कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।
श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए । ‘भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ,’ उनले भने ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थनेतले बताए ।
इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उनले बताए ।
‘अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवानको उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि शुरू गरिएको हो,’ उनले भने, ‘लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।’
थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा चिन्तामणि महतोले बताए ।
‘यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ,’ उनले भने, ‘भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।’
भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हँुदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताए । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उनले भने ।
तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ । यस वर्ष अनन्त चतुर्दशी यही असोज ११ गते परेको छ । –रासस–
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...