×

NIC ASIA

१२ केजीका मास्टर कृष्णप्रसाद : विनातलब ४२ वर्ष पढाए, अहिले अस्पताल चहार्दै [भिडियो]

फागुन ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ ।

Muktinath Bank

अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा अर्घाखाँचीको ठूलापोखरामा जन्मिएका पौडेल शुरूमा सामान्य थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११ वर्षको उमेरमा टाइफाइड बिग्रिएर पौडेल शारीरिक रूपमा अशक्त हुन पुगे । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

उनलाई ठीक पार्नका बुवाले धेरै अस्पताल लगे, तर निको भएन । ‘म ठीक नभएको देखेर मेरै पीरले बुवाको पनि मृत्यु भयो,’ पौडेल सम्झन्छन् ।

शारीरिक अशक्तताका कारण उनी न हिँड्न सक्छन्, न कसैको सहयोगविना कुनै काम गर्न ।

कक्षा ५ मा पढ्दै गर्दा उनी ओछ्यानमा परेका थिए । आफ्नो पढाइ अगाडि बढाउन सकेनन् । त्यसपछि उनको दैनिकी ओछ्यानमै बित्यो । खाना खानेदेखि शौचालय जानेसम्मका काम अरूको सहायताबाट गर्नुपर्‍यो ।

null

आफ्नो शारीरिक अवस्थाबाट उनी अलिकति पनि विचलित भएनन् । 

null

‘शरीर पो यस्तो भयो, तर म मरेको छैन नि ! मेरो मष्तिष्क त ताजै छ नि भन्ने सोच बनाएँ । मैले पढ्न नपाएपनि आफ्नो गाउँवरपरका बालबालिकालाई पढाएर शिक्षित बनाउने सोच बनाएँ,’ पौडेलले भने । 

त्यही अठोटका साथ उनले आफ्नो घरको आँगनमै विद्यार्थी भेला गरेर पढाउन शुरू गरे । उनी गणित र नेपालीमा अब्बल थिए । यसरी पढाउँदापढाउँदै उनी शिक्षक बने । 

null

कृष्णप्रसाद पौडेलले समाजलाई गरेको योगदानको कदर गर्दै सरकारले उनी संस्थापक रहने गरी निमाविसम्मको विद्यालय खोलिदियो । 

शैक्षिक योग्यता नपुगेको हुनाले उनी स्वयं भने दरबन्दीको शिक्षक बन्न पाएनन् । 

शारीरिकरूपमा अशक्त रहे पनि पौडेलले ४२ वर्ष निःशुल्क शिक्षण पेशामा बिताए । विद्यार्थीले नै बोकेर उनलाई स्कूलसम्म पुर्‍याउँथे ।

null

खाना नलीको समस्याका कारण उनी अहिले उपचारको सिलसिलामा काठमाडौं आएका छन् ।

बाँकी कथा भिडियोमा :
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x