×

NMB BANK
NIC ASIA

‘आर्थिक सङ्कट विश्वव्यापी हो, उद्योगी व्यवसायी निरास नहुनुस्’

रूपन्देही | मंसिर ६, २०८०

NTC
Premier Steels

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिलेको आर्थिक सङ्कट नेपालको मात्र नभई विश्वव्यापी भएकाले उद्योगी एवं व्यवसायीलाई निरास नहुन आग्रह गरेका छन् । 

Muktinath Bank

चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मुलुक बनाउन उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताए । 
 
 “सबैले देश आर्थिक सङ्कटमा छ भनेर भनिरहँदा लगानी गर्ने मानिसमा नैराश्यता उत्पन्न भएको मैले महसुुस गरेको छु”, उनले भने, “यो समस्या नेपालमा मात्र हैन, संसारभर आएको हो, अन्य मुलुकका उद्योगी व्यवसायी एवम् अन्य डटेर सामना गरिरहँदा हामी निरासाका कुरा मात्र गरिरहेका हुन्छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाल अहिले अधोगतिमा नभई उभोगतिमा रहेको बताउँदै मन्त्री रिजालले केही विश्वसनीय आधार रहेका कारण ढुक्क भएर लगानी गर्न आग्रह गरे। “तपाईहरुको संरक्षकत्व, अभिभावकत्व नेपाल सरकारले लिनेछ, भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईहरुको साथमा रहनेछ”, उनले भने, “ब्याज समस्याका विषयमा सरकारले पहल गरिरहेको छ, निरास भइहाल्नुपर्ने अवस्था छैन ।”


Advertisment
Nabil box
Kumari

 कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले मेलाको उद्देश्य औद्योगिक वस्तुको खरिद बिक्री मात्र नभई संस्कारको पुस्तान्तरणसमेत रहेको बताए । यसै सन्दर्भमा  मन्त्रालयले ‘नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकासको अवधारणा’ अघि बढाएको उनले बताए। यसको लागि चालु आर्थिक वर्षमै कार्यक्रम र कार्यान्वयनमा लागेको मन्त्री साहको भनाइ छ ।
 
स्थानीय उत्पादन र कृषिको प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवामा आयोजित मेला मङ्सिरको १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुदको प्रवद्र्धनका लागि भलिबल, कुस्तीलगायतका खेल प्रतियोगिता सञ्चालन गरिँदै छ । महोत्सवमा तीन सय ५० स्टल रहेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x