जेठ १, २०८१
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
रकेट आक्रमण, दोहोरो बमबारी र बारुदको धुवाँले ढाकेको इजरायल पुगेर नेपाल वायु सेवा निगमले बिहीवार मध्यराति २५४ जना नेपाली नागरिकलाई उद्धार गर्यो । युरोप र एसियाकै सम्पन्नशाली मुलुकले समेत आफ्ना नागरिकको उद्धार गर्न नसकिरहेको समयमा नेपालले आफ्ना नागरिकको उद्धार गर्यो, राष्ट्रिय ध्वजाबाहक विमानमार्फत ।
निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट बिहीवार मध्यराति नेपाल फर्किँदा यात्रुको आँखाबाट आँसु झरेका थिए । वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको टोलीले युद्धग्रस्त इजरायलको बेन गुरियोन विमानस्थलबाट नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको थियो । इजरायल–प्यालेटाइन युद्धका कारण इजरायलमा विमान कम्पनीहरूले फ्लाइट गर्न मानिरहेका छैनन् । यस्तो अप्ठ्यारो समयमा पनि आफ्नो देशका नागरिक लिन गएको भन्दै नेपाल वायु सेवा निगमको प्रशंसा भइरहेको छ ।
विदेशमा अलपत्र नेपालीको उद्धार गरेको यो पहिलोपटक भने होइन । अफगानिस्तानमा भएको विस्फोटमा परेर मारिएका नेपालीको शव २०७३ असार ८ गते नेपाल वायु सेवा निगमको विमानमार्फत नै ल्याइएको थियो । त्यसयता कयौंपटक नेपाल वायु सेवा निगमले विदेशमा अलपत्र नेपालीको उद्धार र मानवीय सामग्री ल्याउने/लैजाने काम गरिरहेको छ ।
कोरोना महामारी शुरू भएलगत्तै चीन पुगेर नेपालीको उद्धार गर्ने काम पनि नेपाल एयरलाइन्सको विमानले नै गरेको थियो । कोरोना महामारीको त्रासबीच २०७६ फागुन ३ गते बुहान पुगेर नेपाल एयरलाइन्सले १६५ नागरिकको उद्धार गरेको थियो । कोरोनाकालमा अलपत्र परेका नेपालीको उद्धारका लागि अन्य गन्तव्यमा पनि उडान भरेको थियो ।
२०७७ असार १७ गते कतारको दोहाबाट १० वटा शवसहित २६४ यात्रुको उद्धार निगमले गरेको थियो । विभिन्न कारणले मृत्यु भएका नेपालीको शव ल्याउने काम निगमको विमानले नै गरेको थियो ।
कोरोना महामारी शुरू भएपछि मेडिकल सामग्री लिन पनि वायु सेवा निगमको विमान नै खटिएको थियो । चीनको ग्वाङ्झाओबाट निगमको वाइडबडी विमानले २०७६ चैत १५ गते पहिलो खेप मेडिकल सामग्री ल्याएको थियो । अन्य देशले उपलब्ध गराएका मानवीय सामग्री पनि नेपाल एयरलाइन्सले नेपाल ल्याएको थियो ।
चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री तथा भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोप नेपाल एयरलाइन्सकै जहाजबाट भित्रिएका हुन् । ती सामग्रीलाई नेपालका विभिन्न शहरमा पुर्याउने काम पनि वायु सेवा निगमका विमानले गरेका थिए ।
कोरोनाको समयमा नेपालको लुक्लालगायत विमानस्थलमा अलपत्र विदेशी पर्यटकलाई पनि नेपाल वायु सेवा निगमको विमानले नै उद्धार गरेको थियो । २०७७ साउन १५ गते शान्ति मिसनमा रहेका नेपाली सैनिकलाई लिन दक्षिण सुडानको राजधानी पनि नेपाल एयरलाइन्स नै पुगेको थियो ।
मित्रराष्ट्र देशमा आइपरेको आपतविपतमा पनि नेपाल वायु सेवा निगमले मानवीय सामग्री ओसारपसारको काम गरिरहेको छ । २०७८ भदौ २९ गते नेपालले पाकिस्तानलाई उपलब्ध गराएको २२ टन मानवीय सामग्री लिएर नेपाल वायु सेवा निगमको विमान कराँची पुगेको थियो । गत वर्ष भदौ महिनामा पाकिस्तानमा आएको बाढी पहिरोका कारण ठूलो मात्रामा धनजनको क्षति भएपछि सरकारले मानवीय सामग्री पठाउने निर्णय गरेको थियो ।
अन्य निजी वायु सेवा प्रदायकले विमान नउडाएको समयमा ६ दिनदेखि उपचार गराइरहेका गम्भीर बिरामीलाई निगमको जहाजले यही असोज १८ गते जुम्लाबाट उद्धार गरेर नेपालगञ्ज ल्याइपुर्याएको थियो ।
देशका लागि बलियो ध्वजाबाहक
यस्तै आपत विपत र भवितव्य पर्छ भनेर कुनैपनि राष्ट्रले सरकारको स्वामित्वमा रहनेगरी राष्ट्रिय ध्वजाबहाक विमानको व्यवस्था गरेका हुन्छन् ।
‘विकसित देशमा सेना, प्रहरी, दकमलजस्तै राष्ट्रिय ध्वजाबाहकलाई राज्यले अत्यावश्यक संयन्त्रको रूपमा विकास गरिरहेका हुन्छन्, तर नेपालमा सोही अनुसारको व्यवहार भएको छैन,’ निगमको व्यवस्थापन हाँकेका एक पूर्व अधिकारीले भने, ‘राष्ट्रिय ध्वजाबाहकलाई प्रतिस्पर्धी विमानसरहको ऐनबाट रेगुलेट गर्ने काम मात्र भएको छ, राज्यले कुनै विशेष सुविधा दिएको छैन ।’
