मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन ३, २०७९
भारत र पाकिस्तानले सन् १९६० मा हस्ताक्षर गरेको इन्डस जल सन्धिमा पुनरवलोकन गर्नका लागि भारतले आग्रह गरेपछि विवाद चर्किएको छ ।
विश्व बैंकलाई साक्षी राखेर दुई देशले गरेको उक्त सम्झौताले इन्डस अर्थात् सिन्धु नदी तथा त्यसका शाखाहरूको पानी समतामूलक ढंगले दुई देशबीच विभाजन गर्ने प्रबन्ध मिलाएको थियो । विश्व बैंकसमेत यस सन्धिको हस्ताक्षरकर्ता हो ।
सन्धिबमोजिम पूर्वतर्फका तीन नदी व्यास, रावी र सतलज भारतलाई दिइएको थियो भने पश्चिमतर्फका तीन नदी चेनाब, इन्डस र झेलम पाकिस्तानले उपयोग गर्न पाएको थियो । पश्चिमतर्फका ती नदीहरू पनि भारतीय भूमिबाटै पाकिस्तान पुग्छन् अनि माथिल्लो तटवर्ती राज्य भएको नाताले भारतले पश्चिमतर्फका नदीहरूको अविरल जलप्रवाह सुनिश्चित गर्नुपर्ने हुन्छ ।
सन् २०१६ मा पाकिस्तानसमर्थित आतंकवादीहरूले जम्मु–कश्मीरको उरीमा १९ जना भारतीय सैनिक मारिने गरी आक्रमण गरेपछि कतिपय भारतीय नेताहरूले पाकिस्तानलाई दिइँदै आएको जलप्रवाह रोक्नुपर्ने माग समेत राखेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रगत र पानी एकैपटक बग्न सक्दैनन् भनी कठोर बयान दिएका थिए । त्यतिखेर जलप्रवाह रोक्ने काम त गरिएन तर अहिले भारत सरकारले सन्धिमा संशोधन गराउने प्रस्तावका साथ शक्तिप्रदर्शन गर्न खोजेको कतिपयले टिप्पणी गरिरहेका छन् ।
गत जनवरी २५ मा भारतले यस सन्धिको एक अनुच्छेदमा संशोधन गर्नुपर्ने भनी पाकिस्तानलाई सूचना पठाएको थियो । सन्धिको धारा ९ मा आपसी विवादसम्बन्धी व्यवस्था छ । त्यसमा संशोधन गर्ने विषयमा भारतले पाकिस्तानलाई ९० दिनभित्र जवाफ प्रस्तुत गर्न भनेको छ ।
भारतले सन्धिको धारा १२ (३) बमोजिम पाकिस्तानलाई सूचना पठाएको हो । उक्त धाराले सन्धिका प्रावधानहरूलाई दुई सरकारको सहमतिमा समयसमयमा संशोधन गर्न सकिने व्यवस्था गरेको छ ।
खासमा विवाद समाधान प्रक्रियालाई तीनवटा भागमा विभाजित गरिएको छ : प्रश्न, मतभिन्नता र विवाद । शुरूमा विवादलाई सन्धिमार्फत गठन गरिएको आयोगले समाधान गर्नुपर्छ ।
सन्धिले नै इन्डस रिभर कमिसन नामक एक आयोग बनाएको छ । त्यसका आयुक्तहरूले विवाद समाधान गर्न नसकेमा एक तटस्थ विज्ञ नियुक्ति गर्ने तथा त्यसबाट पनि काम नभएमा द हेगमा रहेको मध्यस्थता अदालत (पर्मानेन्ट कोर्ट अफ आर्बाइट्रेसन–पीसीए) जाने प्रावधान सन्धिमा छ ।
विगतमा दुई देशबीच जल बाँडफाँटका विषयमा विवाद उठ्ने गरेको भए पनि यसपटक चाहिँ विवाद समाधान गर्ने संयन्त्र स्वयं नै विवादको केन्द्रमा रहेको छ ।
