×

NMB BANK
NIC ASIA

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएकाहरू नै यो देशका शत्रु हुन् भनेझैं गरेर राज्यले ती नागरिकलाई कथित सौताको व्यवहार गरिरहेको छ । राज्यले यो बिर्सेको छ कि गाँजालाई वैधानिकता दिएर नियमन गर्दै सारा नेपालीलाई सुख दिन सकिन्छ । उल्टो गाँजाको प्रवर्द्धनमा लागेकाहरूलाई जेलमा कोचिरहेको छ । 

Muktinath Bank

कुनैबेला नेपालको प्रतिनिधिमण्डल चीन जाँदा सहयोगको वार्तालापमा एक चिनियाँ नेताले भनेका थिए, ‘तपाईंहरू सुनको कचौरा लिएर भीख मागिरहनु भएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनका ती नेताले अर्थ्याएका थिए, ‘नेपाल जलविद्युत् र प्राकृतिक स्रोत उपयोग गरेर धनी हुन सक्छ ।’ जडीबुटीको उपयोगमा उनले संकेत गरेका थिए । योमध्ये एक थियो गाँजा उत्पादन र बिक्री । यति धनी हुँदाहुँदै के हामी सुनको कचौरा बोकेर दुनियासँग अनुदान र ऋण मागिरहेका छौं ? एकपटक दुनियाँतर्फ फर्कौं ।


Advertisment
Nabil box
Kumari

१६औं शताब्दीमा ब्रिटिश र फ्रान्सेली अधिनस्थ क्यानडा आर्थिक रूपमा कमजोर थियो । भूबनोटमा संसारको अब्बल भए पनि आदिवासीबीचको मतान्तर र विदेशी उपनिवेशले क्यानडा जर्जरको अवस्थामा थियो । त्यो बेला ब्रिटिशहरू लागूपदार्थको कारोवार गर्थे । गाँजालाई लागूपदार्थ बनाएर अन्य अमेरिकन मुलुकहरूमा निर्यात गर्दै आएका थिए । अधिकांश युवाहरू कुलतमा फस्दै गए । सन् १९८२ मा क्यानडा ऐन जारी गरेर ब्रिटिशहरू त्यहाँबाट अलग भए ।

Vianet communication

त्यसपछि गाँजाको वैधानिक नियमन शुरू गरियो । युवाहरूको कुलत हटाउने र औषधिका रूपमा प्रयोग गर्ने नीति क्यानडाले तयार पार्‍यो । फलस्वरूप क्यानडा औषधिजन्य सामग्रीका लागि गाँजाको कच्चा पदार्थ उत्पादनमा विश्वकै नम्बर वान बन्यो । यसको शुरूआत गरेका थिए, तत्कालीन प्रधानमन्त्री पियरे ट्रुडोले । उनले सन १९८० देखि ०८४ सम्म शासन गर्दा गाँजाको वैधानिकताबारे विश्वव्यापी बहस चलाएका थिए । पियरेकै पालामा तयार गरिएको गाँजा कानून सन् २००१ मा लागू गरियो । त्यसपछि मेडिकल प्रयोजनका लागि क्यानडाले गाँजालाई वैधानिकता प्रदान गरिदियो । अहिले क्यानडा गाँजा उत्पादन र यसका सामग्री निर्यात गरेर संसारमा धनी मुलुकमा दरिएको छ । 

यी पियरे हुन्, हालका जुझारू प्रधानमन्त्री जस्टिन ट्रुडोका बुवा । जस्टिनले पनि त्यही गरे । बुवाले देखाएको बाटो पछ्याए । गाँजा मुद्दामा परेका व्यक्तिलाई गैर–अपराधीकरण गर्न जस्टिनले नयाँ कानून निर्माण गरिदिएका छन् । फलस्वरूप अहिले क्यानडा धनी मात्र बनेको छैन, युवाहरू कुलतमा लाग्ने विकृतिमा झण्डै शतप्रतिशत कमी आएको छ ।

