×

NIC ASIA

जीवन बदल्न ३ मिनेटको ध्यान– कहाँ र कसरी गर्ने ? [भिडियोसहित]

माघ २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । 

Muktinath Bank

शान्ति वन अभियान ‘द वे अफ लाइफ’का नाममा उनले ३ मिनेटको ध्यान सिकाउन थालेको दुईदशक पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरको गोदावारीस्थित उच्च स्थानमा अवस्थित प्राकृतिक वनमा २०५९ मा बुद्ध प्रतिमा स्थापना गर्दै उनले शुरू गरेको ध्यान अभियान अहिले शान्ति वनका नाममा विभिन्न स्थानमा फैलँदै गएको छ । 


Advertisment
Nabil box
Kumari

ललितपुरको गोदावरीसँगै काभ्रेको धुलिखेल र लुम्बिनीमा शान्ति वन संस्थागत भइसकेको छ । शान्ति वनलाई देशबाहिर समेत फैलाउने अभियानमा जुटेका छन्, उनी । 

Vianet communication

समयक्रम र मानिसहरूको व्यस्ततालाई मध्यनजर गर्दै आफूले छोटो समयको ध्यान सिकाउने गरेको शान्ति वन अभियानका संस्थापक डा. बज्राचार्य बताउँछन् । 

‘पहिले–पहिले र अहिले धेरै कुरामा परिवर्तन आएको छ । अहिलेका मानिसहरूले व्यस्तताको जीवन बिताइरहेका छन्,’ उनी भन्छन्, ‘समय र मानिसहरूको व्यस्ततालाई ध्यानमा राखेरै ३ मिनेटको ध्यान सिकाउँदै आएको हुँ ।’ 

लामो समय बस्दा ध्यान हुने, छोटो समय बस्दा नहुने भन्ने नरहेको उनी बताउँछन् । 

किन आवश्यक छ ध्यान ?

हिजोआज मानिसहरूलाई देख्दा लाग्छ, उनीहरूसँग फुर्सद नै छैन । उनीहरू व्यस्तताको जीवन व्यतीत गरिरहेका छन् । व्यस्त जीवनमा मानिसहरूको जीवनशैली भने झनझन् अव्यवस्थित बन्दै गइरहेको छ । 

बढ्दो व्यस्तता र अव्यवस्थित जीवनशैलीले मानिस अक्सर तनावमा रहने गरेको देखिन्छ । तनावमुक्त जीवन र मनलाई शान्त पार्नका लागि ध्यान आवश्यक रहेको ध्यानगुरुहरू बताउने गर्छन् । 

डा. बज्राचार्य क्रोध, ईर्ष्या र लालच हटाउँदै तनावमुक्त जीवन व्यतीतका लागि ध्यान आवश्यक रहेको बताउँछन् । यी कुराहरूले मानिसलाई दुखी बनाउने ती कुराहरू हटाउँदै मनलाई शान्त पार्न ध्यान आवश्यक रहेको उनको भनाइ छ । डा. बज्राचार्य भन्छन्, ‘ध्यान तन, मन र मष्तिष्कलाई ऊर्जा दिने एउटा स्रोत हो ।’ 

कसरी गर्ने तीन मिनेटको ध्यान ?

तीन मिनेटको ध्यान जहाँ र जतिबेला पनि गर्न सकिन्छ । घरमा, अफिसमा, एक्लै एवं मासमा पनि ध्यान गर्न सकिने डा. बज्राचार्य बताउँछन् । तर, ध्यान गर्दा मेरुदण्ड भने सिधा बनाउनुपर्छ । 

‘जबसम्म मेरुदण्डलाई सिधा बनाउन सक्दैनौं, तबसम्म राम्रोसँग ध्यान हुन सक्दैन,’ उनी भन्छन्, ‘त्यसपछि हातको बज्र औंला (चोरी औंला) र बुढी औंलाबीच स्पर्स गर्नुपर्छ । यसले मस्तिष्कलाई ऊर्जा दिन्छ । यसैको ऊर्जाबाट हामीले ध्यान प्राप्त गर्न सक्छौं ।’

मानिसलाई १ सय २० वर्ष बाँच्न सक्ने बनाउने सोच

डा. बज्राचार्य मानिसलाई १ सय २० वर्षभन्दा बढी बाँच्न सक्ने बनाउने आफ्नो ध्यानको उद्देश्य रहेको बताउँछन् । 

‘म बुढो भएँ, अब मेरो जीवन भगवानको हातमा हो भनेर छाडिदिने भए अर्कै कुरा भयो । नत्र हामीले आफ्नो शरीर, मन र मस्तिष्कलाई राम्रो राख्न सक्यौं भने यो सम्भव छ । तनावमुक्त जीवन बिताउन सक्यौं भने हामी १ सय २० वर्ष बढी बाँच्न सकिन्छ,’ उनले भने ।

एकअर्कासँग जोडिएर, भर परेर अगाडि बढ्न सके आफूले लिएको उद्देश्य पूरा हुन सक्ने उनी बताउँछन् । 

उनी ‘सिक्री’को उदाहरण दिँदै अगाडि थप्छन्, ‘सिक्री एउटा टुक्राले बन्दैन । त्यसको एक टुक्रा काम लाग्दैन । सिक्री बन्नका लागि एकअर्कासँग जोडिएर जानैपर्छ । त्यसैगरी हामीहरू जोडिएर गयौं भने चेन लाइफ बाँच्न सक्छौं ।’ 

‘मान्छे भएर जन्मनु नै सबैभन्दा ठूलो भाग्य’

पछिल्लो समय मानिसहरू विभिन्न कारणले तनावमा देखिन्छन् । तनावका कारण कतिपयले गलत कदम समेत चालिरहेको पाइन्छ । 

डा. बज्राचार्य मान्छे भएर जन्मिनु भनेकै सबैभन्दा ठूलो भाग्य भएको आम मानिसले बुझ्नुपर्ने बताउँछन् । 

‘कतिपयले आफूलाई मेरो भाग्य छैन समेत भन्नुभएको पाउँछु । म मान्छे भएर जन्मिएको छु, यो भनेकै सबैभन्दा ठूलो भाग्य हो भन्ने कुरा सबैले बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘हामी मान्छे भएर जन्मिनुभन्दा ठूलो भाग्य अरू छैन । हाम्रो समय अमूल्य छ । हाम्रो एक मिनेट पनि भाग्यमानीको समय हो भन्ने बुझ्नुपर्छ ।’

सकारात्मक सोचले मानिसलाई सफल बनाउने उनले बताए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x