×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको भारत भ्रमण र ओलीको आक्रोश

प्रचण्डमाथि किन खनिँदैछन् ओली ?

काठमाडाैं | जेठ २७, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्केपछि एमाले अध्यक्ष केपी शर्मा ओली दिनहुँ उनीविरुद्ध खनिन थालेका छन् ।

Muktinath Bank

प्रचण्डको भ्रमण असफल भएको तथ्य स्थापित गर्न ओलीले संसददेखि सार्वजनिक मञ्चमा घण्टौं प्रवचन दिँदै आइरहेका छन् । यता प्रचण्डले भने आफ्नो भ्रमणको सफलताबाट विरोधी र विपक्षी आत्तिएको बताउँदै आएका छन् । ‘भारत भ्रमणमा के गरेर आउनु भयो ? दुई वटा नदी कौडीको मोलमा दिनुभएको छ । बाँध बाँधेर जमाइएको पानी हाम्रो हो । हाम्रो अधिकारको कुरा हो,’ ओलीले प्रधानमन्त्री प्रचण्डलाई आरोप लगाउँदै भने, ‘युक्रेनका वारले हामीकहाँ धुलो उडायो कि के गर्‍यो ? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको ? किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री भारतबाट फर्केर संसदमा जवाफ दिन लाग्दासमेत एमाले, रास्वपा र राप्रपाले अवरोध गरेका थिए । सीमाको विषय, विभिन्न जलविद्युत पूर्वाधार, विद्युत व्यापारजस्ता विषयमा नेपाललाई तल पार्ने गरी प्रधानमन्त्री प्रस्तुत भएको आरोप विपक्षी दलहरूको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री भारतबाट आएपछि एमाले अध्यक्ष ओलीले संसदमा नै घण्टौं बोलिसकेका छन् । दिनहुँ जस्तो सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्रीमाथि ओली निरन्तर जाइलागेका छन् । 

Vianet communication

यता प्रधानमन्त्री भने आफ्नो भ्रमणको सफलताबाट केही मान्छेहरूको आत्तिएको टिप्पणी गरेका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रचण्डले नागरिक खुशी भए पनि केहीले आत्तिएर राजनीतिको रोटी सेकेको आरोप लगाए ।

‘मेरो भारत भ्रमणबाट आम जनता खुशी छन् । उद्योगी र व्यसायी खुशी छन् । देशको विकासको ढोका खोल्न यो भ्रमण फलदायी भएको छ’ प्रचण्ड भन्छन्, ‘नागरिक खुशी भएको र भ्रमण सफल भएकोमा केही मान्छेलाई पचेको छैन । अनि उनीहरू नागरिकमा भ्रम छर्ने गरी राजनीतिको रोटी सेक्दैछन् ।’ 

राम्रो काम गर्दा राम्रो भन्न नसक्नेहरूलाई प्रचण्डले रोगीको संज्ञा दिए । ‘यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरूले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरूलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला,’ उनले थपे, ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा कस्तो चित्र देखियो भने तपाईंहरूले पनि टेलिभिजनमा देख्नुभयो होला । मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा । राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुशी लागेको छ ।’ सरकारले राम्रो काम गर्दा भ्रष्ट तत्व आत्तिएकोसमेत प्रचण्डले बताए । साथै, भ्रष्टाचारविरुद्ध अझै निर्मम भएर लाग्ने उनको भनाइ छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल परराष्ट्र नीतिमा एउटै मत हुनुपर्नेमा सबैथोक बिग्रियो भनेर आलोचना गर्नु हताश मानसिकताको उपज भएको बताउँछन् । ‘मुलुकका घरेलु नीतिमा फरक मत र विवाद हुन सक्छन् । जस र अपजस हुन सक्छन् । राजनीति पनि हुन सक्छ’ पोखरेल भन्छन्, ‘तर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुन्छ । राष्ट्रिय हित दुईवटा वा अलग पार्टीको हुँदैन । राष्ट्रिय हित एउटै हुन्छ ।’