अदालतको मध्यस्थता खोज्ने क्रममा पाकिस्तानले यस विषयलाई द हेगसमक्ष उठाएको छ । तर जनवरी महिनाको अन्त्यतिर डाकिएको अदालतको पहिलो बैठकमा भारतीय अधिकारीहरू उपस्थितै भएनन् ।
इन्डस वाटर्स ट्रीटीको विवाद समाधानका लागि पीसीए सक्षम निकाय नभएको जिकिर भारतले लिने गरेको छ । त्यसको साटो विज्ञको नेतृत्वमा रहेको प्रक्रिया पहिला पूरा गर्नु आवश्यक भएको भारतको तर्क छ ।
पीसीएले दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीचको विवादमा फिलिपिन्सको पक्षमा फैसला गरेको भए पनि चीनले त्यसलाई अटेरी गरेको कुराले पनि भारतलाई पीसीएको सक्षमतामा शंका लागेको हुन सक्छ ।
यस विवादको जडका विषयमा संक्षिप्त चर्चा आवश्यक छ । पश्चिमका तीनवटा नदीको २० प्रतिशत पानी भारतले सिँचाइ, यातायात र विद्युत् उत्पादनका लागि उपयोग गर्न पाउँछ । सन् १९८८ देखि भारतले झेलम नदीको एक शाखामा किशनगंगा जलविद्युत् परियोजनाको तयारी शुरू गरेपछि दुई देशबीच विवादको शृंखला शुरू भएको थियो ।
झेलममा भारतले परियोजना निर्माण गर्न त पाउँछ तर बाँध बनाउँदा त्यस नदीको जलप्रवाह सीमित गर्न चाहिँ पाउँदैन । झेलम सहितका तीन पश्चिमी नदीमा भारतले कुनै परियोजना शुरू गर्दा त्यसले पाकिस्तानतर्फको जलप्रवाह रोक्ने सम्भावना रहेको खण्डमा पाकिस्तानलाई पूर्व सूचना दिनुपर्ने हुन्छ ।
झेलम नदीको शाखाका रूपमा रहेको किशनगंगा नदीमा बनेको किशनगंगा परियोजना सन् २०१८ मा आरम्भ गरिएको थियो । त्यस्तै चेनाब नदीको रात्ले जलविद्युत् परियोजना अहिले निर्माणाधीन अवस्थामा छ ।
यी दुई परियोजनामा बनाइएका बाँधहरूका विषयमा पाकिस्तानले चिन्ता व्यक्त गर्दै आएको छ । यी बाँधहरूले नदीहरूको जलप्रवाह रोक्ने पाकिस्तानको दाबी छ । त्यस जलले आफ्नो ८० प्रतिशत सिँचाइ हुने भएकाले त्यसलाई रोक्दा कृषि क्षेत्र बर्बाद हुने भन्दै पाकिस्तानले भारतमाथि सन्धि उल्लंघनको आरोप लगाएको छ ।
अघिल्ला विवादहरूमा भारतले पहिला तटस्थ विज्ञबाट विवाद समाधान हुन नसकेमा मात्र मध्यस्थता अदालतमा जानुपर्ने जिकिर गरेको थियो । सन् २०१३ मा मध्यस्थता अदालतले अन्तरिम आदेश जारी गर्दै भारतलाई किशनगंगा बाँधको निर्माण पुनः शुरू गर्ने अनुमति दिएको थियो । सन् २०१८ मा परियोजना सञ्चालनमा आउन शुरू गरेको थियो ।
तर सन् २०१३ को आदेशले निर्धारित गरेबमोजिमको बाँधको डिजाइन भारतले अनुसरण नगरेको आरोप पाकिस्तानले लगाएको थियो । अनि त्यसै वर्ष भारतले किशनगंगाभन्दा ठूलो (८५० मेगावाटको) रात्ले जलविद्युत् परियोजनाको घोषणा गर्दा पाकिस्तानले यस विषयमा तटस्थ विज्ञमार्फत समाधान खोज्नुपर्ने अनुरोध गरेको थियो । तर सन् २०१६ मा उसले यो अनुरोध फिर्ता लिएर विश्व बैंकलाई विवाद समाधानका लागि मध्यस्थता अदालत गठन गर्न अनुरोध गरेको थियो ।
