असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
तिनताका गोपाल अध्यात्मदर्शन सम्बन्धी स्तम्भ लेख्ने गर्थ्यो । उसले जागिरको शुरूआती दिनदेखि नै नियमित गर्दै आएको थियो यसलाई ।
सायद त्यसै भएर हुनुपर्छ, बरोबर आध्यात्मिक सभा, गोष्ठी, सेमिनार, कार्यक्रम आदिमा निमन्त्रणा आउने गर्थ्यो । उसले पनि यथासम्भव सबैमा सहभागिता जनाउँदै आएको थियो । बिदाको दिन खासै अप्ठ्यारो थिएन । अघिपछि साँझ बिहानको समय भ्याउँथ्यो, लामो कार्यक्रम पर्दा भने बिदा लिने गथ्र्यो ।
एकपटक समाज विकास तथा अनुसन्धानको कामसित सम्बन्धित संस्थाद्वारा आयोजित कार्यक्रममा भाग लिन गोरखा जौवारीको धनसारसम्म जानुपर्ने भयो, संस्थाका तत्कालीन अध्यक्ष धिताल थरी सज्जनको निमन्त्रणामा । उनकै निर्देशनमा त्यहाँका महिला समूहले दैनिक १० मिनेट दान कार्यक्रमबाट कृष्ण मन्दिर बनाएका रहेछन् । त्यसैको उद्घाटन कार्यक्रममा जानुपर्ने भएको थियो ।
सेवा धर्मको पक्षपाती धितालजी जति मृदुभाषी थिए, त्यत्ति नै सहयोगी मनका धनी । गोरखा खरीबोटका धिताल परिवार सबै परोपकारीमै पर्छन् । यसमा उनी मात्र अपवादमा पर्ने कुरै भएन ।
त्यतिबेला अहिले जस्तो यातायात साधनको सहज पहुँच थिएन । सदरमुकामसम्म बस चले पनि त्यहाँबाट झण्डै १ दिन हिँडेर मात्र धनसार पुग्न सकिन्थ्यो । अहिले कस्तो छ कुन्नि ! सायद मोटर बाटो पुगिसकेको होला तर त्यतिबेला पैदल हिँड्नुको विकल्प थिएन । साथमा थिए शुरूदेखि नै संस्थाको विकासमा तन र मन दिँदै आएका मित्रद्वय न्यौपाने र अधिकारी थरका सज्जनहरू । बाटामा खासै अप्ठ्यारो परेन । मिलनसार मित्रहरूको साथ पाउँदा कतिबेला सदरमुकाम पुग्यो, पत्तै पाएन उसले । त्यसरात बिसौनी होटलमा बिताएर भोलिपल्ट सखारै धनसारतिर लाग्यो ।
यतिबेला उसलाई राम्रै लज्जाबोध भयो उसलाई । कारण उसले बडेमानको सुटेकेश बोकेर गएको थियो । जब ऊ सुटकेस झुण्ड्याएर हिँड्न लाग्यो, तब साथीहरूले बाध्य भएर भने, ‘सुटकेस लिएर जान त्यति सहज नहोला । बरु सामान के–के छ दिनुस्, हामी झोलामा राखिदिनेछौं ।’
साथीहरूले किन त्यसो भने तत्काल नबुझे पनि उनीहरूको आग्रहअनुसार सुटकेश त्यहीँ छाडी झोला भिरेर हिँडेको थियो ऊ । केही पर पुगेपछि पो थाहा पायो किन त्यसो भनेका रहेछन् भन्ने कुरा । बर्खा मासमा गाउँको बाटो किन हिँडिसाध्य हुन्थ्यो र ? कतै आली, कतै कुलो, कतै खोला र कतै खेतैखेत । त्यस्तो बाटोमा बडेमानको सुटकेश झुण्ड्याएर गएको भए हालत के हुन्थ्यो होला ? धन्य साथीहरूले सचेत गराएकाले त्यस्तो नौमत व्यहोर्नुपरेन तर त्यति सानो कुरामा पनि बुद्धि नपुर्याउने आफ्नो बाल बुद्धि सम्झेर लाज लाग्न भने अहिलेसम्म पनि छाडेको छैन उसलाई ।
खेत, पाखा, वन र दरौंदीको तिर हुँदै साँझपख जौवारी धन्सार पुग्यो । त्यहाँ पुगेपछि पो थाहा पायो सो संस्थाले गाउँको स्वरूप त अर्कै पो बनाइसकेको रहेछ । भदौको महिनामा पनि बाटोघाटोका सरसफाइ त्यतिकै, धारा, कुवा तथा पानी पँधेरोको सरसफाई त्यतिकै । सबैभन्दा ठूलो कुरा त एक घर एक चर्पीको अभियान राम्रो लाग्यो उसलाई ।
यी सबै संस्थाको नियमित बचत र १० मिनेट दान कार्यक्रमको करामत रहेछ । अर्को कुरा एक घर एक अतिथि लगायतका केही अभियानबाट ग्रामीण पर्यटन विकासको खाका पनि त्यतिबेलै कोरिसकेको रहेछ ।
