×

NMB BANK
NIC ASIA

युक्रेन युद्ध

रणनीतिक महत्त्वको बाखमुत रुसको नियन्त्रणमा, नयाँ चरणमा युक्रेन युद्ध

जेठ १०, २०८०

NTC
Reuters
Premier Steels

युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । 

Muktinath Bank

गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि सम्पूर्ण बाखमुत शहर आफूहरूको कब्जामा आइसकेको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बाखमुत नियन्त्रण लिएकोमा वाग्नरको प्रशंसा गरेका छन् । वाग्नर समूहले जुन महिनाभित्र उक्त शहरको जिम्मेवारी रुसी सैनिकहरूलाई दिने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

तर युक्रेनी अधिकारीहरूले बाखमुतमा पूर्णतया रुसको नियन्त्रण कायम नभइसकेको बताएका छन् । युक्रेनकी उपरक्षामन्त्री हान्ना मालियारले शहरको दक्षिणपश्चिम भागमा रहेका केही भवनमा युक्रेनी सैनिकहरूको अझै नियन्त्रण कायम रहेको अनि शहरको काँठ क्षेत्रमा उत्तर र दक्षिणतर्फको भाग नियन्त्रणमा लिन लडाइँ भइरहेको बताइन् ।

Vianet communication

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बाखमुत रुसको नियन्त्रणमा पुगेको दाबीलाई खारेज गरेको भए पनि बाखमुतका विषयमा निराशा व्यक्त गरेका छन् । जी७ शिखर सम्मेलनमा सहभागी हुन जापानको हिरोशिमा पुगेका जेलेन्स्कीले पत्रकारहरूसँग कुराकानी गर्दै त्यो शहर अब जीवित नरहेको र त्यसले हिरोशिमाको याद दिलाएको प्रतिक्रिया दिएका छन् । 

युद्धरत पक्षबाट सही सूचना पाउन गाह्रो हुने भए पनि वाग्नर समूहले सार्वजनिक गरेको भिडियो तथा तस्वीर अनि विभिन्न सैन्य संवाददाताहरूको विवरण हेर्दा बाखमुत युक्रेनको हातबाट फुस्किसकेको आभास मिल्छ । रणनीतिक रूपमा महत्त्वपूर्ण शहर बाखमुतको प्रतिरक्षाका लागि जेलेन्स्कीले अत्यन्तै जोड दिएर हजारौं सैनिकको बलिदान दिलाएको भए पनि उक्त शहर रुसको नियन्त्रणमा पुगेको छ ।

युद्धरत पक्षबाट सही सूचना पाउन गाह्रो हुने भए पनि वाग्नर समूहले सार्वजनिक गरेको भिडियो तथा तस्वीर अनि विभिन्न सैन्य संवाददाताहरूको विवरण हेर्दा बाखमुत युक्रेनको हातबाट फुस्किसकेको आभास मिल्छ । रणनीतिक रूपमा महत्त्वपूर्ण शहर बाखमुतको प्रतिरक्षाका लागि जेलेन्स्कीले अत्यन्तै जोड दिएर हजारौं सैनिकको बलिदान दिलाएको भए पनि उक्त शहर रुसको नियन्त्रणमा पुगेको छ ।

बाखमुतमा रहेका विभिन्न कब्रिस्तान तथा भिडन्त कारवाहीका भिडियो फूटेज टेलिग्राम च्यानलहरूमा उपलब्ध छन् । तिनलाई हेर्दा यस लडाइँमा रुसीहरू भन्दा बढी क्षति युक्रेनीहरूले बेहोर्नुपरेको देखिन्छ । तर किएभले आफ्नोतर्फ बढी क्षति भएको दाबीलाई खारेज गरिरहेको छ ।

मारिने सैनिकहरूको संख्यामा विवाद रहेको भए पनि बाखमुत २१औं शताब्दीको सबभन्दा रक्तरञ्जित लडाइँ भएको निश्चित छ । विशाल संख्यामा युक्रेनी सैनिकहरू मारिएकाले बाखमुतलाई ‘मासु टुक्रा पार्ने यन्त्र’ (मीट ग्राइन्डर) समेत भनिने गरेको छ । 

बाखमुतको सामरिक महत्त्व उच्च छ । रुसले युक्रेनका विरुद्ध विशेष सैन्य कारवाही चलाउनुमा युक्रेनी शासनबाट डोनबास क्षेत्रको मुक्तिलाई प्रमुख कारण बनाएको थियो । त्यो उद्देश्य पूर्तिका लागि बाखमुत रुसको नियन्त्रणमा आउनु जरूरी थियो । 

