×

NMB BANK
NIC ASIA

दशैंमा अब्बल व्यापार

नेपाली चलचित्रलाई दशैं फाप्यो– ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भस्मे डन’ले कति कमाए ?

काठमाडाैं | कात्तिक १४, २०८०

NTC
Premier Steels

वर्षमा एक सय हाराहारी नेपाली चलचित्र प्रदर्शनमा आउँदा धेरैले पोस्टरको खर्च पनि उठाउन सक्दैनन् । 

Muktinath Bank

लगानी उठाउने र नाफामा जाने सौभाग्य एकाधले मात्र पाउँछन् । त्यसमा प्रायः चाडपर्व र बिदाको समयमा प्रदर्शनमा आउने चलचित्र पर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

र, त्यसमा पनि चलचित्रका लागि प्रायः दशैं बढी फाप्ने गर्छ । लामो बिदा र उत्सवको माहोलले चलचित्रको व्यवसायलाई सघाउने गरेको छ । यसवर्ष पनि नेपाली चलचित्रलाई दशैं फापेको छ । 


Advertisment
Nabil box
Kumari

दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भस्मे डन’ दुवैले राम्रो व्यापार गरेका छन् । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ तेस्रो सातामा पनि राम्रो शोका साथ प्रदर्शन भइरहेको छ । 

Vianet communication

शुरूआती दिनबाटै पश्चिमका हलमा दर्शकको भीडभाड रहे पनि काठमाडौं र पूर्वका हलमा चलचित्र औसत चलेको थियो । 

विस्तारै राजधानी र पूर्वका हलमा पनि पिकअप लिँदै चलचित्र तेस्रो सातामा प्रदर्शन भइरहेको निर्माता राजेश वंशल बताउँछन् । सोमवारसम्म आउँदा चलचित्रले ७ करोडमाथिको व्यापार गरेको उनले दाबी गरे ।

‘सबै ठाउँबाट कलेक्सनको रिपोर्ट लिन पाएका छैनौं, सबै आउँदा हाम्रो अनुमानभन्दा बढी पनि हुन सक्छ’, निर्माता वंशलले भने । 

‘परदेशी २’ प्रकाश सपूतको डेब्यू चलचित्र हो । चलचित्रमा उनीसँगै केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलिप रायमाझी, रमा थपलियालगायतको अभिनय छ । 

फूलपातीको दिनबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित ‘पशुपति प्रसाद २ः भस्मे डन’ले पनि राम्रो व्यापार गरेको छ । 

विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको चलचित्रले पहिलो दिन दुई करोड ४० लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको दाबी थियो । त्यसपछिको कलेक्सन रिपोर्ट भने सार्वजनिक गरिएको छैन । निर्माण टीमका सदस्यका अनुसार दोस्रो साताको सोमवारसम्म यो चलचित्रको कलेक्सन पनि ७ करोडमाथि छ । 

यस चलचित्रको निर्माण पक्षले ‘कबड्डी’ले बनाएको सर्वाधिक कलेक्सनको रेकर्ड तोड्ने अपेक्षा गरेको थियो । यद्यपि, अहिलेसम्मको अवस्था हेर्दा निर्माण टीमले अपेक्षा गरेभन्दा चलचित्रको कलेक्सन धेरै कम हुन पुगेको छ । 

निर्देशक दीपेन्द्र के. खनाल पनि चलचित्रले अपेक्षा गरेअनुसारको कमाइ गर्न नसकेको स्वीकार्छन् । 

‘हाम्रो चलचित्रको जुन हाइप थियो, जति मेहनत गरेका थियौं, त्यो अनुसार कमाइ हुन सकेन,’ खनालले लोकान्तरसँग भने, ‘चलचित्रले नाफा कमायो । सुपरहिट भयो । तर, कमाइका हिसाबले हामी खिन्न भयौं ।’ 

चलचित्रले प्रदर्शनअगावै विदेश राइट्सबाट लगानी सुरक्षित गरे पनि नेपाली हलमा अपेक्षाअनुसारको व्यापार गर्न नसकेको हो । 

यस साता पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा नभएकाले ‘परदेशी २’ र पशुपति प्रसाद २ः भस्मे डन’को प्रदर्शन लम्बिने देखिएको छ । 

तिहार पनि फाप्ने विश्वास

अब, चलचित्रकर्मी र दर्शकको ध्यान तिहारमा केन्द्रित छ । तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट नेपाली चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैछ । 

‘लुट’जस्तो हिट चलचित्र दिएका निश्चल बस्नेतको कमब्याक चलचित्र भएका कारण ‘दिमाग खराब’लाई प्रतिक्षित मानिएको हो । 

यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का लगायतका कलाकारहरूको अभिनय छ ।

सामाजिक तथा राजनीतिक कथामा चलचित्र निर्माण गरिएको छ । निश्चलको कमब्याक र चलेका कलाकारहरूको अभिनयका कारण चलचित्रले राम्रो कमाइ गर्ने विश्वास लिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x