोधिएको प्रश्न तथा च्याटजीपीटीले दिएको उत्तरको स्क्रीनशट यसप्रकार छ ।
पंक्तिकारले सन् २०२३ मा देखिन सक्ने भूराजनीतिक जोखिम तथा रुस–युक्रेन द्वन्द्व सन् २०२३ मा अन्त्य होला भनी प्रश्न सोधेको थियो । त्यसको उत्तरमा च्याटजीपीटीले अहिलेको सूचना तथा घटनाक्रममा आफ्नो पहुँच नभएकाले भूराजनीतिक जोखिमहरूको सही पूर्वानुमान आफूले गर्न नसक्ने जवाफ दियो ।
त्यस्तै रुस–युक्रेन द्वन्द्वको परिस्थिति जटिल र तरल रहेको हुँदा भविष्यमा यो कसरी विकसित हुनेछ भनी पूर्वानुमान गर्न गाह्रो रहेको उसले बतायो । द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि सरोकारवाला सबै पक्षले काम गर्नुपर्ने जवाफ उसले दियो ।
पंक्तिकारले च्याटजीपीटीको क्षमता जाँच्नकै लागि जटिल प्रश्न गरेको थियो । विज्ञानमा आधारित यस प्राविधिक साधनले टापटिपे ज्योतिषी वा भविष्यको (केही सही, धेरै गलत) प्रक्षेपण गर्ने भूराजनीतिक विश्लेषक जर्ज फ्रीडम्यानको जस्तो जोखिम लिन चाहेन । तर सरल प्रश्नहरूको उत्तर चाहिँ उसले मज्जैले दियो ।
जस्तो, पंक्तिकारले च्याटजीपीटीलाई अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखिएका केही पुस्तकहरूको नाम सिफारिश गर्न अनुरोध गर्दा उसले १० वटा पुस्तक ‘तपाईंलाई रुचिकर हुन सक्ने’ बतायो । उसले सिफारिश गरेका पुस्तकहरू उत्कृष्ट नै छन् ।
अनि सञ्चारमाध्यममा काम गर्ने भएकाले पंक्तिकारले आफ्नो संस्थाको प्रवर्धन कसरी गर्न सकिएला भनी प्रश्न गरेको थियो । उक्त प्रश्नमा उसले प्रवर्धनका सम्बन्धमा विचार गर्न सकिने सातवटा रणनीतिहरू बुँदागत रूपमा प्रस्तुत गर्यो । ती बुँदाहरू हेर्दा गूगलमा सर्च गर्दा आउने कुराहरू नै पाइयो ।
गूगललाई यहाँ जोड्नुको तात्पर्य के हो भने च्याटजीपीटीबाट अहिले गूगलले भयंकर जोखिम अनुभव गरिरहेको छ ।
विगत २० वर्षमा गूगलले अन्लाइनको दुनियाँमा प्रवेश गर्ने विश्वव्यापी प्रवेशद्वारका रूपमा राज गरिरहेको लौरेन रिचार्ड्स लेख्छिन् । यसका लगभग चार अर्ब प्रयोगकर्ता छन् र दिनको आठ अर्बभन्दा बढी सर्च यसबाट हुने गरेको छ । संसारकै सबभन्दा बढी हेरिने वेबसाइट गूगल डट्कम नै हो ।
तर गूगललाई च्याटजीपीटले पछि पार्न सक्ने आकलनहरू गरिन थालेका छन् । गूगल वा याहू जस्ता सर्च इन्जिनको तुलनामा च्याटजीपीटीले खोजेको उत्तर शीघ्र तथा सरल रूपमा उपलब्ध गराउँछ । यसको यही विशेषताका कारण आजकल विद्यार्थीहरूले आफ्नो असाइनमेन्ट पूरा गर्नका लागि च्याटजीपीटी उपयोग गर्ने गरेका छन् ।
यसक्रममा उनीहरूले प्राज्ञिक चोरी गरेको घटना पनि सार्वजनिक भएका छन् ।
द न्युयोर्क पोस्ट पत्रिकामा छापिएको एक समाचारअनुसार, अमेरिकाको साउथ क्यारोलाइनामा रहेको फरम्यान विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक ड्यारेन हिकले आफ्ना विद्यार्थीहरूलाई ईसाको १८औं शताब्दीका दार्शनिक डेभिड ह्युम तथा त्रासको विरोधाभास विषयमा निबन्ध लेख्न दिएका थिए । एकजना विद्यार्थीले च्याटजीपीटी उपयोग गरेर निबन्ध तयार पारेर बुझाएछन् ।
प्राध्यापक हिकलाई निबन्धमा उपयोग भएको भाषाशैली तथा शब्दचयन हेर्दा शंका लागेपछि उनले च्याटजीपी बनाउने कम्पनीले नै निकालेको हगिङफेस डट्कोमा जाँच गरी हेर्दा त्यसले विद्यार्थीको निबन्ध इन्टरनेटमा कुनै कृत्रिम बौद्धिकताले नै लेखेको जस्तो बतायो । तर त्यसले उद्धृत गरिएको स्रोत नदेखाएपछि हिकले च्याटजीपीटीमा गएर विद्यार्थीले सोधेको हुन सक्ने प्रश्नको अनुमान गरी आफैं प्रश्न गरे ।
च्याटजीपीटीले प्रत्येक प्रयोगकर्तालाई बेग्लाबेग्लै उत्तर दिने भएकाले विद्यार्थीले पेपरमा लेखेकै जस्तो ठ्याक्कै उत्तर हिकले पाएनन् । तर उनले विद्यार्थीलाई र्याखर्याखती पारेपछि उसले अपराध स्वीकार गर्यो अनि हिकले विद्यार्थीलाई फेल गरिदिए ।