रणनीतिक रूपमा बाखमुतमाथिको विजयपछि रुसले अर्को प्रमुख शहर क्रामातोर्स्कतर्फ अघि बढ्ने अवसर पाएको छ । डोनबास क्षेत्र पूर्णरूपमा नियन्त्रणमा ल्याउनका लागि उक्त शहरमाथिको विजयले निकै ठूलो योगदान गर्नेछ । 

बाखमुत विजयको रणनीतिकका साथै प्रतीकात्मक महत्त्व पनि उच्च छ । यस विजयले रुसलाई खार्किभ र खर्सनमा केही महिनाअघि बेहोरेको क्षतिको भरपाई गरेको छ ।  

युक्रेनको हौसलालाई भने बाखमुत पराजयले ठूलै चोट दिएको छ । युक्रेनीहरूले बाखमुतलाई दोस्रो विश्वयुद्धताकाको स्तालिनग्रादका रूपमा लिएर यस शहरको प्रतिकारमार्फत रुसलाई कमजोर बनाउँदै उसमाथि विजय हासिल गर्ने सोच राखेका थिए । स्तालिनग्राद कब्जामा लिनका लागि हिटलरले विशाल संख्यामा नाजी सैनिकहरूको बलिदान चढाएकाले नै अन्ततोगत्वा उसको पराजय भएको इतिहास रुसको हकमा दोहोरिएला भनी युक्रेनीहरूले लगाएको दाउ विफल भएको छ । 

वास्तवमा पश्चिमी हतियार तथा सैन्य प्रशिक्षणको सहायतामा रुसका विरुद्ध प्रत्याक्रमण कारवाही गर्न उद्यत रहेको युक्रेनलाई बाखमुतमाथिको नियन्त्रण गुमाउनुपर्दा विशाल रणनीतिक क्षति पुगेको छ । अनि युक्रेनलाई समर्थन गरिरहेका पश्चिमाहरूमा पनि युक्रेनको क्षमताका विषयमा आशंका उब्जिएको छ । 

युक्रेनले रुसविरुद्ध युद्ध जितेरै छाड्ने भनी पश्चिमाहरूले लामो समयदेखि भन्दै आएकोमा अब यो ‘फ्रोजन कन्फ्लिक्ट’ अर्थात् कुनै पनि पक्षको विजय नभएको अनि युद्ध पनि अन्त्य नभएको स्थितिमा पुगिसकेको निष्कर्ष निकाल्न थालिएको छ । 

पोलिटिको पत्रिकामा गत साता प्रकाशित नहाल टूसीको सामग्री ‘युक्रेन कुड जोइन र्‍यांक्स अफ फ्रोजन कन्फ्लिक्ट्स, यू.एस. अफिसियल्स से’ मा उल्लेख भएअनुसार, कोरियाली प्रायद्वीप वा जम्मु–कश्मीर जस्तो गरी युक्रेन युद्ध पनि निष्क्रिय अवस्थामा कायम रहने देखिन्छ । अमेरिकाको बाइडन प्रशासनले युक्रेन र रुसलाई एउटा निश्चित सीमारेखा पार नगर्ने विषयमा मनाउन प्रयास गर्ने विकल्पमा विचार गरिरहेको टूसी लेख्छन् । त्यो रेखा आधिकारिक सीमा नै हुनुपर्छ भन्ने छैन ।

पोलिटोकोेको खबर सत्य हो भने अमेरिकाले लामो समयसम्म युक्रेनको सार्वभौमसत्ता तथा अखण्डतालाई दाउमा राख्दै कुनै पनि शान्ति सम्झौता नहुने भनी अड्डी कस्दै आएकोमा त्यसलाई तिलाञ्जलि दिन समेत तयार रहेको संकेत पाइन्छ । पोहोर सालबाट युक्रेनमाथि रुसले गरेको आक्रमणपछि रुसले हासिल गरेको भूमिमा नै सीमा बनाइने लक्षण अमेरिकी अधिकारीहरूको छलफलबाट भेउ पाइन्छ ।