नेपालीहरूको मुख्य चाड दशैंको पूर्वसन्ध्यामा एउटा विमानलाई झण्डै २४ घण्टा फरक गन्तव्यमा पठाउँदा निगमका फ्लाइट प्रभावित भएका छन् ।
नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले नेपाली नागरिकको उद्धारका लागि रेगुलर फ्लाइट प्रभावित गरेको बताउँछन् ।
‘राष्ट्रलाई संकट परेका बेला विगतमाझैँ नेपाल सरकारको निर्देशनबमोजिम यसपटक समेत आपत् विपतमा परेका नेपालीको उद्धारमा खटिने अवसर पाएको र राष्ट्रलाई योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘यस्ता उद्धार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजाबाहकको आवश्यकता र महत्त्व अझै टड्कारो रूपमा देखिएको छ ।’
पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल भविष्यमा आइपर्ने आपतविपतमा नेपालीको उद्धारका लागि निगमलाई अझ तन्दुरुस्त राख्नुपर्ने बताउँछन् ।
‘म पर्यटन मन्त्री रहेको समयमा २०७३ सालमा अफगानिस्तानबाट १२ जनाको शव ल्याउन निगमको विमान पठाउने निर्णय गराएको थिएँ, अहिले पनि निगमले नेपालीको समयमा उद्धार गरेर आफ्नो कर्तव्य पूरा गरेको छ,’ पोखरेलले भने, ‘संसारका विभिन्न देशमा नेपालीको संख्या बढिरहेको समयमा भविष्यमा आउन सक्ने चुनौती सामना गर्नेगरी निगम तयार रहनुपर्छ, यसका लागि ग्राउन्डेड विमान मर्मत गरेर जतिबेला पनि तयारी अवस्थामा रहनुपर्छ ।’
नियमित उडान प्रभावित गरेर उद्धार उडान गर्नुपर्दा निगमलाई आर्थिक फाइदा भन्दा पनि व्ययभार पर्ने निगमका अधिकारीहरू बताउँछन् ।
निगममा निरन्तर सुधार
राजनीतिक हस्तक्षेप र प्रतिकूल कानूनी व्यवस्थाका कारण निगम निरन्तर घाटामा गइरहेको छ ।
निजी कम्पनीसँग व्यावसायिक प्रतिस्पर्धा गर्नु परे पनि निगमले विमान मर्मत गर्न समेत सार्वजनिक खरिद ऐनका प्रक्रिया पूरा गर्नुपर्छ ।
नयाँ व्यवस्थापन आएपछि निगमले निरन्तर सुधार गरिरहेको छ । २०७८ कात्तिक ८ गते युवराज अधिकारी निगमको कार्यकारी अध्यक्ष बनेका थिए । अधिकारीले व्यवस्थापन सम्हालेपछि निगमले निरन्तर सुधार गर्दै आइरहेको छ ।
यसअघिका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरणमा लैजानेलगायत निगमको शाख गिराउने काम गरेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका थिए । निगममा लामो समय काम गरेको अनुभवका आधारमा युवराज अधिकारीले केही सुधारका प्रयास गरेका हुन् ।
निगमले उडान भइरहेका गन्तव्यमा नियमित र केही नयाँ गन्तव्यमा उडान शुरू गरेको छ । व्यावसायिक उडान बढेसँगै निगमले तिर्नुपर्ने दायित्व घट्दै गएको छ । यसक्रममा निगमले २०८० असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार ऋण तिरेको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमले सरकारको जमानतमा ऋण लिएर न्यारो र वाइडबडी विमान खरिद गरेको थियो । युवराज अधिकारी कार्यकारी अध्यक्ष बनेर आएपछि २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ऋण दायित्वको किस्ता रकम तिरेको थियो ।
‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार तथा आम्दानी विगत वर्षमा भन्दा सुधार हुँदै गइरहेको छ । नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मत खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ । विभिन्न निकायमा रहेका पुराना बक्यौता रकम तिरिएको छ,’ निगमका प्रवक्ता पौडेलले साउन ४ गते विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।
आफ्नो व्यवसाय विस्तार र आम्दानीको स्रोत बढाउन १५ प्रतिशत छुटसहित निगमले नेपालका उद्योगी व्यवसायीका चार संस्थासँग सम्झौता गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहलसँग असोज १८ गते सम्झौता गरिएको छ ।
यी चारवटा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी र तिनका सदस्यले निगमको भाडामा १५ प्रतिशत छुट पाउने छन्, यसले पनि नियमको व्यवसाय विस्तारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...