गाँजालाई वैधानिकता दिएर धनी भएको अर्को मुलुक हो, उरुग्वे । लामो समय स्पेनीहरूको उपनिवेश र वामपन्थी युद्धबाट प्रताडित दक्षिण अमेरिकन मुलुक उरुग्वे सन् २००० सम्म आइपुग्दा कंगाल मुलुक बनिसकेको थियो । स्पेनीहरूले छाडेर गएपछि आन्तरिक द्वन्द्वका कारण उरुग्वे लागूपदार्थका लागि विदेशीहरूको अखडा बन्दै गयो । राज्यले लागूपदार्थ कारोवारलाई नियन्त्रण गर्न सकेन । त्यसपछि गाँजा मुद्दामा युवाहरू धमाधम जेल पर्न थाले ।

यसले देशको युवाशक्ति क्षयीकरण भएको विवरण तयार पारेर तत्कालीन राष्ट्रपति जोस मुजाकाले गाँजालाई वैधानिकता दिने घोषणा गरे । विपक्षीको चर्को विरोधका बावजुद उनले गाँजालाई वैधानिकता मात्र दिएनन्, युवाहरूको शक्तिलाई रोजगारमा रूपान्तरण गरिदिए । गाँजालाई लागूपदार्थका रूपमा प्रयोग गर्न नियन्त्रण गरे । त्यसपछि उरुग्वे विस्तारै आर्थिक रूपमा सम्पन्न मात्र बनेन, लाखौं युवाहरूले रोजगार पाउँदै गए । अन्ततः सन् २०१४ मा तत्कालीन राष्ट्रपति जोस मुजाकालाई गाँजा उत्पादन र बिक्रीलाई वैधता प्रदान गर्न सफल भएकोमा नोबेल पुरस्कारका लागि मनोनयन गरिएको थियो । अहिले यो मुलुकमा लागूपदार्थ प्रयोग नियन्त्रणमा आइसकेको छ भने रोजगार र उत्पादनमा निकै बढोत्तरी भएको छ ।

विश्वका जुन–जुन मुलुकमा गाँजा प्रतिबन्ध छ, त्यहाँ अपराधीकरण तीव्र बन्दै गएको छ । जहाँ नियमन गर्दै वैधता प्रदान गरिएको छ, त्यहाँ युवाहरू कुलतबाट टाढा हुँदै गएका छन् । यसले के प्रमाणित गर्छ भने निषेधले कुलत सुधार्ने होइन । कुलत हटाउन खुला गर्नुपर्छ । जुन वस्तु जति खुला हुन्छ, त्यसको गलत उपयोग त्यति नै कम हुन जान्छ । छोपिएको वस्तुमा खतरनाक दृष्टि परिरहेको हुन्छ । मेक्सिको त्यही अमेरिकन देश हो, जहाँ लागूपदार्थको कारोवारले आर्थिक अवस्था थिलोथिलो भएको छ । अपराधीकरण बढिरहेको छ । मेक्सिकोमा गाँजा प्रतिबन्ध छ । 

हाम्रो छिमेकी मुलुक भारतकै कुरा गरौं । भारतमा गाँजा प्रतिबन्ध छ । तर विश्वमा गाँजाजन्य लागूपदार्थ बिक्री गर्ने र अपराधमा संलग्न हुनेमा भारतीयहरू सबैभन्दा अघि छन्, जुन कुरा विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले सार्वजनिक गर्दै आएका छन् । 

भौतिक विकासमा भारत जति अघि छ, त्यति नै अघि गरीबी र सडकमा मागेर बस्ने भिखारीहरूको संख्यामा पनि छ । भारतजस्तै, गाँजामा प्रतिबन्ध लगाउने अधिकांश मुलुकको हालत दरिद्र, बेरोजगार, अपराध र नैरास्यतामा जकडिएको अवस्था छ । फेरि, अफिम खेती गर्ने अफगानिस्तानजस्तो त हुने होइन भनेर एकथरिले तर्क गर्न सक्छन् । अफगानिस्तान जस्तो आतंकवाद उत्पादन गर्ने होइन, क्यानडाजस्तो डलर फलाउने उद्देश्यमा जोड दिने भनिएको हो । 

