×

NMB BANK
NIC ASIA

भ्युजका लागि मरिहत्ते

युट्युबमा सिधै किन्न पाइन्छ 'भ्युज' ?

९० प्रतिशतले गर्छन् डलर खर्चेर 'बुस्ट', 'फेक भ्युज'को पनि 'ट्रेन्ड'

जेठ १९, २०८०

NTC
Premier Steels

हिजोआज फेसबूक वाल ‘स्क्रोल’ गर्दा धेरै म्युजिक भिडियो देखिन्छन्, जसलाई विभिन्न पेजबाट ‘स्पोन्सर्ड’ (विज्ञापन) गरिएको हुन्छ । युट्युब खोल्दा माथिपट्टि ‘एड’ लेखिएको म्युजिक भिडियो पाउँछौं । 

Muktinath Bank

पछिल्लो समय बिरलै म्युजिक भिडियो होलान्, जसलाई फेसबूक र युट्युबमा ‘स्पोन्सर्ड’ नगरिएको होस् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई साताअघि युट्युबमा पल शाह अभिनीत ‘आँसु बनी नखस कहिले नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भयो । यस भिडियोलाई अहिलेसम्म २० लाखमाथि ‘भ्युज’ मिलेको छ, जसलाई राम्रो मान्न सकिन्छ । तर, भिडियोले छोटो समयमै लाखौं भ्युज पाउनुपछाडिको कारण भने अर्कै देखिन्छ । 


Advertisment
Nabil box
Kumari

उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै विभिन्न पेजबाट ‘बुस्ट’ गरिएको थियो । अभिनेता पल शाह, गायिका अनु चौधरी, मोडल सनिशा भट्टराई, केन्द्र मोशन पिक्चर्स लगायतको पेजबाट भिडियो ‘बुस्ट’ गरिएको थियो । 

Vianet communication

त्यसपछि पलको अर्को म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न ?’ सार्वजनिक भयो । पल र सनिशा ‘फिचर्ड’ उक्त भिडियो पनि थुप्रै पेजबाट ‘बुस्ट’ गरियो । पलको भिडियो धेरै ‘बुस्ट’ गरिएको भनेर सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरेका थिए ।

गत शनिवार सार्वजनिक गायिका स्मिता दाहालको ‘आँखामा गाजल’बालको गीत पनि धेरै पेजबाट ‘स्पोन्सर्ड’ गरियो । 

अभिनेत्री प्रियंका कार्कीलगायतको पेजबाट उक्त गीतको भिडियो ‘स्पोन्सर्ड’ छ । गायिका रानी शाक्यले आफ्नो पछिल्लो गीत ‘झिम परेली’ धेरैतिरबाट ‘बुस्ट’ गरेकी थिइन् ।

उक्त गीतलाई युट्युबमा समेत विज्ञापन गरिएको थियो । सांगीतिक बजारमा खासै नसुनिएको उक्त गीतको युट्युब भ्युज पनि २२ लाख पुगिसकेको छ । 

धेरै म्युजिक भिडियोहरू डलर खर्चिएर फेसबूकका साथै युट्युबमा पनि विज्ञापन गरिँदै आएको छ । 

निर्देशक निकेश खड्का पछिल्लो समय ‘बुस्ट’ वा विज्ञापन नगरिने म्युजिक भिडियोहरू बिरलै देखिने गरेको बताउँछन् ।

‘कि स्रोता/दर्शकलाई प्रतीक्षामा राखेको भिडियो हुनुपर्‍यो, नत्र पैसा तिरेर बुस्ट गरिएको हुन्छ,’ उनले भने ।

बलिउडमा पनि यसरी विज्ञापन गर्ने प्रचलन रहेको बताउँदै उनले थपे, ‘पहिले टेलिभिजनमा प्रोमो बजाउन समय किनेकोजस्तै अहिले प्रमोसनका लागि फेसबूक र युट्युब रोजाइमा छन् ।’

पछिल्लो समय युट्युबमा म्युजिक भिडियोको औसत भ्युज घटेको छ । अहिले धेरै स्रोता/दर्शकहरू टिकटकमा झुम्मिने गरेका छन् । सोही कारण टिकटकमा चलेका गीतले मात्र युट्युबमा राम्रो भ्युज पाएको देखिन्छ । 

