कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थिति रहेको थियो । कलाकार मदनकृष्ण श्रेष्ठले लेखक मूर्तिको पुस्तक पढेर आफ्नो प्रेम कथा र उनको प्रेम कथा करिब करिब मिल्दोजुल्दो रहेको पाएको बताए । यस्तै हरिवंश आचार्यले किताबलाई पाठ्यक्रममै राख्नु पर्ने धारणा राखे ।
कार्यक्रममा आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै किताबमा बुवा र छोराको प्रगाढ सम्बन्धको भावनात्मक पक्ष बढी समावेश गरिएको उल्लेख गरे । मूर्तिको किताब पढ्दा बुवा आमालाई माया र सम्मान गर्नको लागि प्रेरणा मिल्ने उनले धारणा व्यक्त गरे ।
सो अवसरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान् कोइराला, पूर्व राजदूत प्राडा. विश्वम्भर प्याकुरेललगायतले भिडियो सन्देश मार्फत डाक्टर मूर्तिलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा डा. रवीन्द्र समिरले एउटा चिकित्सक छोराले आफ्नो पिताको मृत्युको घोषणा आफैले गर्दाको भावुक क्षण किताबमा लिपिबद्ध भएको पाउँदा भित्रैबाट रुन मन लागेको बताए।
मूर्तिले पुस्तकमा बुवा र छोराको सम्बन्धलाई विशेष जोड दिएका छन्। आफू पितृ शोकमा हुँदा कतिपयले बुवाको उमेर सोध्ने गरेको र आफूले ८८ वर्षको हुनुहुन्थ्यो भन्दा 'उमेर त भइसकेको रहेछ' भन्दा आफूलाई भित्रैबाट पिरोल्ने गरेको उनले बताए। 'किनभने बुवा र छोराको सम्बन्ध उमेरले मात्र नहुँदो रहेछ, चाहे उमेर धेरै नै किन नहोस् बुवा त बुबानै हो नि,' उनले भावुक हुँदै भने।
पुस्तक संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको छ।
पुस्तकमा मूर्तिले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई पनि जिवन्तरुपमा प्रस्तुत गरेका छन् । पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्ध वृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने जनाइएको छ।
पुस्तक दराज, ईसेवा, हाम्रो पात्रोलगायतको अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ गर्न सकिनेछ। पुस्तकको काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ । समीक्षा पब्लिकेसनमार्फत उपलब्ध हुने पुस्तक भाटभटेनी सुपर मार्केटको देशभरका आउटलेट र पुस्तक पसलहरूमा पनि उपलब्ध हुनेछ ।
भिडियो हेर्नुहोस्
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...