घरगाउँको अवस्था अहिले कस्तो छ कुन्नि सायद अन्यत्र पनि एक घर एक चर्पी नै होलान् तर त्यतिबेलासम्म प्रायः सबैतिरका ग्रामीण महिला–पुरुष खुला स्थानमै शौच गर्न बाध्य हुन्थे, जसले गर्दा हिउँदयाममा नानाभाँतीका रोग फैलिने गथ्र्यो भने बर्सातको मौसममा हिँडडुल गर्न निकै मुस्किल पथ्र्यो स्यूस्यू लागेर । त्यसै भएर संस्थाले सर्वप्रथम एक घर एक चर्पीको अभियान चलाएको रहेछ ।
हाल गाउँघरमा घरैपिच्छे जे–जति चर्पी देखिएका छन्, त्यसको गर्भाधान यहीँबाट भएको हो भन्न त्यति अप्ठ्यारो मान्नुपर्ला जस्तो लाग्दैन ।
नियमित बचत र स्वास्थ्य बीमाको शुरूआत पनि यहीँबाट भएको जस्तो लाग्छ । यसो त विश्वमा सहकारीको नामबाट नियमित बचत गर्ने कार्यक्रमको शुरूआत धेरै पहिले नै भएको हो । नेपालकै परिप्रेक्ष्यमा पनि त्यति नौलो होइन यो तर त्यसलाई जनस्तर खासगरी ग्रामीण महिलाहरूको पहुँचसम्म पुर्याउने काम भने सोही संस्थाकै अगुवाइमा भएको हो ।
अहिले त मुुलुकमा सहकारीको नामबाट नियमित बचत गर्ने कार्यक्रमको लहर नै चलेको छ । यो छुट्टै कुरा हो कि कतिपय सहकारी बदनाम पनि भएका छन् तर सहकारी आफैंमा नराम्रो चाहिँ होइन । जरो खोज्दै जाँदा वेदिक ग्रन्थसम्मै पुगिन्छ यसको । वेदमा ‘सहनाववतु सहनौ भुनक्तु सहवीर्यं करवावहै’ भन्ने एउटा मन्त्र छ, जसको आशय हो हरेक काम आपसी सहकार्य कार्यबाट गर्दा राम्रो हुन्छ वा गर्नुपर्छ । एकाकी प्रयासबाट सानै काम पनि गर्न गाह्रो पर्छ । मिलेर गरे जे पनि गर्न सकिन्छ । एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त उखानै छ । संस्थाको नियमित बचत सम्बन्धी कार्यक्रमको गर्भमा यी र यस्तैयस्तै भावना अनुभूत गर्न सकिन्छ ।
जहाँसम्म स्वास्थ्य बीमाको कुरा छ, त्यसको जग बसाउने कार्यमा पनि सोही संस्थाको अग्रसरता देखिन्छ । पछि कांग्रेसी नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री भएपछि भने यसले सरकारी स्वरूप नै पाएको हो तर यसमा पनि संस्थाका अध्यक्ष धितालजीकै अगुवाइ रहेको बुझिन्छ । उनले मन्त्रीलाई अनुभव बाँडेपछि मात्रै मन्त्रीको ध्यान यता गएको हो । यद्यपि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री बनेका डा. उपेन्द्र देवकोटाको पालामा पनि केही प्रयास नभएको होइन तर उनको कार्यकाल छोटो भएकाले खासै प्रगति हुन पाएन ।
अहिले त सरकार आफैंले यसलाई अभियानको स्वरूप दिएको छ भन्ने सुनिन्छ । हो, होइन उही जानोस् । यदि सत्य हो भने राम्रो तर यसको श्रेय भने धितालजी र उनको टीमलाई दिनुपर्ने हुन्छ ।
जे होस् भोलिपल्ट कार्यक्रम सकियो । पर्सिपल्ट बिहान हिँडेर उही बिसौनी होटलमा बास बसी पाँचौं दिन काठमाडौं फर्केको थियो गोपाल । त्यतिबेला उसले गाउँको स्वरूप देखेर पहिले त पत्याउनै सकेको थिएन । बिस्तारै सबै कुरा खुल्दै गएपछि ऊ यति प्रभावित भयो कि केही सहभागीको भनाइ समेटेर समाचार नै बनाएको थियो तर प्रकाशित गराउन भने सकेन । किनकि उसले व्यक्तिगत खर्चमा तयार पारेको समाचार थियो त्यो ।
संस्था आफैंले खर्च गरेको समाचारलाई मात्र मान्यता दिने बानी बसेकाहरूलाई व्यक्तिगत खर्चमा आएको समाचार किन मान्य हुन्थ्यो र !
एकाध पटक उसले ताकेता गरेको पनि हो । यहीँ समाचार लिन कति खर्च गर्नुपथ्र्यो, जब १ पैसा पनि खर्च नगरी आएको छ भने किन छापिन्न भनेर आपत्ति जनाएको पनि हो तर बतास भने कसैको पनि कानमा छिरेन । त्यसपछि भने ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने गीत सम्झेर चित्त बुझाएको थियो उसले ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...