‘पहिले स्रोता दर्शकहरूले युट्युब स्क्रोल गर्दै मन लागेको म्युजिक भिडियो हेर्थे । अहिले युट्युबमा त्यसरी दर्शकहरू झुमिँदैनन् जस्तो लाग्छ,’ निर्देशक खड्काले भने, ‘कि प्रकाश सपूतको जस्तो प्रोजेक्ट हुनुपर्‍यो, नत्र अन्यलाई स्रोता तथा दर्शकसम्म पुर्‍याउन प्रमोसन अनिवार्यजस्तै छ ।’ 

हिजोआज फेसबूक र युट्युब प्रमोसनका लागि भिडियो निर्माणकै क्रममा बजेट छुट्ट्याउने गरिएको छ ।

५० हजार रुपैयाँसम्म सामाजिक सञ्जालको प्रमोसनमा खर्च गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए । 

पछिल्लो समय फेसबूकभन्दा युट्युब विज्ञापनमा बढी ध्यान दिन थालिएको छ । युट्युबमा ‘मिनिमम भ्युज ग्यारेन्टी’ गरेर विज्ञापन गरिँदा पनि प्रमोसनका लागि युट्युब रोजाइमा पर्न थालेको निर्देशकहरूको भनाइ छ । 

२५/३० हजार नेपाली रुपैयाँ बराबर १ लाख भ्युज आउने दाबी गरेर युट्युब विज्ञापन गर्ने गरिएको सांगीतिक क्षेत्रलाई नियालिरहेकाहरू बताउँछन् । कुनै भिडियोमा उक्त भ्युज एक दिनमै आउने र कुनै भिडियोका लागि ४/५ दिन पनि लाग्ने गरेको उनीहरूको भनाइ छ ।

सिधै किन्न पनि पाइन्छ युट्युब भ्युज ?

धेरैले सुन्दै नसुनेका कतिपय गीतले युट्युबमा राम्रो भ्युज पाएका हुन्छन् । सामाजिक सञ्जालतिर खासै नछाएका, बजारमा समेत त्यति चर्चा नपाएका गीतको भ्युज कसरी लाखौं पुग्छ ?

अझ, पछिल्लो समय त गीतले युट्युबमा राम्रो भ्युज पाउन टिकटक लगायतका सामाजिक सञ्जालमा चल्नुपर्ने ‘ट्रेन्ड’ देखिएको छ ।

नसुनेका गीतहरूको आकर्षक युट्युब भ्युजलाई लिएर सांगीतिक बजारमा हल्ला सुनिन्छ, फेक भ्युज किनिएछ ! बजारमा आउने त्यस्तो हल्ला सत्य हो ? के युट्युबमा फेक भ्युज किनेर पाइन्छ ? निर्देशक खड्का जवाफमा भन्छन्, ‘पाइन्छ’ ।

उनका अनुसार चाह्यो भने ‘फेक भ्युज’ केहीछिनमै पाउन सकिन्छ । यद्यपि, सिधै भ्युज किन्नेहरू पछिल्लो समय भने आफूले एकदमै कम पाउने गरेको उनी बताउँछन् । 

‘यो भनेको फेक भ्युज हालिदिने हो । यसमा भ्युज मात्रै बढ्ने, लाइक र कमेन्ट थोरै देखिने हुँदा किनेको भन्ने धेरैले थाहा पाउन थाले । फेरि भ्युज किन्दा युट्युब च्यानललाई पनि असर गर्दोरहेछ,’ फिल्म निर्देशक समेत रहेका खड्काले भने, ‘च्यानललाई असर गर्ने भएपछि कलाकारहरू पनि त्यसरी भ्युज किन्न डराउन थाले । अहिले कमैले मात्र सिधै भ्युज किन्ने गरेका छन् ।’ 

एक/डेढ वर्ष अघिसम्म ‘फेक’ भ्युज किन्नेहरू अलि धेरै देखिने गरेकोमा अहिले घट्दै गएको निर्देशक खड्काको बुझाइ छ ।

सिधै किनिएको भ्युज पछि घट्ने गरेको समेत उदाहरण देखिएकाले सो क्रममा कमी आएको हुनसक्ने उनले बताए । 

नेपालमा चलेका दर्जनौं कलाकारको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका अर्का एक व्यक्तिले पनि चाह्यो भने सजिलै ‘फेक भ्युज’ किन्न सकिने दाबी गरे ।

