×

NIC ASIA

‘नेपाली फिल्म झुर भएको आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई’

बैशाख २५, २०८०

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामू नेपाली फिल्म झुर हुन्छन् भन्ने आरोपलाई गलत सावित गर्ने अवसर आएको बताएका छन् ।

Muktinath Bank

नक्कली भुटानी शरणार्थी प्रकरणप्रति लक्षित गर्दै शाहले ब्लकबस्टर फिल्म निर्माण गर्ने नाताले पनि प्रधानमन्त्रीसामु राम्रो अनुसन्धान गरी ब्लकबस्टर फिल्म बनाउने अवसर आएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सदनमा मैले पहिलो मन्तव्य राजनीति चलचित्र र यसका खलनायकको विषय उठाएको थिएँ । अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नु भएको भुटानी शरणार्थीको ट्रेलर सडकदेखि सदनदेखि ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्ममा ट्रेलर गज्जव हुने तर फिल्म झुर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ । यसै सन्दर्भमा ब्लकबस्टर फिल्म निर्माण गर्ने अनुभवी भएको नाताले सरकरालाई केही सुझाव दिन चाहन्छु’ शाहले भने, ‘दर्शकको लागि चलचित्र बनाउँदै छौ भने दर्शकले बुझ्ने गरी बनाउनुपर्छ । त्यस्तै गरी जनताको लागि ल्याउन लागिएको यो भुटानी शरणार्थीको फिल्म नेपाली जनताले बुझ्नेगरी पारदर्शी ढंगले अनुसन्धान हुनुपर्छ । खुट्टा नकमाइयोस् । चलचित्रमा लगानीकर्ताको प्रभावमा परी उसको अनुकूलता कथामा परिवर्तन गरियो भने चलचित्र डुब्छ । त्यसै गरी यहाँ पनि सरकारको कोही लगानीकर्ताको प्रलोभनमा नपरोस् । शङ्कास्पद नेतृत्व, विचौलिया, कर्मचारी जो कोहीको भूमिका भए पनि स्पष्ट छानबिन गरियोस् ।


Advertisment
Nabil box
Kumari

दायाँबायाँ नहोस् । कलाकार राख्दा फिल्म डुब्छ । यसैले आफ्ना निकटस्थलाई बचाउन खोज्दा देश डुब्छ ख्याल राखियोस् ।’ प्रधानमन्त्री प्रचण्डले नै केही दिन अगाडि शरणार्थी ठगी प्रकरणको ट्रेलर मात्रै आएको भन्दै फिल्म आउनै बाँकी भएको बताएका थिए । यो प्रकरणमा एकपछि अर्को राजनीतिक र उच्च प्रशासनिक व्यक्तिको संलग्नता खुल्दै गएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x