असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिनेभएको छ । काइँलालाई कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखनगरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानका लागि नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
आगामी चैत ४ गते धरानमा एक कार्यक्रमबीच काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गर्ने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले बताए । प्रतिभा प्रतिष्ठानका अध्यक्ष अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले सो निर्णय गरेको थियो ।
बैरागी काइँलाको जन्म वि.सं. १९९६ साउन २५ गते बुधबारका दिन पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा भएको थियो । बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्ररत्नका रूपमा उनी जन्मिएका थिए ।
दार्जिलिङबाट स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध छन् । दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गरेका थिए ।
विशिष्ट रचनाशैलीका कारण नेपाली कविता–काव्यका फाँटमा पृथक् परिचय निर्माण गरेका काइँलाका कविता–काव्य विधातर्फ ‘वैरागी काइँलाका कविताहरू’, ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।
यसैगरी उनका लिम्बू भाषा र नेपाली भाषामा क्रमशः ‘साप्पोःक् चोमेन ः लिम्बूजातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुम ः प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम ः ईष्र्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम ः मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम ः आख्यान र अनुष्ठान’, ‘चइःत् मुन्धुम ः सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ गरी मुन्धुमका ११ ओटा कृति प्रकाशित छन् ।
२०४७ देखि २०५० र २०५१ देखि २०५६ गरी दुई कार्यकाल प्राज्ञ परिषद् सदस्य रहेका उनी हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य छन् । कविता–काव्य तथा मुन्धुमका क्षेत्रमा गरेको विशिष्ट योगदानबापत् साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न–शोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीति सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार आदि मानसम्मान र पुरस्कारद्वारा सम्मानित, पुरस्कृत तथा विभूषित भइसकेका छन् ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले समारोहमा विशिष्ट सङ्गीत–साधक एवम् गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र चर्चित कवि सुदीप पाख्रिनलाई प्रतिभा पुरस्कार अर्पण गर्ने भएको छ ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...