×

NMB BANK
NIC ASIA

जाजरकोटको नलगाड नगरपालिका–१ का ७१ वर्षीय मालबहादुर मल्ल शक्रबार राति खाना खाएर सुतेका थिए । माथिल्लो तलामा २४ वर्षीय नाति निरज गौतम थिए । मस्त निद्रामा भएका बेला भूकम्पले हल्लायो । उनी ब्यूँझिए तर, घर भत्किसकेको थियो ।

Muktinath Bank

विनाशकारी भूकम्पबाट उनी जसोतसो जोगिए । ‘एक्कासि भूकम्पले हल्लायो । ब्यूँझिँदा ममाथि भत्केको घर थियो, बल्लतल्ल उठेँ । ढुंगा र माटो पन्छाएर बाहिर निस्केँ,’ मालबहादुरले लोकान्तरसँग भने, ‘म खाँबोको नजिक सुतेको रहेछु त्यसैले बाँचेँ । भगवानले बँचाए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उनका नाति निरज पनि भाग्यले बाँचे ।  शनिबार राति उनको बिस्तरा फेरियो । भूकम्पले घर तहसनहस पारेपछि उनले घरको छेउमै उनले रात बिताए । खुला आकाशमुनि टिन ओछ्याएर एउटा सिरकको भरमा उनले रात काटे ।

Vianet communication

रातभर उनलाई निन्द्रा लागेन । रातभर एकोहोरो भत्केको घर हेरिरहे । 'आँखैअगाडि भत्केको घर छ । गाउँ समाजमा मान्छे बितेका छन्,' म कसरी निदाउन सक्थेँ र,' आइतबार बिहानै उनले सुनाए, 'भत्केको घर र तारा हेर्दै रात कटाएँ । ७१ वर्षसम्म बाँचेको घर भूकम्पमा जान लेखेको रहेछ ।'

पाँच नातिनातिना काठमाडौंमा पढ्न गएकाले बँचेको उनले बताए । उनलाई अझै पनि भूकम्प आउँछजस्तै लाग्छ । 

मालबहादुरजस्तै नलगाडका अधिकांश स्थानीयले शनिबारको रात खुला आकाशमुनि बिताएका छन् । । उसो त नलगाडमा मात्रै होइन रुकुम पश्चिमका स्थानीयले पनि खुला आकाशमै रात बिताएका छन् ।

अधिकांशलाई फेरि भूकम्प आउँछजस्तै लाग्छ । 'फेरि पनि भूकम्प आउँछ रे भनेर बाहिर सुतेका छौं । हिजो आफ्नै आँखाअगाडि छिमेकका २ जना बिते,’ भेरी नगरपालिका १ की लक्ष्मी मल्लले लोकान्तरसँग भनिन्, ‘त्यसले डर लागेको छ ।’

भेरी नगरपालिका र जाजरकोट जोड्ने रिम्नाभेरी पक्की पुल भत्किएको छ । सडकका छेउमा रहेका अधिकांश घरहरू भत्किएका छन् । 

null

नलगाडका स्थानीय रविन्द्र गौतमका अनुसार शुक्रबार राति भूकम्प आएपछि सडकमा ढुङ्गा खसेर हिँड्न सक्ने अवस्थामा थिएन । घरमा भएका घाइतेहरूलाई मोटरसाइकल र ट्याम्पोमा उद्धार गरिएको थियो ।‘बाटो बन्द थियो । मोटर साइकलमा उद्धार गरेका थियौं । पछि ट्याम्पोहरू पनि आएर उद्धार भयो,’ गौतमले लोकान्तरसँग भने, ‘राति उद्धारमा नखटिएको भए त अझ धेरै मानवीय क्षति हुन्थ्यो होला ।’

null

उनका अनुसार शुक्रबार राति भूकम्प गएलगत्तै बजार र गाउँ अन्धकार भएको थियो । गाउँमा भत्केका घरहरूबाट निस्केका धुवाँले अन्धकार छाएको थियो । 

उद्धारमा खटिएकोले २४ घण्टादेखि सुतेका छैनौः इन्स्पेक्टर माधव चौधरी

null

इलाका प्रहरी कार्यालय दल्लीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मावध चौधरीले शुक्रबार रातिदेखि उद्धारमा खटिएका छन् । शनिबार राति ११ बजेसम्म उनी उद्धारमा खटिरहेका थिए । ‘हामी शुक्रबार राति भूकम्प आएदेखि नै खटिएका छौं । राति ११ बजिसक्यो उद्धारमै छौं, इन्स्पेक्टर चौधरीले लोकान्तरसँग भने, ‘इलाका प्रहरी कार्यालयको २० जना प्रहरीको टोली छ । माथि गाउँमा ४ घण्टा हिँडेर पुगेको छ । अहिलेसम्म आइसकेको छैन ।’ यहाँ अहिले थप मद्दतका लागि जिल्लाबाट ३६ जना प्रहरी आएका छन् ।

उनका अनुसार शनिबार घाइतेलाई उद्धार गरेर पठाउने काम मात्रै गरेको थियो । नलगाढ नगरपालिका १, ३, ५, ७ र ६ मा अधिकांश क्षति भएको छ । वडा नम्बर ६ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने १ नम्बर वडामा एकै परिवारका ५ जनाको मृत्यु भएको इन्स्पेक्टर चौधरीले लोकान्तरलाई बताए ।

null

उनका अनुसार यो क्षेत्रमा अहिले खानाको भन्दा पनि बासको लागि समस्या देखिएको छ । अधिकांश मानिसहरू गाउँमा भएकाले मिलिजुली खानाको व्यवस्था गरेका छन् । तर धेरै घर भत्किएर पुरिएकाले ओड्ने ओछ्याउने समस्या छ । ‘मानिसहरूलाई खानाको समस्या छैन । यहाँ अहिले बासको समस्या देखिएको छ । जाडोको समयमा सुत्ने र ओढ्ने समस्या छ,’ इन्स्पेक्टर चौधरीले लोकान्तरसँग भने ।

प्रहरीले शनिबार घाइतेको उद्धार र शव निकाल्ने काम गरेको थियो ।  आज (आइतबार)देखि अन्य क्षतिहरूको विवरण संकलन र उद्धारको काम हुने उनले बताए ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएका थिए । उनले आफूसँगै औषधीहरू र स्वास्थ् कर्मीहरू पनि लिएर आएको स्थानीयहरूले बताएका छन् । स्थानीयका अनुसार प्रधानमन्त्रीले आफू जाँदा घाइतेहरू पनि लगेर गएको बताएका छन् ।​ नलगाडमा प्रहरी कार्यालय, नेपाली सेनाको क्याम्प भएकाले थप क्षति हुनबाट जोगिएको देखिएको छ ।

आँखैअगाडि छिमेकका २ जनाको ज्यान गएको देखेँः स्थानीय विवश राना

भेरी नगरपालिका १ रिम्नाका स्थानीय विवश रानाले छिमेकका २ जना बुवा र छोरालाई आँखैअगाडि भूकम्पले मृत्यु भएको देखे । भूकम्प गएलगत्तै उद्धारमा खटिएका उनले छिमेकीको उद्धार गर्दा माथिल्लो घरमा पुरिएका बुवा र छोरालाई तान्नु पर्यो । ‘भूकम्पले छिमेकीको घर ढलेको देखेर गएँ । बुवा छोरा एकै ठाउँमा रहेछन् जिवितै होलान् भनेर तानेको मृत्यु भइसकेको रहेछ . रुँदै तानेँ,’ विवशले लोकान्तरसँग भने ।

null

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x