अब हाम्रै देशतर्फ फर्कौं । गाँजा भन्नेबित्तिकै हामी गँजडी, भुसाहाजस्ता कुलत शब्दको उपहासमा जकडिएका छौं । यसलाई धूवाँमा उडाएर होइन, औषधि र कयाैं उपयोगी सामग्रीमा रूपान्तरण गर्न सकिन्छ भन्ने ज्ञान पाएका छैनौं । यसको मुख्य दोषी राज्य हो । राज्यले नै सही बाटो देखाउन सक्दैन भने नागरिकहरू स्वतः गुमराहमा पर्दै जान्छन् । अहिले बल्ल गाँजाको उपयोगका बारेमा सही बहस चल्न थालेको छ । विभिन्न अभियानकर्ता र राजनीतिक दलहरूमा यो विषयले प्रवेश पाएको छ । गाँजालाई व्यवसायीकरण गर्ने आधार के हुन सक्छन्, अब त्यो विषयमा चर्चा गरौं । निम्न पाँच आधारबाट नेपालले गाँजालाई पूर्ण व्यवसायीकरण गर्न सक्छ । 

आज क्यानडाले अर्थोपार्जन मात्र गरेको छैन, गाँजाको कुलतमा फसेका हजारौं युवालाई मुक्ति प्रदान गरेको छ । यसको कारण नै गाँजालाई वैधानिक बनाएर व्यवसायीकरण गर्नु हो । गाँजा धूवाँमा उडाउने वस्तु मात्र होइन, यो हामीले भात खाने मुख्य आम्दानीको स्रोत हो भन्ने जनजागरण पैदा गर्नुपर्छ ।

१. नेपालको विविध हावापानीमा अनेक प्रकारका गाँजा उत्पादन हुन्छ । अहिले देशभरका सार्वजनिक जमिनमा फैलिएको गाँजा देख्दा यो कुरा सिद्ध हुन्छ । ठाउँ अनुसार, विभिन्न प्रकारको गाँजासहजै उत्पादन हुने भएकाले जग्गाको विवरण र उत्पादन परिणाम अध्ययन गरेर तुरुन्त लागत संकलन गर्नुपर्छ ।

२. नेपालमा वार्षिक करीब ३ लाखको संख्यामा युवाशक्ति रोजगारका लागि तयार हुन्छन् । उनीहरू सबैलाई संघीय सरकारको निर्देशनबमोजिम हरेक पालिकाले गाँजा उत्पादन, नियन्त्रण, कानूनी प्रक्रिया, व्यवस्थापन र आम्दानीको तालिम दिनुपर्छ । योग्य सबै युवालाई गाँजा उत्पादन र यसको व्यवसायमा संलग्नका लागि लाइसेन्स उपलब्ध गराउनुपर्छ ।

३. गाँजा उत्पादन गर्न मलखाद, विषादीको लागत शून्य हुन्छ, यसमा अतिविपन्न परिवारदेखि सम्भ्रान्त व्यक्तिले समेत समान रूपले काम गर्न सक्छन् । त्यसका लागि राज्यले अनुसन्धान, अध्ययन र अवलोकन गरेर औषधि, लत्ताकपडा, अन्य घरायसी सामग्री निर्माण गर्ने वृहत् योजना तयार पार्नुपर्छ । गाँजाका सामग्री निर्माण गर्ने कलकारखाना खोल्नुपर्छ । औषधि उद्योगलाई व्यापक बनाउनुपर्छ । साथै, यसको कच्चा पदार्थ बाह्य मुलुकमा निर्यात गर्न सम्बन्धित देशसँग सरकारीस्तरमा वार्ता गरी व्यवसायी साझेदारी गर्नुपर्छ ।

४. गाँजाको गैरकानूनी प्रयोग, यसको चोरीनिकासी र कुलतमा संलग्नहरूलाई आजीवन यसको कारोबार गर्न नपाउने कानून निर्माण गर्नुपर्छ, ता कि एकातिर आम्दानीको स्रोत बन्द हुने डरले कोही पनि कुलतमा फस्न नसकोस्, अर्कातिर सामाजिक वहिष्करणमा पर्ने भयले कोही व्यक्ति पनि चोरी निकासीमा संलग्न नहोस् ।

