×

NMB BANK
NIC ASIA

भदौमा रिलिज हुँदैछन् दयाहाङदेखि स्वस्तिमासम्मका फिल्म

काठमाडाैं | साउन २१, २०८०

NTC
Premier Steels

केही महिनायता नेपाली फिल्ममा अपेक्षित दर्शक छैनन् । 

Muktinath Bank

वैशाखमा प्रदर्शनमा आएको ‘जारी’पछिका अधिकांश फिल्महरू घाटामा गएका छन् । यस्तोमा फिल्मकर्मीको ध्यान अब भदौ महिनामा अडिएको छ । किनकी भदौमा आशा गरिएका केही फिल्महरू प्रदर्शनमा आउँदैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनाको सुरुवातमा आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’ र सुरक्षा पन्त अभिनीत फिल्म ‘जुलेबी’ प्रदर्शनमा आउँदैछ । 


Advertisment
Nabil box
Kumari

भदौ ८ गतेबाट सलोन बस्नेत र केकी अधिकारी अभिनीत फिल्म ‘जय हो’सँगै कार्म र मेनुका प्रधान अभिनीत फिल्म ‘महानगर’ प्रदर्शन हुँदैछ । 

Vianet communication

त्यस्तै, भदौ १४ मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल लगायतका कलाकारहरूको फिल्म ‘ऐंचौ पैंचो’सँगै मुकुन भुषालकै मुख्य भूमिका रहेको फिल्म ‘गणपति’ पनि प्रदर्शनमा आउँदैछ । 

यसपछि भदौं २९ मा एकातर्फ दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको अभिनय रहेको फिल्म ‘नांगो गाउँ’ प्रदर्शनमा आउँदैछ भने अर्कोतर्फ विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतको अभिनय रहेको फिल्म ‘भगवत गीता’ प्रदर्शनमा आउँदैछ । 

यी मध्ये केही फिल्मले दर्शक तान्दै राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । भदौमा रिलिज हुने फिल्महरूले यतिबेला आ-आफ्नो तरिकाले प्रचारप्रसारलाई तीव्र बनाउँदै लगेका छन् ।​

शाहरुख खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘जवान’ पनि आगामी महिना आउँदैछ । यसरी हेर्दा फिल्मको​ सुस्ताएको बक्स अफिस भदौ महिनामा लयमा फर्किने आशा गर्न सकिन्छ । भदौपछि दशैँ र तिहारजस्ता चाडमा पनि आशा गरिएका फिल्महरू प्रदर्शनमा आउँदैछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x