उता सन् २०१५ मा भारतले पाकिस्तानलाई किशनगंगा र रात्ले जलविद्युत् परियोजनाको छानबिन गरी प्राविधिक त्रुटि औंल्याउनका लागि तटस्थ विज्ञ नियुक्त गर्न पाकिस्तानलाई अनुरोध गरेको थियो । तर माथि पनि उल्लेख भएअनुसार, सन् २०१६ मा पाकिस्तानले यसमा मध्यस्थता अदालतको फैसला आउनुपर्ने प्रस्ताव राख्यो । त्यही वर्ष भारतले यस विवादमा समाधानमा तटस्थ विज्ञ नै नियुक्त गर्नुपर्ने अडान राखेको थियो ।
पाकिस्तान र भारतको यस फरक अनुरोधले विश्व बैंकलाई किंकर्तव्यविमूढ बनाएको थियो । शुरूमा उसले दुवै संयन्त्रलाई थाती राखेको थियो भने अनेकौं चरणको बैठकपछि गत अप्रिल महिनामा दुवै प्रक्रिया एकैपटक अगाडि बढाउने निर्णय लिएको थियो । त्यसो नगर्दा सन्धि नै धरापमा पर्ने उसको तर्क थियो ।
यसअघि चर्चा गरिएबमोजिम, यस सन्धिले विवादमा चरणबद्ध प्रक्रिया अपनाउन लगाउँछ । ती प्रक्रियाहरू पूरा नगरिकनै विश्व बैंकको अनुमतिमा पाकिस्तान द हेग पुगेको र यसो हुँदा सन्धिको मर्ममा आघात पुगेको भन्दै भारत अदालती सुनुवाइमा उपस्थित हुन नमानेको हो ।
पाकिस्तानले विवादमा तटस्थ विज्ञ तथा मध्यस्थता अदालतको चरणबद्ध उपयोग नगरेर विवाद समाधान संयन्त्र नै समस्याग्रस्त बनाएको भन्दै त्यससम्बन्धी अनुच्छेद संशोधन गर्न पनि भारतले प्रस्ताव राखेको हो ।
माथिल्लो तटवर्ती राज्यको हैसियतका कारण भारत यस विवादमा बलियो स्थानमा छ । उसले चाहेमा पाकिस्तानतर्फको जलप्रवाहलाई सीमित गरिदिन सक्छ भलै सन्धि भएको ६२ वर्षमा भारतले यस्तो कदम कहिल्यै चालेको छैन ।
तर भारत स्वयंले पनि अन्य स्थानमा सीमा पार गरेर आउने नदीहरूको आफू तल्लो तटवर्ती राज्य भएको कुरालाई हेक्का राख्नुपर्ने हुन्छ । ब्रह्मपुत्र नदीको माथिल्लो भाग (यार्लुङ साङ्पो) मा चीनले बाँधहरू बनाउँदा भारतले चिन्ता व्यक्त गरिरहेको छ । चीनले भारत तथा अन्य तल्लो तटवर्ती मुलुकहरूसँग जलप्रवाह तथ्यांक साझा नगरेकोमा पनि भारतीयहरूले असन्तुष्टि जनाउने गरेका छन् । यस तथ्यलाई समेत मनन गर्दै भारतले पाकिस्तानसँगको सीमापार नदी जलप्रवाह विवाद समाधान गर्नुपर्ने हुन्छ ।
भारतबाट पाकिस्तान पुग्ने नदीहरू विवादित जम्मु कश्मीर हुँदै जाने गरेका छन् अनि त्यही कश्मीरको पाकिस्तानअधीनस्थ क्षेत्रमा पर्ने गिल्गिट बाल्टिस्तानमा चीन–पाकिस्तान आर्थिक कोरिडोर पनि सञ्चालनमा छ । त्यसैले इन्डस वाटर ट्रीटीसम्बन्धी विवादमा चीन समेत जोडिएर आउने जोखिम छ ।
भारतलाई चीन र पाकिस्तान दुवैतर्फको मोर्चाबाट आइलाग्ने भूराजनीतिक जोखिम थप बल्झिने गरी सन्धिमाथिको छेडखानी वाञ्छनीय देखिँदैन ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...