५. हरेक पालिकाका वडास्तरमा यसको भण्डारण र संकलन राज्यतहबाट हुनु अनिवार्य छ । कुनै पनि किसानले उत्पादन गरेको गाँजाको बजारीकरणमा कुनै झञ्झट नपरोस् । जसरी राज्यले शिक्षा, स्वास्थ्यमा केन्द्र तहबाट कर्मचारी संयन्त्र बनाएको छ, त्यसरी नै गाँजा व्यवस्थापन, संकलन, भण्डारणका लागि केन्द्रदेखि वडा तहसम्म सरकारी संयन्त्र निर्माण गर्नुपर्छ । 

अन्त्यमा

हामीलाई अब सुखी र धनी हुन धेरै हतारो भैसकेको छ । राज्यले गाँजा फाँडेर बहादुरी देखाउने होइन, गाँजा उत्पादनको मेरुदण्ड बनेर जनतालाई समृद्धिको मार्गमा लान सक्नुपर्छ । हिजो गाँजा फाँडेर गरीब भयौं, अब गाँजा बेचेर धनी बनौं भन्ने प्रण गर्न जरुरी छ । त्यसका लागि क्यानडा, अमेरिका लगायतका देशहरूमा एकपटक फर्कनैपर्छ । जति खुला वातावरण तयार हुन्छ, उति मानिसले स्वनियन्त्रणमा बाँच्न सिक्छ ।

आज क्यानडाले अर्थोपार्जन मात्र गरेको छैन, गाँजाको कुलतमा फसेका हजारौं युवालाई मुक्ति प्रदान गरेको छ । यसको कारण नै गाँजालाई वैधानिक बनाएर व्यवसायीकरण गर्नु हो । गाँजा धूवाँमा उडाउने वस्तु मात्र होइन, यो हामीले भात खाने मुख्य आम्दानीको स्रोत हो भन्ने जनजागरण पैदा गर्नुपर्छ ।

सरकारले गाँजा खेती व्यवस्थापन ऐन २०७६ जारी गरिसकेको छ । तर, यसले मात्र पुग्दैन, किनकि यो ऐन पूर्णत व्यावहारिक छैन । सरकारले हालै जारी गरेको बजेटमा औषधिजन्य उपयोगका लागि गाँजाको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । यो झारा टार्ने उपाय मात्र हो । अब कुनै किताबमा होइन, सिधै ‘एक्सन’मा जान ढिला भइसकेको छ । जनतामा मुलुक विकास गर्न जसरी हुटहुटी पैदा भइरहेको छ, त्यसरी नै सरकारलाई जनता धनी बनाउन हुटहुटीको जरुरी छ । 

हाम्रा सार्वजनिकदेखि निजी जमिनहरू त्यसै बाँझो बनेर खेर गइरहेका छन् । खोल्साखाल्सीमा झ्याँगिएका गाँजाहरू सोत्तर बनिरहेका छन् । यी कुनै सोत्तर बनाउने पतझर होइनन्,  पैसाका कुन्यू हुन् । डलरका भकारी हुन् । आज देशभरका कुनाकुनामा हुर्किएका पैसाका बोटहरू हामी फाँडिरहेका छौं । अहिलेसम्म ‘विनाशकाले विपरीत बुद्धि’ भनेजस्तो भयौं । अब कम्तीमा पनि, बुद्धिमानी बनौं । सुख हाम्रो घरघरमा छ । तर, हामी सुख खोज्न पराई मुलुकमा भौंतारिरहेका छौं । अब चेतौं । ०८० को यो दशकलाई समृद्धिको उज्यालो कालखण्डमा रूपान्तरण गरौं । गाँजा उत्पादन, उपयोग र बिक्री नै अर्बौं डलरको खानी हो भन्ने मूलमन्त्र जप्न सबै तयार बनौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x