बाखमुतमाथि रुसको विजयले पश्चिमी सैन्य गठबन्धन नेटोको विश्वसनीयतामा पनि प्रश्न उठाएको छ । पश्चिमले युक्रेनलाई घातक हतियारका साथै महत्त्वपूर्ण सामरिक सूचनाहरू उपलब्ध गराएको भए पनि रुसको निजी सैन्य समूह वाग्नरले युक्रेनीहरूलाई पराजित गरिदियो । अफगानिस्तान र इराक जस्ता मध्यमशक्ति भएका मुलुकहरू बराबर रुसलाई ठान्नु नेटोको महाभूल भएको बाखमुत पराजयले स्पष्ट बनाएको छ । 

यथार्थमा रुस अझै पनि हातहतियारको मामिलामा महाशक्ति मुलुक हो । सैन्य विश्लेषकहरूका अनुसार, रुससँग रहेको आर्टिलरी अनि त्यसबाट उसले विशाल संख्यामा प्रहार गरेका राउन्डको सामना गर्न युक्रेनीहरू असमर्थ रहे । रुसको असंख्य हतियारको प्रतिकार गर्न युक्रेनीहरूसँग पर्याप्त हतियार नै थिएन । 

अझ, त्यसमाथि रुसले आफ्नो नियमित सेना भन्दा पनि वाग्नरका रूपमा भाडाका सेनामार्फत बाखमुतमा विजय हासिल गर्नु आफैंमा महत्त्वपूर्ण छ । यसले गर्दा रुसको नियमित सेनालाई अत्यन्तै कम क्षति पुग्यो अनि उसले रिजर्भ (जगेडा) मा विशाल संख्याका सैनिकहरू युद्धको तयारी अवस्थामा राख्न पायो । 

रुसले आफ्नो नियमित सेना भन्दा पनि वाग्नरका रूपमा भाडाका सेनामार्फत बाखमुतमा विजय हासिल गर्नु आफैंमा महत्त्वपूर्ण छ । यसले गर्दा रुसको नियमित सेनालाई अत्यन्तै कम क्षति पुग्यो अनि उसले रिजर्भ (जगेडा) मा विशाल संख्याका सैनिकहरू युद्धको तयारी अवस्थामा राख्न पायो । 

त्यस तथ्यलाई जर्मनीको बाह्य गुप्तचर निकाय बीएनडीका प्रमुख ब्रुनो काहलले पनि पुष्टि गरेका छन् । सोमवार (२२ मे) बर्लिनमा फेडरल एकेडमी फर सिक्योरिटी पोलिसीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै काहलले रुस लामो समयसम्म युद्ध गर्नका लागि समर्थ रहेको बताए । रुसका जगेडा सैनिकहरूलाई युद्धमा उतार्न बाँकी रहेको अवस्थामा उसले दीर्घकालीन रूपमा पनि सैन्य परिचालनको क्षमता राख्ने काहलको भनाइ छ । 

यस्तो अवस्थामा पश्चिमले युक्रेनलाई मोहरा बनाएर गरिरहेको छद्मयुद्ध कुनै हालतमा पनि सफल हुने छेकछन्द पाइँदैन । 

दी अमेरिकन कन्जर्भेटिभ पत्रिकामा अमेरिकी सैन्य विश्लेषक सेवानिवृत्त कर्नेल डग्लस म्याकग्रेगरले गरेको तर्कअनुसार, अहिले लगभग ३० हजार युक्रेनी सैनिकहरू बेलायत, जर्मनी तथा अन्य नेटो मुलुकमा तालिम लिइरहेका छन् र उनीहरू देश फर्किएर प्रत्याक्रमण कारवाहीमा होमिन सक्छन् । तर युक्रेन युद्धको कमान्ड सम्हालिरहेका जनरल भ्यालरी गेरासिमोभ उक्त प्रत्याक्रमण कारवाहीको प्रतिकारका लागि योजना बनाएर तम्तयार भई बसेको म्याकग्रेगर लेख्छन् । 

वाग्नर जस्तो निजी समूहले हजारौं युक्रेनी सैनिकलाई बाखमुतमा सोत्तर बनाउन सकेको दृष्टान्त रहेकोमा रुसको नियमित सैनिकसँग युक्रेनीहरूको भिडन्तको परिणाम के होला भनी अनुमान गर्न सकिन्छ । 

त्यसैले यस युद्धलाई कूटनीतिक वार्तामार्फत अन्त्य गर्न पश्चिमले पहल गर्नुपर्ने हो तर रुसविरुद्धको चरम घृणाका कारण पश्चिमाहरू वार्ताका लागि तयार छैनन् । उनीहरूको यस नकारात्मक सोचका कारण थप युक्रेनीहरूले ज्यानको बलिदान दिनुपर्ने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x