के गर्दा राष्ट्रिय हित हुन्छ भन्ने हेर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको घण्टौं लामा भाषण र आलोचना सत्ता छोड्नुपर्दाको र पुनः प्राप्तिको बाटो कठिन देखिँदाको प्रतिक्रियास्वरुप आएको पोखरेल बताउँछन् ।

‘भारत र नेपाल सम्बन्धमा भारतले चाहेकोमात्रै र नेपालले चाहेकको मात्रै स्वार्थ पूरा हुँदैनन् । छिमेकी भएपछि सन्तुलनको सम्बन्ध राख्ने हो । जलविद्युत चीनले किन्दैन । हामीले बेच्ने भारतलाई हो । बंग्लादेशले किन्छु भनेको छ । भारत यसमा तयार हुँदा विरोध गरिरहनुको अर्थ छैन’ पोखरेल भन्छन्, ‘तर छिमेकीसँगको सम्बन्धलाई लिएर राजनीति गर्नु र घटिया तर्क गर्नु भनेको ओली हतोत्साहित हुनु हो । ओलीजी तल्लो स्तरमा पुगेर बोल्दै हुनुहुन्छ । सत्ता प्राप्त गर्न नसक्दाको हताशा हो । अब छिट्टै सत्ता पनि नपाइने र २०८४ को चुनावको चित्र के हुने हो दबाब हुँदा उहाँमा छटपटी देखिएको छ ।’

सरकारलाई असफल देखाउन खोज्ने, नागरिकता विधेयकमा भारतलाई मुछ्नेजस्ता विषय तथ्यमा आधारित नभएको उनको तर्क छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा राम्रै राम्रो भयो भन्ने पनि होइन तर नराम्रो मात्रै भएको पनि छैन । यसका सफलता र असफलताका विषयमा भएका सहमति कसरी कार्यान्वयन हुन्छ त्यसपछि पुष्टि हुँदै जाने हुन्’ पोखरेल भन्छन्, ‘तर तथ्यमा आधारित नभई कसैलाई खेद्ने, उछितो काट्ने शैली जिम्मेवार नेताको निम्ति सुहाउँदो विषय होइन ।’ यस्ता विषयलाई नागरिक र युवाले सम्झिरहने र चुनावमा सबक सिकाउने उनको भनाइ छ । 
‘कार्यकर्तालाई खुशी पार्न र ताली खान नेता जे पनि बोल्छन् । तर अहिले कार्यकर्ताभन्दा आक्रोशित युवावर्ग धेरै छन् । युवा आक्रोशको प्रतिबिम्ब चुनावमा देखिन थालिसक्यो’ पोखरेल भन्छन्, ‘तथ्य प्रमाणमा होइन हावा र हचुवामा यस्तै खिसिट्युरी गर्ने र हलुका भइरहे आम नागरिक र आक्रोशित युवाले निर्वाचनमा हिसाब मिलाउँछन् ।’

नागरिकले झेल्नु परेका दैनिक यात्राका सवाल, अर्थतन्त्रलाई उकास्न खबरदारी र रचनात्मक सुझाव दिनुको सट्टा ओलीका हरेक भाषण र मन्तव्य सरकारलाई खुइल्याउने र गाली गर्नेमा केन्द्रित रहँदै आएका छन् ।

१० पुसमा ओलीले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । तर सत्ताको सबै लगाम आफ्नो हातमा लिन खोजेपछि प्रचण्ड बिच्किएर कांग्रेसको खेमामा पुगे । त्यसयता ओली प्रधानमन्त्रीविरुद्ध खनिएका थिएनन् । 

तर नक्कली शरणार्थी प्रकरणमा छानबिनको तीर प्रमुख दलका शीर्ष नेता निकट पनि सोझिएपछि भने ओली आत्तिएका थिए ।

रातारात बैठक गर्ने संसदको गाँठो फुकाउने, अप्ठ्यारो पर्दा प्रमुख दलबीच नै मिलेर अघि बढ्नेजस्ता सन्देश पनि ओलीले यहीबीचमा दिइरहेका छन् । एकातिर गाली गर्ने र अर्कोतिर आफ्नो स्वार्थमा मिलेर जान अपिल गर्ने दोहोरो नीति ओलीको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x