×

NIC ASIA

हमास आक्रमणको चपेटामा नेपाली

‘आफूभन्दा देशका लागि सोच्नुपर्छ’ भन्थे गणेश, इजरायलमा तुहियो कृषि क्रान्ति सपना

दाजु विकास भन्छन्, ‘दुई भाइ मिलेर राम्रो घर बनाउँला भनेका थियौं, म एक्लै परें’

काठमाडाैं | असोज २२, २०८०

Prabhu Bank
NTC
Premier Steels

इजरालयमा शनिवार हमासको आक्रमणमा परेका १७ नेपालीको विवरण आइतवार साँझ सार्वजनिक भयो ।

Muktinath Bank

इजरायलस्थित नेपाली दूतावासमार्फत सार्वजनिक नामावलीमा १० जनाको मृत्यु, एकको अवस्था अज्ञात, केही घाइते र केही सकुशल रहेको जनाइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही नामावालीको पाँचौं नम्बरमा उल्लेख थियो, बझाङ घर भएका गणेशकुमार नेपाली नाम । अवस्था ‘निधन’ भनेर लेखिएको थियो ।


Advertisment
Nabil box
Kumari

सो नामावाली पढेपछि उनका दाजु विकास नेपाली छाँगाबाट खसेजस्तै भए । जमिन र आकाश एकैपटक काम्न थालेको महसुस भयो । इजरायल घटनाबारे थाहा पाएपछि शनिवार साँझदेखि नै उनले भाइसँग सम्पर्कका लागि प्रयास गरिरहेका रहेछन् ।

Vianet communication

जयपृथ्वी नगरपालिका– ११ भोपुर घर भएका विकासले २७ दिनअघि मात्रै भाइ गणेशलाई इजरायल पठाएका थिए ।

शनिबार बिहानबाटै शुरू भएको घटनाबारे साँझ ५ बजेपछि मात्र उनलाई जानकारी भयो । तत्काल फेसबूक खोले । भाइ ‘अफलाइन’ भएको ५ घण्टा बितिसकेको रहेछ ।

‘शनिबार बिहान आक्रमण भएछ, मैले साँझ ५ बजे मात्रै थाहा पाएँ । त्यतिबेला ऊ अफलाइन भएको ५ घण्टा भइसकेको थियो,’ विकासले लोकान्तरसँग भने, ‘मैले सम्पर्क हुन्छ कि भनेर धेरै कोशिश गरें । राजदूतावासमा सम्पर्क गरें । विभिन्न संस्थाहरूसँग सम्पर्क गरें । जिल्लाका नेताहरूलाई भनें । तर पनि केही लागेन ।’

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत इजरायल गएका गणेशको कुनै खबर नआएपछि दाजु विकास शनिवार राति नै धनगढी झरे ।

‘आइतबार साँझ ५ बजे मृतकको लिस्ट आयो, त्यहाँ मेरो भाइको पनि नाम थियो । त्यसपछि फेरि म गाडी रिर्जभ गरेर घर आएँ । आज बिहान मात्रै बझाङ आइपुगेको हुँ,’ भावुक हुँदै उनले भने, ‘घरमा सम्हालिन सक्ने अवस्था छैन, बुवाआमा रोइरहनुभएको छ । ६० वर्षका बुवा र ५५ वर्षकी आमाको मन कसरी बुझाउनु ?’

दाजु विकास

भाइको सपना नेपालमा नै कृषि व्यवसाय गर्ने रहेको उनले स्मरण गरे । त्यसैका लागि सिक्ने उद्देश्यले इजरायल गएको विकास बताउँछन् ।

‘हामी दुईभाइ मिलेर राम्रो घर/परिवार बनाउँला भन्ने सोचेका थियौं, तर अहिले म एक्लै परें,’ उनले भने ‘मेरो भाइ पढाइमा एकदमै अब्बल थियो । गाउँतिर पनि सबैले राम्रो मान्छन् । अतिरिक्त क्रियाकलापमा पनि निकै राम्रो थियो । उसको मृत्युको खबरले पूरै गाउँ शोकमा डुबेको छ ।’ 

आफ्नो भन्दा देशका लागि सोच्नुपर्छ र कृषि क्रान्ति गर्नुपर्छ भन्ने गणेशको सोचाइ रहेको विकासले स्मरण गरे । ‘उसको एउटै सपना नेपालमा कृषि क्रान्ति गर्ने थियो । मैले पनि खेतीपातिमै राम्रो गर्नुपर्छ भनेर गाइड गर्थें । ऊ आफू मात्रै होइन, देशका लागि सोच्नुपर्छ भन्थ्यो । त्यसैका लागि उसले ‘ओएचटी नेपाल’ भन्ने संस्था समेत खोलेको थियो । तर, त्यो संस्थाले पनि काम गर्न पाएन, भाइको सपना इजरायलमै तुहियो ।’

गणेशको अवस्था सामान्य हुन्थ्यो भने आज (सोमबार) १८ दिनको तलब आउने तय थियो । इजरायलमा प्रत्येक १० तारिखमा तलब दिने नीति छ । तर, एकमहिना पनि पुग्न नपाउँदै उनले ज्यान गुमाएका छन् । उनीजस्ता १० जना नेपालीले पनि परदेशी भूमिमा अस्वभाविक मृत्युवरण गर्नुपरेको छ । 

‘अब सबैले एकदिन मर्नुपर्छ भनेर चित्त बुझाउनुको विकल्प छैन,’ विकास भन्छन्, ‘सरकारले इजरायलदेखि घरसम्म शव ल्याइदिने व्यवस्था गरिदिए हुन्थ्यो । सम्मानका साथ भाइलाई अन्तिम बिदाइ गर्ने इच्छा छ ।’

शव काठमाडौं मात्र ल्याएर छाडिदिएमा घरसम्म ल्याउन ४ दिन लाग्ने र शव गन्हाउने भएकाले शवबाहनहरूले पनि बोक्न नमान्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरे ।

‘काठमाडौंबाट सेनाको हेलिकप्टरमा बझाङसम्मै ल्याइदिए कृतज्ञ हुने थियौैं,’ निकै भावुक मुद्रामा विकासले आफ्नो इच्छा जाहेर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x