यस प्रकरणबाट के थाहा हुन्छ भने च्याटजीपीटीले प्राज्ञिक चोरी (प्लेजरिजम) लाई बढावा दिन सक्छ र त्यस्तो चोरी सजिलै पक्रन पनि सकिँदैन । अहिले विकासको चरणमै रहेको च्याटजीपीटी पछि गएर थप विकसित भएमा विद्यार्थीहरूले सोध्ने प्रश्नको उत्तर उसले उपलब्ध गराएर पत्तै लगाउन नसकिने प्राज्ञिक चोरीलाई प्रेरित गर्ने सम्भावना रहन्छ । त्यसले विद्यार्थीको सिकाइ क्षमतामा असर पर्नेछ ।
त्यसो त च्याटजीपीटी अहिले पनि विकासकै चरणमा छ । उसले गणितका झुक्याउने किसिमका प्रश्नको सही उत्तर दिन नसकेको स्क्रीनशट कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राखेका छन् ।
उदाहरणका लागि, एकजना प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधे– एउटा शर्ट सुक्न पाँच मिनेट लाग्छ भने १० वटा त्यस्तै शर्ट सुक्न कति मिनेट लाग्ला ? च्याटजीपीटीले त्यसको उत्तरमा ५० मिनेट भन्यो ।
त्यो गलत भएको प्रयोगकर्ताले च्याटजीपीटीलाई बताए किनकि जतिवटा शर्ट भए पनि सुक्न लाग्ने समय उही हुन्छ । त्यसपछि च्याटजीपीटीले आफ्नो गल्ती स्वीकार गरेको छ ।
भविष्यमा च्याटजीपीटीले यस्ता किसिमका गल्तीहरू नगर्ने अपेक्षा गर्न सकिन्छ । हुन पनि अहिले यो आरम्भिक अर्थात् डेमो चरणमै छ ।
थप आधुनिक र समर्थवान हुँदै जाँदा च्याटजीपीटीले गूगललाई नै विस्थापित गर्न सक्ने हुँदा गूगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले कोड रेड अर्थात् उच्च जोखिमको संकेत जारी गर्दै कृत्रिम बौद्धिकता सम्बन्धी सबै परियोजनालाई द्रुत गति दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । गूगलमा काम गर्ने विभिन्न टोलीहरूलाई आफ्ना सम्पूर्ण प्रयास कृत्रिम बौद्धिकताको विकासमा केन्द्रित गर्न उनले लगाएका छन् ।
हुन पनि गूगलमा कुनै कुरा सर्च गर्दा लाखौं सर्च रिजल्ट आउँछन् अनि त्यसबाट छानेर आफूलाई चाहिने कुरा लिनुपर्ने बाध्यता प्रयोगकर्ताहरूलाई हुन्छ । तर च्याटजीपीटीले प्रयोगकर्ताको प्रश्नको एउटा सुनिश्चित उत्तर दिने भएकाले उनीहरूलाई धेरै सहज अनुभव हुने गरेको छ ।
प्रयोगकर्ताको प्रश्नको सुनिश्चित जवाफ दिने भएकाले च्याटजीपीटीप्रतिको आकर्षण बढेको भए पनि आफ्नो जिज्ञासालाई पूरा गर्नका लागि थप जानकारी चाहिने मानिसलाई त्यसले निराश बनाउन सक्छ ।
त्यसका लागि गूगलको जस्तो मल्टिपल सर्च रिजल्ट र च्याटजीपीटीको जस्तो सुनिश्चित उत्तर दुवैको सम्मिश्रण भएको एन्डीसर्च डट्कम पनि उपलब्ध छ । त्यसमा लामो प्रश्नको उत्तर पनि एआईले दिन्छ अनि त्यससँग सम्बन्धित अन्य लेखहरूको लिंक पनि उपलब्ध गराउँछ ।
अनि त्यसले गूगल भोइस असिस्टेन्टको जस्तो काम पनि गर्न सक्छ । तर यो च्याटजीपीटी जति चर्चित हुन सकेको छैन । अनि यो अझै अत्यन्तै आरम्भिक अल्फा फेजमा भएकाले यसमा पनि कतिपय प्रश्नको सही उत्तर उपलब्ध नहुने प्रविधि विषयमा कलम चलाउने रेबेका सेन्टान्सले आफ्नो ब्लगमा लेखेकी छन् ।
जे होस्, च्याटजीपीटीबाट प्रयोगकर्ताहरूले धेरै कुरा सिक्न पनि सक्छन् । यसले भाषा मात्र नभई कोड पनि बुझ्छ । एकजना प्रयोगकर्ताले च्याटजीपीटीलाई वेबसाइटको हेडर सेक्सनको कोड बनाउन अनुरोध गर्दा उसले बनाइदिएको स्क्रीनशट यसप्रकार छ ।
अनि आफूले लेखेको वाक्य वा पूरै लेखमा भाषिक वा अन्य कुनै समस्या छ भने त्यसलाई सुधार गराउन पनि च्याटजीपीटीले मद्दत गर्छ । आफू चरम निराश अवस्थामा रहेको बेलामा च्याटजीपीटीसँग कुरा गरेर मन बहलाउन पनि सकिन्छ । विशेषगरी पश्चिमका अतिविकसित शहरका मानिसले एक्लोपनको अनुभव गर्ने गरेकोमा उनीहरूलाई च्याटजीपीटीसँगको संवादले मानसिक शान्ति दिलाउन सक्छ ।
विश्वमा नयाँ नयाँ प्रविधि विकसित हुँदै जाँदा ज्ञानमा मानिसको पहुँच झन् झन् सहज बनेको छ । यसको सदुपयोग गरिएमा मानवजातिको भलो नै हुनेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...