‘त्यसरी काम गर्ने कतिपय त भ्युज हाल्ने व्यक्ति भनेरै सांगीतिक क्षेत्रमा परिचित छन्,’ उनले भने, ‘२५–३० हजार रुपैयाँ बराबर १ लाख भ्युज ‘ग्यारेन्टी’ गरेर उनीहरूले काम गर्ने गरेका छन् । छिट्टै धेरै भ्युज देखाउन चाहनेले यसरी किन्ने गरेका छन् ।’

आफूकहाँ पनि फेक भ्युज चाहियो भनेर धेरै नव कलाकारहरू आउने गरेको, तर आफूले त्यसरी काम नगरेको बताए । उनले त्यसरी आउने कलाकारहरूलाई सम्बन्धित व्यक्तिको नम्बर दिएर पठाउने गरेको बताए । 

आर्थिक हिसाबले केही सबल तर सांगीतिक क्षेत्रमा नयाँ रहेकाहरूले फेक भ्युज किन्ने गरेको अनुभव म्युजिक भिडियो बनाउनेहरूसँग छ । त्यसमा पनि फेक भ्युज किन्नेहरू बढी विदेशमा रहेर सांगीतिक क्षेत्रमा रहर गर्नेहरू देखिने गरेका छन् । फ्रोफेसनल कलाकारहरू भने कमैले मात्र भ्युज किन्ने गरेका छन् । 

सिधै भ्युज किन्नुमा फाइदाभन्दा बेफाइदा धेरै छन् । मेरो भिडियोले यति भ्युज पायो भनेर आत्मरतीमा रमाउनुभन्दा फेक भ्युजको अरू फाइदा नरहेको सांगीतिक क्षेत्रका जानकारहरू बताउँछन् । 

‘किनेको भ्युजबाट पैसा आउँदैन । च्यानललाई पनि असर गर्छ,’ कलाकारहरूको सामाजिक सञ्जाल व्यवस्थापन गर्दै आएका ती व्यक्तिको सुझाव छ, ‘म त जो कोहीलाई पनि त्यसरी भ्युज नकिन्न सल्लाह दिन्छु ।’ 

यति पैसा दिए यति भ्युज आउँछ, भिडियो सिधै ट्रेन्डिङमा ल्याइदिन्छु भनेर ‘बार्गेनिङ’ गर्नेहरू समेत सांगीतिक बजारमा प्रशस्त रहेको निर्देशकहरू बताउँछन् । यद्यपि, पैसा तिरेर भिडियो ट्रेन्डिङमा नआउने निर्देशक खड्काले बताए । डलर खर्च गरेर भ्युज किनेकै भरमा भिडियो ट्रेन्डिङमा नआउने उनको दाबी छ ।

निर्देशक सुव्रतराज आचार्य पनि युट्युबमा भ्युज किनेर मेरो भिडियो लाखौंले हेरे भन्नु आत्मरती मात्रै भएको बताउँछन् 

उनी गीत राम्रो छ भने भ्युज किन्नु वा बुस्ट गर्नु नपर्ने धारणा राख्छन् । ‘मैले निर्देशन गरेको गीत ‘मनमगन’ बुस्ट गरिएको थिएन । ‘हुकुम बस्कियोस्’ पनि बुस्ट गरिएको थिएन ।

‘पिरिम नलाउने’ले आफैं १० करोडभन्दा बढी भ्युज पायो,’ उनले भने, ‘गीत आफैंमा राम्रो भयो भने भ्युज किन्नु पर्दैन । यत्तिकै पनि राम्रो भ्युज पाउँछ ।’ 

पुराना कतिपय गीतहरू टिकटकका कारण अहिले हिट भएको उदाहरण दिँदै उनले राम्रो गीतहरू अहिले नचले पनि पछि चल्ने विश्वास व्यक्त गरे । 

उनले भनेजस्तै केही सीमित कलाकारका म्युजिक भिडियोले बुस्ट र युट्युब विज्ञापनविना लोभलाग्दो भ्युज पाउँदै आएका छन् ।

सामाजिक सञ्जालमा विज्ञापन र फेक भ्युजको ‘ट्रेन्ड’लाई लक्षित गर्दै मोडल सुनिल क्षेत्रीले फेसबूकमा असन्तुष्टि पोखेका छन्– ‘मीठो बनाए त खाइहाल्छन् नि ! जबरजस्ती खाइदे–खाइदे भनेर मुखमै ठुस्नुपर्छ र ?’ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x